विश्व एड्स दिवसको अवसर पारेर भोली बिभिन्न ठाउँहरुमा एड्स परीक्षण स्टल राखिदै

काठमाडौं। विश्व एड्स दिवस पारेर नेपालले मंसिर १४ गते शनिबार ” एचआईभीको जाँच गराऔं , आफ्नो अवस्था थाहा पाऔं ” भने भुल नाराका साथ ३१ औं विश्व एड्स दिवस मनाउँदै छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयले शुक्रबार अन्र्तक्रिया कार्यक्रम आयोजना गरि हाल नेपालमा एचआईभी संक्रमणको अवस्थाको बारेमा जानकारी गराएको छ। सन् २०१७ को अन्त्य सम्म संसार भर ३ करोड ६९ लाख व्यक्तिहरुका एचआईभी संक्रमण भएको अनुमान गरिएको छ, भने नेपालमा ३१ हजार २० जनामा एचआईभी संक्रमण भएको अनुमान छ । ती मध्ये पुरुषको सख्या १९ हजार बिस र महिलाको सख्या १२ हजार रहेको छ । नेपालमा वयस्क (१५ देखि ४९को उमेर समुहमा) जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१५ रहेको छ । नेपालमा करिब ७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ । सातै वटा प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व एड्स दिवस मनाईदै छ । सातै प्रदेशका जिल्लाहरुमा करिब २ लाख बराबरको पेष्ट किट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसतै भोली काठमाडौंको नयाँ बस पार्क , पुरानो बसपार्क , लगनखेल र भक्तपुरको सूर्यविनायकमा एड्स परीक्षणका लागि स्टल राखिने छ ।

अजोड इन्स्योरेन्सका ग्राहकलाई वयोधा हस्पिटलमा विशेष छुट

काठमाडौं । अजोड इन्स्योरेन्स र वयोधा हस्पिटलबीच नगदरहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रवि चौधरीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा बयोधा हस्पिटलबाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने छन् । अजोड इन्स्योरेन्सले स्वास्थ बीमामा जोड दिएको र भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमाबारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ । यस अधिब्लुक्रस हस्पिटल, मेडिसिटि अस्पताल लगायतसँग उक्त सम्झौता भइसकेको र बाँकी अस्पतालमा पनि छिटै सम्झौता गर्ने अजोड इन्स्योरेन्सले बताएको छ ।

हामी किन दु:खी हुन्छौं ?

काठमाडौं। मान्छेको जीवनमा खुशी भन्दा पनि बढी दु:ख आईरहेको हुन्छ। मान्छेलाई विभिन्न कारणले गर्दा दुःखी बनाईरहेको हुन्छ। कतिपय समयमा हामी किन दुःखी छौँ भन्ने कुरा हामीले आफैँ पनि बुझ्न सक्दैनौँ। दु:खको कारण थाहा पाउन सकियो भने त्यसको समाधान पनि सजिलै निकाल्न सकिन्छ तर जब हामी दु:खको कारण पत्ता लगाउन सक्दैनौँ त्यसपछी हामीलाई समाधान निकाल्न पनि एकदमै गार्हो हुन्छ। त्यसैले, एकपटक आफ्नो जीवनको गतिविधिमा नियालेर हेर्नुहोस्, आफुलाई के कुराले दुखी बनाईरहेको छ त्यसकुरामा ध्यान दिनुहोस्। कसैसँग आस राख्दा आस पुरा भएन भने, केही काम गर्दा काम सफल भएन भने अथवा के के कुरामा तपाईंलाई दुःखी बनाउँछ त्यसलाई पत्ता लगाउनुहोस्। दुःखी हुनु भनेको सबैभन्दा ठुलो रोग हो। तपाईं दुःखी हुँदा तपाईंको जीवनको धेरै चिजहरु बिग्री रहेका हुन्छन्। तपाईंको दैनिक दिनचर्याहरु देखी लिएर तपाईंको मानसिक, शाररीक स्वास्थ्यहरु पनि दु:खको कारण बिग्रीरा हुन्छन्। मान्छे जीवनमा खुशी भएर बाँच्न सिक्नुपर्छ। दु:खको पछाडि पनि खुशी हुने कारण हुन्छ जसलाई पत्ता लगाउन सक्यौँ भने तपाईं दु:खबाट धेरै टाढा जान सक्नुहुन्छ र खुशी साथी आफ्नो जिन्दगीको यात्रामा अगाडि बढ्न सक्छौं। रोजेको, खोजेको वा सोचेको कुरा नपाउँदा दुःखी भईन्छ। तर तपाईंको त्यो कुरा तपाईंको आवश्यकता हो कि चाहना हो त्यो तपाईंले बुझ्न जरुरी छ। आवश्यकता पुरा हुन जरुरी छ तर चाहना पुरै हुनपर्छ भन्ने छैन। यदी तपाईंलाई पैसा नभएर समस्या भईरहेको छ भने पैसा कमाउने तर्फ लाग्नुहोस् तर यदी कसैको माया नपाएर तपाईं दुखी हुनुहुन्छ भने यसकुराबाट तपाईं आजैबाट दुःखी हुन छोड्दिनुस्। माया नपाएर दुःखी हुनु बेवकुफी हो। पहिला आँफैले आँफैलाई माया गर्नुहोस् र कसैबाट पनि मायाको अपेक्षा नराख्नुहोस्। माया मागेर पाईने चिज होईन जहिले बुझीराखौँ। आफुलाई जबर्जस्ती कुनै पनि काम गर्नतर्फ नधकेल्नुहोस्। मन नलागेकाे काम गर्दा यसले तपाई र तपाईले जसको लागि काम गर्दै हुनुहुन्छ दुवैलाई असर गर्छ। तपाईंले यसो गर्दा यसले तपाईंको मस्तिष्कमा पनि नराम्रो असर गर्छ। हामी धेरै मानिसहरु हामीले अरुलाई गरेको जस्तै सहयोग उनीहरुबाट नपाउँदा दुखी हुन्छौ। तर अरुलाई सहयोग गरेर सहयोगको अपेक्षा राख्नु गलत हो। शास्त्रमा पनि भनिएको छ कि कर्म गर्नुहोस् तर फलको अपेक्षा नगर्नुहोस्। मैले यो गर्दिए बापत मलाई यो प्रतिफल चाहियो भनेर हामीले सोच राख्छौ तर चाहना अनुसार प्रतिफल हामीले पक्कै पनि पाउन सकिरहेका हुँदैनौ जसले हामीलाई अझै धेरै दुःखी बनाउँछ। एकपटक प्रतिफलको आसा नगरी काम गर्नुहोस् त तपाईं आँफैले सन्तुष्ट महसुस गर्नुहुनेछ। तपाईं परिक्षामा पास हुनुभएन। अब तपाईं म पास भईन भनेर दुखी हुन थाल्नुभयो भने तपाईंले परिक्षामा कहिले पनि राम्रो गर्नसक्नु हुन्न तर यदी के कारणले गर्दा पास भईरहेको छैन भन्ने कुरामा ध्यान दिनुभयाे भने अर्को पटक अवश्य तपाईंले राम्रो गर्न सक्नुहुनेछ।