भक्तपुरका अधिकांश पसल अवैध रुपमा संचालित, म्याद नाघेको औषधिहरु छ्यापछ्याप्ती
काठमाडौं। भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको पाइएको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक, लान्चाफल्चा (भत्केको पाटी) र च्याम्हासिंहमा रहेको औषधि पसल अनुगमन गर्दा कुनै पनि पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो । अनुगमनको क्रममा अनमोल फर्मेसी औषधि बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि टि–फोर ८५० एमजि र ५०० एमजिको भेटिएको, सिसि क्यामेराको अनुमतिपत्र नभएको, स्वकृति बिना क्लिनिक सञ्चालन गरेको पाइएको छ । अनुगमनको क्रममा पार्वती फर्मेसीमा औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि भि–मेट ८५० एमजि र ५०० एमजिको र एमलोड एक पाकेट, माइलोड दुई पाकेट भेटिएको छ । अनुगमनमा सुवेदी फर्मेसी औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि बट्टाहरु म्याद भएको औषधि राखी बिक्री गरेको पाइएको छ । अनुगमनको क्रममा विश्वास फर्मेसी एण्ड क्लिनिकमा औषधि बिक्री कर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधिहरु कोल्डीन–२ वटा, ओजुस–२ वटा, विदेक्स ६ वटा, प्रिभिडिन ९ वटा भेटिएको छ । च्याम्हासिंह मेडिकल हल पसल नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि न्यूरोन ५ ट्यावलेट, फल्यूइम १५० को ४ ट्याबलेट भेटिएको छ । सबै पसललाई तीन दिनभित्र दर्ता गर्न, स्वकृति लिएर मात्र क्लिनिक पसल सञ्चालन गर्न, अनुमतिपत्र भएको व्यक्तिले मात्र पसल सञ्चालन गर्न निर्देशन दिएको छ भने म्याद नाघेको औषधि र म्याद नाघेको सामान जफत गरेको छ। रासस
कपाललाई कसरी स्वस्थ्य बनाउने ? हरेक दिन कपाल धुनेले बारम्बार स्याम्पु प्रयोग नगरौं
काठमाडौं। कपाललाई कसरी स्वस्थ्य बनाउने हर कोहीको चाँसोको बिषय हो। कपाललाई स्वस्थ्य बनाउन खानपानदेखि स्यहार-सुसारसम्ममा ध्यान दिनुपर्छ । यस तालिकाभित्र तेलले मसाज गर्ने, धुने कुरा पनि समेटिन्छन्। कपाल सफा राख्ने कुरा गर्दा हप्तामा कतिपटक धुने भन्ने प्रश्न उठ्छ । कोही हप्तामा एक पटक कपाल नुहाउँछन् त कोही ३-४ पटक । हप्तामा यति नै दिन नुहाउनुपर्छ भन्ने कुनै नियम त छैन । तर, सफा हुने नाममा बारम्बार सेम्पु दल्दा कपाललाई नोक्सानी पनि पुग्न सक्छ। हरेक व्यक्तिहरुको कपाल फरक प्रकृतिको हुन्छ । त्यसै कुनै पनि रुटिन पछ्याउनुभन्दा अगाडि तपाईंले थुप्रै पक्षहरुलाई ध्यान दिनुपर्छ । कपालमा जिनको प्रभावलाई नजरअन्दाज गर्न सकिन्न । त्यसैले तपाईंले त्यतिबेलासम्म कपालमा प्रयोग गरिरहनुपर्छ जबसम्म सही रुटिन प्राप्त हुँदैन । यो जरुरी छैन कि जुन प्रोडक्ट र विधिले अरुको कपाललाई फाइदा गरेको छ, त्यसले तपाईंलाई पनि फाइदा गरोस । कम्तिमा एक हप्ता एउटा रुटिन फलो गर्न सकिन्छ । त्यसमा चित्त बुझेन भने अर्को रुटिनमा जानुपर्छ। तीन दिनमा एक पटक कपाल धुनु ती व्यक्तिहरुका लागि उपयुक्त हुन सक्छ जसको दिनचर्या अलिकति सुस्त छ । हरेक विहान उठेर वर्कआउट गर्ने व्यक्तिहरुको कपाल चिपचिपे हुन्छ । उनीहरुका लागि यो रुटिन सही हुँदैन । यसैगरी तपाईंको खानपानको आदतले पनि कति चाँडो चाँडो कपाल धुनुपर्छ भन्ने बताउँछ । तर, सबैलाई हुने एउटा समस्या हो, बढ्दो उमेरसँगै कपाल रुखो हुनु। यस्तोमो नियमितरुपमा सेम्पु प्रयोग गर्नुको साटो कन्डिसनिङ गर्नु उपयुक्त हुन्छ। कपालमा आईरहने सानोतिनो तेलको परवाह नगरौं सामान्यतया हामी कपाल चिपचिपे हुनुको दोष स्काल्प (कपालको जरासहितको छाला) बाट स्वत निस्कने तेललाई दिन्छौं । अनि यो तेललाई कम गर्नका लागि हामी विभिन्न प्रोडक्टहरु प्रयोग गर्छौं । यसपछि हामी कपाललाई पोषित गर्नका लागि अर्गानिक, महत्वोपूर्ण तेल मसाज पनि गर्छौं । यो एउटा चक्र जसरी घुमिरहन्छ । तर, सत्य के हो भने स्काल्पले उत्पादन गर्ने तेल कपालका लागि सबैभन्दा उपयुक्त हुन्छ । त्यसैले यस्ता उत्पादनहरुबाट टाढै बस्न राम्रो हुन्छ। सल्फेट्सबाट टाढा रहनुहोस् सेम्पु र कन्डिसनरमा सल्फेट्स हुन्छ । यसले तपाईंको स्काल्प र कपालबाट फोहोर तथा तेललाई हटाएर त्यसलाई सफा गर्छ । तर, सल्फेट्सको समस्या के हो भने यसले स्काल्पको प्राकृतिक तेल र पसीना तथा फोहोरयुक्त चिपचिपमा अन्तर भेट्दैन । सल्फेट्सले प्राकृतिक तेललाई पनि स्काल्पबाट अवशोषित गर्छ । त्यसैले सकेसम्म सल्फेट-फ्री सेम्पू र कन्डिसनर प्रयोग गरौं । बारम्बारको स्याम्पु प्रयोग नगरौं बारम्बार सेम्पु दल्नाले कपालको प्राकृतिक तेल नष्ट हुन्छ । त्यसैले सँधै सेम्पु दल्नुका साटो कहिलेकाहीँ पानीले मात्रै कपाल सफा गर्न पनि सकिन्छ । कपाल भिजाउने र औंलाले मसाज गरेर फोहोर सफा गर्नुस । त्यसपछि सफा पानीले कपाल पखाल्नुपर्छ । कन्डिसनरको प्रयोग गर्न सकिन्छ, तर ध्यानमा राखौं कि यसलाई कपालको आधा भागबाट सुरु गरेर तलसम्म लगाउनुपर्छ । ब्युटिसियन दिकी शेर्पासँगको कुरामा आधारित
डाईबेटिजका बिरामीले खानामा ध्यान दिनुपर्ने कुराहरु के हुन् त ?
काठमाडौं। डाईबेटिज अर्थात मधुमेहलाई सामान्य भाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै डाईबेटिज हो । डाईबेटिज भएको खण्डमा खानामा बिशेष ध्यान दिनुपर्ने हुन्छ तर तपाईं डाईबेटिज रोगबाट पीडित हुनुहुन्छ भन्दैमा तपाईंले सबै खानेकुरा त्याग्नुपर्छ भन्ने छैन, तपाईं अझै पनि धेरै प्रकारको खानाहरु खान सक्नुहुन्छ। आफुलाई कुन डाईबेटिज भएको छ त्यसलाई ध्यानमा राखेर तपाईंले आफ्नो खानाको चार्ट के खाने र नखाने भनेर बनाउनुभयो भने त्यसले अझै धेरै सहयोग गर्नसक्छ। हरेक बिरामीहरुको स्वास्थ्यमा खानेकुराले महत्वोपूर्ण भूमिका खेलिरहेको हुन्छ। तपाईंले के खानुहुन्छ त्यसले तपाईको स्वास्थ्य निर्धारणा गर्छ त्यसैले डाईबेटिजका बिरामीहरुले पनि यसबाट बच्न खानामा बिशेष ध्यान दिनपर्छ। खानालाई मात्रै सन्तुलनमा राख्न सक्यो भने तपाईंको आधा रोग निको हुन जान्छ। डाईबेटिजको बिरामीले स्वस्थ खानाको पालन गर्नको लागी पहिले कसरी विभिन्न खाद्य पदार्थहरुले रगतमा भएको सुगरलाई प्रभावित गर्दछ भन्ने बुझनुपर्छ। रोटी, पास्ता, दूध, मिठाईमा बढी मात्रामा कार्बोहाइड्रेट,पाईन्छ जुन अरु खानाहरु भन्दा रगतमा चाँडो ग्लुकोजमा परिणत हुन्छन्, जसले रक्तचापको मात्रा बढाउँछ, सम्भवतः हाइपरर्गीमिया हुने सम्भावना बढाउँछ। प्रोटीन र फ्याटले ब्लडसुगरलाई सीधा प्रभाव पार्दैन तर पनि यि दुवैलाई ठिक्क मात्रामा प्रयोग गरे क्यालोरी र शरीरको वजनलाई सन्तुलन राख्न सकिन्छ। न्यास्नल ईन्स्टिच्युट अफ डाईबेटिज एन डाईजेस्टिभ एन किड्नी डिजिज (एनआईडीडीके) को अनुसार, तपाईंको आहारामा तपाईंलाई कति प्रतिशत कार्बोहाइड्रेटको आवश्यक पर्छ भन्ने गणना गर्न सक्नुहुन्छ। तपाईंले आफ्नो आहाराको २०-३० प्रतिसत कार्बोहाइड्रेट प्रयोग गर्नुभयो भने पनि त्यो तपाईंको लागि पर्याप्त हुनेछ। यदि तपाइँ शाकाहारी हुनुहुन्छ वा शाकाहारी आहारा पालन गर्दै हुनुहुन्छ भने, पर्याप्त मात्रामा प्रोटीनको सही सन्तुलन हुन गार्हो हुनसक्छ, तर तपाईं यसलाई ठीक गर्न बीन्स, बदाम र तोफु जस्ता खानाहरू खान सक्नुहुन्छ। बदाम खादाँ अली ध्यान पुर्याउनु होला किनभने ति खानेकुराहरुमा फ्याट र क्यालोरी उच्च रुपमा हुन्छन्। यसबाहेक, प्रशोधन गरिएको वा प्याकेज गरिएका खानाहरू डाईबेटिजका बिरामीले सीमित गर्नुपर्दछ किनभने यसरी तयार भएका खानाहरुमा थप सुगर र कार्बोहाइड्रेटहरू थपिन्छन्। यी खानाहारुमा सोडियमको मात्रा उच्च हुन्छ र यसैले तपाईंको रक्तचाप बढ्न सक्छ र हृदयघात वा स्ट्रोकको जोखिम निम्ताउन सक्छ। डाईबेटिजको बिरामीले रक्तचापलाई ध्यानमा राख्न एकदमै जरुरी छ। उपयुक्त खानेकुरा – सिस्नु पनि यो रोगका लागि लाभदायक हुन्छ । बेला बेलामा सिस्नुको सुप बनाउने, सिस्नुको धुलोलाई दालमा हालेर खाने, वा तरकारीको रुपमा प्रयोग गर्नाले पनि डाईबेटिज नियन्त्रण गर्न सकिन्छ । – कालो चिया दिनमा २/३ कम खाँदा राम्रो हुन्छ । चियामा फाइटोकेमिकल्स पाइन्छ । यसले पनि शरीरबाट डाईबेटिजको मात्रा कम गर्न सघाउ पुर्याउँछ । – स्याउले पनि डाईबेटिजलाई नियन्त्रण गर्न सघाउ पुर्याउँछ। – मेथीलाई खानामा फुराएर खाने – अण्डा – टोफु – बदाम, ओखर – छाला निकालिएको कुखुराको मासु – गेडागुडी – माछा त्यसमा पनि कम फ्याट भएका माछा अनप्युक्त खानेकुरा – डाईबेटिजका बिरामीले गुलियो, कोक, फ्यान्टा लगायतका सोडा, जुस, घ्यु, चिल्लो, तारेको खानेकुरा, फे्रन्च फ्राईज, बर्गर, पिज्जा लगायतका आधुनिक खानेकुरा सकेसम्म नखाँदा राम्रो हुन्छ । – खान हुन्छ भन्दैमा बुझ्दै नबुझी मेथीलाई रातभर भिजाएर सिधै खानु एकदम गलत हो । यसमा निश्चित केमिकल्स हुने हुदाँ सिधै मेथीको सेवनले किड्नी तथा लिभरलाई असर गर्ने सम्भावना हुन्छ।