कर्णाली प्रदेशमा मात्रै काेराेना सङ्क्रमितको सङ्ख्या एक हजार नाघ्याे

काठमाडाैं । बुधबार कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै याे प्रदेशमा मात्रै काेराेना सङ्क्रमितको सङ्ख्या एक हजार ३३५ पुगेकाे छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २८ जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । बुधबार थपिएका सङ्क्रमितमध्ये सुर्खेतका १३, जुम्लाका चार, दैलेखका तीन, जाजरकोट र कालीकोटका एक/एकजना रहेका छन् । यस्तै अन्य सङ्क्रमितहरुमा दाङ, धनुषा, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक/एक जना महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए । उनका अनुसार प्रतिष्ठान जुम्लामा सङ्क्रमित हुनेहरुमा चार जना स्वास्थ्यकर्मी रहेका छन् ।

उपत्यकामा २ कोरोना संक्रमित थपिए

काठमाडाैं ।  काठमाडौं उपत्यकामा थप २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ कोरोना संक्रमित थपिएकाे बताए । काठमाडौंमा १ जना पुरूष र भक्तपुरमा १ जना महिलामा संक्रमण देखिएको उनले बताए।

नेपालमा थप ६ सय २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७ सय २८

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय २९ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १० हजार ७ सय २८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २३ सय ३८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २४ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ९३ हजार १ सय ९४ काे पिसिआर विधि र २ लाख ८३ हजारकाे ६ सय ९६ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ८७ हजार ६ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ३ सय ६६ जना आईसाेलेसनमा रहेका छन् ।