विकास खर्च भएन, सरकारी ढुकुटीमै थन्कियो डेढ खर्ब
काठमाडौं । लक्ष्यअनुसार सरकारी बजेट (विकास बजेट) खर्च हुन नसक्दा सरकारी ढुकुटीमा ठूलो पुँजी त्यसै थुप्रिएर बसेको छ । अनुत्पादक रुपमा सरकारी ढुकुटीमा यसरी बजेट थुप्रिँदा बैंकिङ क्षेत्रसँगै सबैखाले वित्तीय प्रणालीमा नकारात्मक प्रभाव परेको छ । पछिल्लो समयमा झन्डै डेढ खर्ब रकम सरकारी ढुकुटीमा छ । यति ठूलो रकम ढुकुटीमा थन्किएर बस्दा अर्थतन्त्रमा चौतर्फी नकारात्मक प्रभाव पारेको हो । अर्थ मन्त्रालयका अनुसार गत २३ वैशाखको तथ्यांकअनुसार १ खर्ब ३५ अर्ब ८४ करोड ९१ लाख रुपैयाँ सरकारी ढुकुटीमा छ । यो रकमको अधिकांश हिस्सा अहिले पनि त्यत्तिकै थन्किएर बसेको छ। राजधानी दैनिकबाट ।
सरकारको नालायकीपना, भत्काएर आधुनिक बनाउनुपर्ने सिंहदरबारलाई प्लास्टिकले छोपियो
काठमाडौं । भत्काएर नयाँ र आधुनिक बनाउनुपर्ने सिंहदरलाई प्लाष्टिकले छोपेर राखिएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई बर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ । प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको बताइएको छ । फलामको आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई पुरै भत्काएर पुननिर्माण गर्ने कि प्रवलीकरण गर्ने भन्नेमा प्राधिकरण र सहरी विकास मन्त्रालयबीच लामो समय विवाद चलेको थियो । नागरिक दैनिकबाट ।
अनियमितताको मेलोमा असारे विकास, हतारमा कामले बजेटको सदुपयोग
सिरहा । सरकारी अड्डाका लागि असरा महिना भ्यानभ्याई हुन्छ । असारको मिससिमे पानीमा कालोपत्रे, मुसलधारे बर्षमा नाली निर्माण काम हुन्छ, भईरहेको छ । बजेट फ्रिज हुनबाट जोगाउन हतारमा गरिने यस्ता काम न दिगो हुन्छ न बजेटको सदुपयोग नै हुन्छ । असारे विकास आर्थिक अनियमितता गर्ने सजिलो माध्यम बनेको छ । असारे अनियमिताको नुमना काम अहिले सिरहा बजारमा हुँदैनछ । बजारको हेमनारायण चोकदेखि पुर्व २ सय १४ मिटर र त्यसपछि जिल्ला प्रहरी कायाृल्यसम्म २५० मिटर पक्की नाला निर्माणका लागि जिल्ला समन्वयसमितिले कमला निर्माण सेवा गोद्धारसँग ठेक्का सम्झौता गरेको छ । ७५ लाखको उत्त नाला सम्पन्न भैसक्नुपर्ने बेलासम्म पनि काम नै सुरु भएको छैन । यो विकास होईन बरु सरकारी रकमको चरणम दूरुपयोग हो । यहाँ खर्च भएको रकम बर्खामा हुने खर्च बर्षासंगै बग्छ । नागरिक दैनिकबाट ।