नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेकाे छ । पछिल्लो २४ घण्टा यता थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५  सय ३८ जनामा कोराेना भाइरस देखिएको बताएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १० हजार ९९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २२ सय २४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २४ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ८६ हजार ३ सय ६६ काे पिसिआर विधि र २ लाख ७१ हजारकाे ५ सय ८४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार ८ सय ५२ जना आईसाेलेसनमा रहेका छन् ।

आइसोलेसनमा रहेकालाई पुन:परीक्षण गरेर मात्र घर पठाउनु- सर्वाच्च अदालत

काठमाडौं । आइसोलेसनमा रहेका सबैकाे पिसीआर परीक्षण गरि राेगमुक्त भएपछि मात्र घर फठाउन सर्वाच्चले सर्वाच्च अदालतले अन्तरिम आदेश जारी गरेकाे छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले आईसाेलेसनमा रहेका सबैकाे परीक्षण गर्न भनेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय अगाडी जारी गरेकाे काेराेना परीक्षणकाे निर्देशिकाकाे बुँदा नं ६ लाई कार्यान्वयन नगर्न बताएकाे हाे । सर्वाच्चले आइसोलेसनमा रहेका बिरामीको संख्या तथा सरकारको परीक्षण क्षमता हेर्दा पुन: परीक्षण गर्न सकिने अवस्था रहेकाे भन्दै सबैकाे पिसीआर परीक्षण गर्न निर्देशन दिएकाे हाे । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले केही समय अगाडी आइसोलेसनमा रहेकालाई १४ पछि पुन: पिसीआर परीक्षण नगरी घर फर्काउने निर्देशिका बनाएकाे थियाे ।    

कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारवाहीको चेतवानी

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संवेदनशीलता नअपनाई व्यापार व्यवसाय गर्ने जोकोहीलाई कारवाही गर्ने चेतवानी दिएको छ । कार्यालयले सोमबार बजार क्षेत्रमा माइकिङ गर्दै यस्तो चेतवानी दिएको हो । लकडाउन खुकुलो भएसँगै जथाभावी व्यापार व्यवसाय खुलेर भीडभाड बढी हुन थालेपछि प्रशासनसहित सरोकारवाला निकाय उद्योग वाणिज्य सङ्घ, पत्रकारलगायतको टोलीले व्यापारीलाई सम्झाउँदै यस्तो चेतवानी दिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, “प्रत्येक व्यापारीले आफ्नो पसल उद्योगअगाडि ढोकामा डोरीको बार लगाउने, दुई मिटरको व्यक्तिगत दूरी कायम गर्ने, स्यानिटाइजर, मास्क अनिवार्य प्रयोग गर्नेजस्ता कुरालाई सुझाइएको छ ।” त्यसैगरी अनावश्यक मानिसको भीडभाड नगर्ने, अत्यावश्यक काम परेका व्यक्ति मात्रै घर बाहिर निस्किने, सवारी साधन मोटरसाइकलमा एक जना व्यक्ति मात्र सवार गर्ने र सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने, अटोरिक्सामा दुई व्यक्तिबाहेक अरुलाई सवार नगर्नेजस्ता कुरा सुझाइएको छ । सुझाइएका कुरा सबै बेवास्ता गरी कोरोना संवेदनशीलता नअपनाउने, जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने जोकोही व्यक्ति तथा व्यापारीलाई सङ्क्रमण रोग ऐन, स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने पनि चेतवानी दिइएको छ ।  रासस