संघीय राजधानीमै घटेन खोप लगाउनेको भीड
काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोपको सहज उपलब्धता गराउँदै व्यवस्थित रुपले लगाउने भनिरहे पनि संघीय राजधानीमै खोप लगाउनेहरुको भीड घटेको छैन । राजधानी काठमाडौंमा कोभिड-१९ विरुद्धको खोप लगाउने खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड बढिरहेको छ । अव्यवस्थित रुपले खोप कार्यक्रम सञ्चालन गरिँदा खोप केन्द्रबाटै कोभिड संक्रमणको जोखिम पनि बढेको छ । काठमाडौंमा विभिन्न खोप केन्द्रहरुबाट खोप निरन्तर लगाइएको छ, जहाँ लक्षित समुहका मानिसहरुको खोप लगाउन भीड लागेको छ । दिनभरी लाइनमा बस्दा पनि कतिपयले खोप लगाउन नपाएको गुनासो समेत गरेका छन् । अर्कोतर्फ नागरिकले आफुहरुले खोप लगाउन नपाएको पनि बताएका छन् । थापाथलीस्थित प्रसुतिगृह खोप केन्द्रमा खोप लगाउन पुगेका सर्वसाधारणले आफुहरुले खोप लगाउन नपाएको गुनासो गरेका छन् । खोप लगाउन पुगेका गोपाल खनालले आफुलाई बिहानभरी लाइन बस्दा पनि खोपबाट वञ्चित गराईएको बताए । सरकारले १८ वर्ष माथिका सम्पूर्ण नागरिकलाई निर्विवाद खोप लगाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए । लक्षित समुह भनेर सरकारले नागरिकहरुलाई विभेद गरेको उनको भनाई छ । पहुँचवालाले खोप लगाउन पाउने र अरुले लगाउन नपाउने अवस्थाको अन्त्य गर्न उनले सरकारसँग माग गरेका छन् ।
अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्दै रामेछाप नगरपालिका
काठमाडौं । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले अत्यावश्यक वाहेकका सबै सेवाहरू बन्द गर्ने भएको छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टको कोरोना भाइरसले पालिकामा पनि बढ्दो रूप लिन थालेपछि पालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गर्न लागेकाे हाे । कोरोना भाइरस नियन्त्रण तथा जिल्ला सुरक्षा समितिले साउन १७ देखि ३२ गते राति १२ बजेसम्मका रामेछाप जिल्लाभर निषेधाज्ञा गरिसकेकाे छ । साेही अनुरूप पालिकाले पनि सो अवधिभर अत्यावश्यक वाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाबाट प्रदान गरिने स्वास्थ्य सेवा, फोहोर मैला व्यवस्थापन लगायतका अत्यावश्यक वाहेकका सबै सेवा बन्द हुने भएको छ ।
नेशनल माइक्रोफाइनान्सले हस्तान्तरण गर्यो काजक्रिया खर्च
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १२ हजार ५ सय रुपैयाँ बराबरको काजक्रिया खर्च हस्तान्तरण गरेको छ । संस्थाले सदस्य कमला थापाको श्रीमानको मृत्युमा ग्राहक संरक्षण कोष अन्तर्गत सो मात्राको रकम हस्तान्तरण गरेको हो । संस्थाले शाखा कार्यालय सुडा कञ्चनपुर अन्तर्गत सेवा केन्द्र दोधारा चांदनी लघुवित्त सेवा प्रदान गरीरहेको सेवा केन्द्रमा दोधारा चांदनी नगरपालिका वडा न. ८ मा सञ्चालित मितिनी महिला समुहमा आवद्व सदस्य कमला थापालाई दुर्गा सि. थापाको मृत्युमा काजक्रिया खर्च हस्तान्तरण गरिएको छ । संस्थाले समुह सदस्यहरुको उपस्थितीमा समुह मिना देवी गुरुङ्ग तथा सहायक जनक राज पन्तद्धारा संयुक्त रुपमा हस्तान्तरण गरिएको छ । राष्ट्रिय कार्यक्षेत्र भएको भएको नेपाल राष्ट्र बैंकद्धारा स्वकिृत प्राप्त घ वर्गको नेशनल लघुवित्तले आफ्ना सदस्यको संरक्षणमा ग्राहक संरक्षण कोष अन्तर्गत काजक्रिया खर्च, सुत्केरी खर्च, विभिन्न राहत सुविधा एवम् प्राकृतिक एवम् दैविक प्रकोपमा सदस्यहरुलाई राहत तथा सहयोग गदै आईरहेको छ ।