अधुरा रहेका काम यसै वर्ष भित्रमा पूरा गर्नेछौं – गाउँपालिका अध्यक्ष पोख्रेलसँगको कुराकानी
छत्रदेव गाउँपालिका अर्घाखाँची जिल्लामा पर्छ । यस गाउँपालिकाका अध्यक्ष हुन् लेखनाथ पोख्रेल । उनी गाउँपालिकाको विकासमा निरन्तर खटिरहेका छन् । पालिकावासीको जीवनस्तर उकास्न जुटिरहेका अध्यक्ष पोख्रेल विशेषत: कृषि, पर्यटन तथा विकास निर्माणका कामलाई अगाडि बढाएका छन् । हिजोको भन्दा आज आमूल परिवर्तन भइसकेको बताउँने अध्यक्ष पोख्रेल भोलिका दिनमा अझ धेरै काम गर्न बाँकी रहेको पनि बताउँछन् । नागरिकको आवश्यकतालाई पहिचान गर्दै पालिकाको स्रोत, साधन र बजेट भ्याएसम्म विकास निर्माणको कामलाई निरन्तरता दिएको पनि उनी बत्ताउँछन् । उनै अध्यक्ष पोख्रेलसँग चार वर्षको अवधिमा पालिकाले गरेको उपलब्धि, सामाजिक रूपान्तरण, काम गर्दाका चुनौती, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । कार्यकाल सकिन केही महिना मात्र बाँकी छ, सोचेको जस्तो काम पालिकामा गर्न सक्नुभयो कि भएन ? एकात्मक राज्यबाट संघियतामा गइसकेपछि स्थानी सरकारले जनताका जनजीविकाको सवालमा कसरी काम गर्नुपर्छ । सिंहदरबारको अधिकार गाउँमा गाउँमा आई सक्यो भन्ने अवस्थालाई चिर्ने गरी स्थानीय तहहरूले आआफ्नो क्षमता अनुसार र घोषणापत्रका प्रतिबद्धता अवलम्बन गर्दै अगाडि बढेका छौं । जस अनुरूप छत्रदेब गाउँपालिकाले ४ सय ६० गाउँपालिकालाई उछिन्दै आफू अबल दर्जामा पुग्नको लागि यहाँका जनताको पक्षमा विभिन्न खालका विकास निर्माण, सामाजिक, आर्थिक, राजनैतिक क्षेत्रमा जनतालाई उत्प्रेरण बढाउने कामहरू गरेका छौं । यसै गरी पालिकाको विकास सँगसगै नागरिकको जीवनस्तर उकास्न आर्थिक वृद्धि दर तथा दिगो विकासको लक्ष्यका साथ पालिका अगाडि बढेको छ । शिक्षा, स्वास्थ्य कुरालाई एकात्मक ढङ्गबाट अगाडि बढेका छौं । हाम्रो ३४ बुँदे प्रतिज्ञा प्राप्त अनुरूप सबै कामहरू सम्पन्न गर्ने वर्षको रूपमा यो वर्षलाई घोषणा गर्ने भनेका छौं । हामी जुन पार्टीबाट लडयौं, जुन पर्टीको घोषणापत्र बोकेर हिडयौं त्यो प्रतिवुद्धहरु पनि पुरा गर्ने र सम्भवतः मलाई लाग्छ नेपालका स्थानीय सरकारले प्रतिबद्धता जाएर गरेका सबै काम पूरा गर्ने सरकारको रूपमा छत्रदेव गाउँपालिका नै हुन्छ । त्यो अनुरुप नै हाम्रो कार्य सम्पादन भएको छ । तपाईंले स्थानीय तहको नेतृत्व सम्हाल्नु भएको पनि चार वर्ष पूरा भएको छ, यो अवधिभर देखिन लायक के–के काम गर्नुभयो ? गाउँपालिकाले सन्तुलित विकासको अवधारण ल्याएको छ । एक क्षेत्रलाई नभई समग्र क्षेत्रमा परिवर्तन र विकासमा पालिका लागेको छ । हामीले ‘छत्रदेवको शानः सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान भन्ने नारा तयार गरेका छौं । हामीले पूर्वाधार विकासमा धेरै राम्रो काम गरेका छौं । स्वास्थ्यको सवालमा हामीले पालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवा उपलब्ध गराएका छौं । प्रत्येक नागरिकलाई चाहिने आवश्यक औषधीहरू निःशुल्क रूपमा घर घरमा पुर्याउने काम अगाडि बढाएका छौं । गाउँपालिकाको प्रत्येक वडामा डाक्टर क्वाटर सहितको स्वास्थ्यचौकी निर्माण गर्ने र स्वास्थ्यचौकीमा औषधीको अभाव हुन नदिने जस्ता कार्यहरू सम्पन्न भइरहेको छ । नागरिकलाई स्वास्थ्य संस्थासम्म जानको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौं । स्वास्थ्य संस्थाको सुदृढिकरण गरी त्यहाँको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने काम समेत भएको छ । यसका साथै शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तन गर्नका लागि प्राविधिक शिक्षालाई बढि महत्त्व पालिकाले दिएको छ । पालिकाले ८ ओटै वडाका ४६ जना विद्यार्थीलाई ३ वर्षे बाली विज्ञान पढाएको छ । सो विषय पढ्ने विद्यार्थीहरूलाई निःशुल्क छात्रवृति रुपामा गाउँपालिकाले ६० लाख रुपैयाँ खर्च गरी अध्यापन गराई रहेको छ । यसै गरी दरबन्दी नभएको स्थानमा निमावि र माविमा अस्थाइ दरबन्दी तथा करार शिक्षकको व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छौं । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं भने पालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको छ । अब पालिकामा विद्यालयको भवन आवश्यक छैन भन्ने गरी विद्यालयको भवन निर्माणको कामलाई पनि तीव्रता दिएका छौं । यहाँको शैक्षिक अवस्थालाई अगाडि बढाउने क्रमा हामी निर्वाचित भएर आइसकेपछि बाल विकासलाई मन्टेश्वरीमा परिणत गरेका छौं । पालिकाको प्रत्येक विद्यालयमा कक्षा ४ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेको छ । यसका साथै हामीले गाउँपालिकालाई नेपालकै पहिलो खरको छानामुक्त बनाएका छौं । पालिकालको प्रत्येक टोलटोलमा सडक पुर्याएका छौं । हाम्रो कार्यकालसम्म गाउँपालिकालाई छुने सबै सडकहरू कालोपत्रे गर्ने अभियानमा लागेका छौं । ‘एक घर एक धारा’ खानेपानीको कार्यक्रम सञ्चालन गरी धेरै नागरिकको घरमा खानेपानी पुर्याउन सफल भएका छौं । आम नागरिकको जनचाहना अनुसारको काम वा विकास गर्ने सरकार स्थानीय तह हो भन्ने अनुभूति दिलाउने काम गरेका छौं । पालिकाको प्रत्येक नागरिकको आर्थिक वृद्धि विकास गर्नको लागि सामाजिक, आर्थिक, राजनैतिक अवस्थालाई नियालेर आवश्यकताको सिद्धान्त अनुसार विकास निमार्णको योजना तर्जुमा गरेका छौं । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम हामीले गाउँ सभाबाट प्रस्तुत गरेका छौं । नीति तथा कार्यक्रम र बजेट जनअपेक्षाबमोजिम ल्याएका छौं । सिङ्गो जनप्रतिनिधिको टिम जनताको चाहना र भावनाबमोजिम काम गर्ने प्रतिबद्धता रहेकोले यो बजेट कार्यान्वयन गर्न कर्मचारी संयन्त्र राजनीतिक दल र आम नागरिकबाट सकारात्मक रूपले कार्यान्वयन गर्न सहयोग हुने विश्वास लिएको छु । यो वर्ष हामीले सञ्चालन गरेको सबै अधुरा काम पुरा गर्नतर्फ लागेका छौं । गाउँपालिकाको प्रत्येक वडाको वडा भवन निर्माण भइसकेको छ । उक्त वडामा कर्मचारीको व्यवस्थापन गरी नागरिकलाई सहज रूपमा सेवा प्रवाह गरी रहेका छौं । हामीले पालिकामा ३ ओटा एम्बुलेन्स र २ ओटा गाडी निःशुल्क ल्याएर अफिस प्रयोजनमा प्रयोग गरेका छौं । ९ करोड रुपैयाँको लगानीमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण भइरहेको छ । पालिकमा १५ शैयाको अस्पताल पनि निर्माणाधीन अवस्थामा छ । पूर्वाधारको हिसाबले पालिका अबल नै छ । पालिकाले जनचाहना अनुरूप नै काम गर्दै आएका छ । भोलिका दिनमा निर्वाचित भएर आउने जनप्रतिनिधिलाई सहज रूपमा सेवा प्रवाह गर्न सक्ने वातावरणको निर्माण गरी गाउँपालिका अगाडि बढेको जनकारी गराउँछु । चुनावी बाचा कति पुरा गर्नु भयो नी ? हामीले घोषणापत्रलाई नै आधार मानेर ५ वर्षको आवधिक योजना बनाएका थियौं । हामीले ३४ बुँदे प्रतिज्ञा–पत्र लिएर आम जनताको बिचमा तपाईंले हामीलाई मत दिनुहोस् हामी तपाईका यी कामहरू पूरा गर्छौं भनेका थियौं । हाल हामीले ३४ बुँदे प्रतिज्ञा पूरा गरिसकेका छौं । हामीले लगभग घोषणापत्रमा लेखेका तथा निर्वाचित हुँदा बेलेको कुरा पुरा गरिसकेका छौं । यो वर्ष बाँकी रहेका कामहरू पुरा हुने छन् । विकास निर्माणका सिलसिलामा के–कस्ता चुनौती सामना गर्नुर्याे ? यहाँ विभिन्न पार्टीका दलहरू हुनुहुन्छ । हामीले कुनै दल वा पार्टी भनेका छैनौं । पहिलो वर्ष हामीले खरको छानामुक्त गाउँपालिका घोषणा गर्ने भनेर काम सुरु गर्यौं । यो कार्यक्रममा पनि सबै राजनैतिक दल तथा नागरिकहरुको सहभागिता रह्यो । यो ५ वर्ष लाई विकास वर्षको रुपका घोषणा गर्यौं । सबैबाट नै सकारात्मक कुरा आएको छ भने कतैबाट पनि नकारात्मक तथा नराम्रो कुरा भएको छैन । हामीले बजेट बनाउँदै गर्दा सबै दलहरूलाई बेलाएका छौं, छलफलमा सबैको उपस्थिति गराएका छौं । यहाँका राजनैतिक समाज, प्रमुख व्यक्ति, पूर्व निर्वाचित जनप्रतिनिधिहरूलाई खोजेका छौं । त्यो आधारमा पनि हाम्रो बजेट निति कार्यक्रम अगाडि बढेको हुनाले धेरै प्रश्न उठाउनु पर्ने, विवादमा अल्झनु पर्ने अवस्था रहेन । हामीले काम गर्दैगर्दा कामलाई नियमित गर्नको लागि ऐन कानुन निर्माण गर्यौं । यसै गरी हामीले ६० भन्दा बढि स्थानीय राज पत्र प्रकाशित गर्यौं । त्यो कानुन र विधिमा टेकेर कार्य सम्पादन गरेका कारणले धेरै विवाद झन्झटमा फस्नु पर्ने अवस्था छैन । न्याय समितिमा परेका उजुरीहरूलाई हेर्दा पनि त्यसको समाधान गर्ने विधि, कानुनी अड्चनहरूलाई फुकाउने बाटोमा पनि हामी स्पष्ट ढंगले अगाडि बढ्यौं । हामीले न्यायको तराजुमा राखेर दूधको दुध पानीको पानी भन्ने तरीकाले न्याय सम्पादन गरेका छौं । त्यस कारणले गर्दा छत्रदेव गाउँपालिका अब्बल ढङ्गबाट कार्यसम्पादन गर्दै कुशलतापूर्वक अगाडि बढ्न सफल भयो । राजनीति गर्ने हामी जनप्रतिनिधिहरूले भोलिका दिनमा आफूलाई राजनीतिको रूपमा अगाडि बढाउन पनि अहिले गरेको कार्यसम्पादन, योजना कार्यान्वयन जस्ता कुराहरू दीर्घकालसम्म पनि यसको पालामा यस्तो राम्रो कामहरू भएको थियो भन्ने गराउनु पर्छ । त्यसको जगमा टेकेर हाम्रो कार्य सम्पादन गर्दा कतैबाट पनि अवरोध खडा हुने, विवाद आउने, झन्झट सृजना हुने छैन । कतिपय निति कानुनहरू अप्ठ्यारै छन् । संघीय सरकार र प्रदेश सरकारले साझा सूचिमा रहेका कानुनहरू नबनाई दिएको कारणले गर्दा काम गर्न अप्ठ्यारो भएको छ । यसको व्यवस्थापन गर्नको लागि संघीय सरकारले बाटो फुकाउनु पर्दथ्यो । प्रदेशले समन्वयनकारी भूमिका निर्वाह गर्नुपर्दा थियो । हामीले राम्रो गर्यौं तर माथिल्लो निकायले राम्रो गरेन । भौतिक पूर्वाधारको दृष्टिकोणले हेर्ने हो भने मलाई लाग्छ नेपालका स्थानीय तहहरूमध्ये हामीले एक नम्बरमा आउने गरी काम गर्न सक्यौं । समयमै योजना सम्पन्न गर्ने खालका कामहरूमा केही चुनौतीहरू होलान् । तर, त्यसको बाबजुद पनि इच्छाशक्ति जगाएर गर्ने सरकारहरूको चाहना कमजोर भएको कारणले गर्दा नेपाललाई अन्य देशको तुलनामा साँच्चै विकासमा अगाडि बढ्न नसकेको तातेताते मात्र गर्न खोजेको जस्तो देखिन्छ । अब नयाँ पुस्ताले अगाडि बढ्नु पर्छ । त्यो ढङ्गबाट हाम्रो कार्यसम्पादन, शैली तथा व्यवहार परिवर्तन हुनुपर्छ । हामीले कार्यसम्पादन गर्दागर्दै पहिलो र दोस्रो वर्ष शून्य बेरुजु गाउँपालिकाको रूपमा हाम्रो पालिकालाई चिन्न सकिन्छ । चार वर्ष जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव कस्ता रह्यो ? स्थानीय तहमा काम गर्दागर्दै हामीले सबै कुराहरू सिक्नु पर्छ । मलाई काम गर्न जाने जस्तो लाग्थ्यो तर, निर्वाचित भएर आए पछि मैले केही जनेको रहिन्छु भने अनुभव भयो ।हामीले हरेका क्षेत्रको ज्ञान हुने आवश्यक छ । स्थानीय तह जनचाहना अनुसारको सरकार भयो । त्यो आधारमा हामीले काम गर्ने ठाउँ पनि पायौं र योग्यता देखाउने ठाउँको रूपमा पनि लिए । त्यस कारणले व्यवहारिक पाटेबाट साचिकै हाम्रो जनताको अवस्था कहाँ रैछ , हामीले जनतालाई केन्द्रमा राखेर बजेट बनाउँदै गर्दा कस्तो खाल्का योजनाहरू बजेट विनियोजन गर्नुपर्छ त्यो आधारको अनुभव गर्ने अनुकुल्ता रूपमा मैले यसलाई लिए । यो आधारमा ४ वर्षको बजेट सम्पन्न गर्दैगर्दा र ५ औं वर्षको बजेट कार्यान्वयन गर्दै गर्दा स्थानीय तहका जनतासँग घुलमिल हुँदै, विभिन्न कुराको अध्यान गर्ने अवश्र पनि पाएको छु । जनचाहना अनुसारको सरकार प्राप्त भएको अनुभूति गराउने गरी काम गर्नुपर्छ भन्ने तरीकाबाट हाम्रो कार्यक्रमहरू अगाडि बढेका छन् । तपाईंको बिचारमा स्थानीय स्थानीय तहलाई अझै सक्रिय अथवा अबल बनाउन के गर्नुपर्छ ? मैले धेरै देशको संघीयता हेरें । विश्वमा संघीयता लागु भएका देशहरूले कसरी काम गरेका छन् । हामी कहाँ नेर चुकिरहेका छौं, हाम्रो संघीयता जर्मनको संघीयतासँग मिल्छ । जर्मनको संघीयतालाई धेरै मात्रामा कपि गरेको देखिन्छ । अहिले पनि के छ भने संघीय सरकारले दिएको अधिकारहरू माथि पनि अङ्कुश लगाउन खोज्यो । संघीय सरकारले साझा सूचिमा रहेका कानुनहरू निर्माण गरेर संविधान उपलब्धहरू अधिकारहरू कार्यान्वयन गर्नुपर्छ । यो विना स्थानीय तहले जुन खालको कुशलता पुर्वक आफ्नो जिम्मेवारी बहन गरे तिनीहरूले असाध्यै कठिनतापुर्वक जिम्मेवारी बहन गरेका छन् । साझा सूचिका कानुन नबनाए पछि, कानुनलाई टेकेर काम नगर्न जनप्रतिनिधिहरूको लागि चुनौती वर्षको रूपमा पनि रह्यो । हामी निर्वाचित भएर आउँदै गर्दा हाम्रो ठाउँमा बस्ने ठाउँ थिएन । वडा कार्यालयमा बसेर गाउँपालिका चलाउनु पर्ने अवस्था थियो । त्यो अवस्थाबाट सुविधा सम्पन्न परिस्थिति निर्माण गर्न सफल भयौं । तर, सरकारले जुन खालको काम गर्नुपथ्र्यो त्यो खालको काम गर्न सकेन । सरकारले राजश्व बाँडफाँडको बजेट समयमा नपठाईदिने, निकासा गर्ने र स्थानीय तहले काम गर्न जानेन भनेर विभिन्न आरोप लगाउने गतिविधि पनि भए । यो जनप्रतिनिधिको पद छोड्दै गर्दा हामी प्रदेश, संघमा होलाऔं त्यो कुरा हामीले पनि बिचार पुर्याउनु पर्ने हुन्छ । संघ र प्रदेशले गर्नुपर्ने काम गर्न नसकेको कारणले गर्दा स्थानीय तहरु सबैलाई जटिलता देखियो । उक्त जटिलतालाई फुकाउने गरी संघीय सरकार अगाडि बढ्नु पर्छ । प्रदेश सरकारले त्यो योग्यता देखाउनु पर्छ । हैन भने प्रदेश तथा जिल्ला समन्वय समितिको आवश्यकता के भन्ने खाल्का आम कुराहरू उठेका छन् । स्थानीय तहलाई विभिन्न आरोप पनि लागेका छन् । त्यसबाट त्यहाँका जनताले पाएको लाभलाई पनि नजिकबाट हेर्ने सक्यौं भने साचिकै प्रभावकारिता ढंगले स्थानीय तहहरु सञ्चालन हुन सक्छन् । यी तिन तहका सरकार हातेमालो गरेर गयो भने नेपाली नागरिकको जनस्तर अगाडि बढाउन सकिन्छ । सम्वृद्धिको सपना मात्र देखाएर हुँदैन सम्वृद्धि ल्याउनको लागि गर्नुपर्ने कर्तव्य पनि पूरा गर्ने गरी हामीले कानुन निर्माण गर्नुपर्छ । कानुन बिना सरकारी बजेट खर्च गर्न सकिँदैन त्यस कारणले संघ र प्रदेश सरकारले अरू सबै कुराहरू छाडेर साझा सूचिमा रहेका तथा संविधानमा उल्लेख गरेको कुराहरूलाई कार्यान्वयन गरी स्थानीय तहलाई त्यो खाल्को सहयोग गर्यौ भने अबको दिनमा कार्य सम्पादन गर्न सहजता हुन्छ । बाँकी कार्यकालमा गर्नै पर्ने केही योजना छन् ? विकास यस्तो चिज हो, जो कहिले पनि गरेर सकिँदैन । हामीले सञ्चालन गरेका पुरा नभएका अधुरा योजनाहरू पुरा गर्ने हो । जनतासामु गरेको बाचाहरू छन् ती पुरा गर्ने हो । आम जनताको बिचमा आफू बिदाई हुँदै गर्दा हिजो तपाईहरुको बिचमा यी कुराहरू बेलेका थियौं, आज हामीले सम्पन्न गरेका छौं भनेर सबैलाई उन्नति तथा प्रगति रहोस् हामीलाई बिदा गर्नुहोस् भन्न सकिने गरी शिर ठाडो बनाएर जनताको बिचबाट बिदाई हुने तरीकाले हामी अगाडि बढेका छौं । अन्त्यमा, पालिकावासीलाई के भन्न चाहनुहुन्छ ? छत्रदेव गाउँपालिकावासी सम्पूर्ण आमा, बुबा दाजुभाई तथा दिदीबहिनीहरूले हामीलाई आशा, भरोसा र विश्वास गरेर यो ठाउँमा पुर्याई स्थानीय सरकारको प्रमुख बनाउनुभयो । त्यो अपेक्षा अनुसारको काम हामीले गर्यौं पनि । कतिपय ठाउँमा चाहेर वा नचाहेर भूगोल तथा परिस्थिति र महामारीको कारणले केही समस्या पनि आए । नागरिकहरुले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले हामीलाई यति बेला सरसल्लाह एवं सुझाव पनि दिन अनुरोध गर्छु । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि अनुरोध गर्छु । छत्रदेव गाउँपालिकावासी सम्पूर्ण आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीको भविष्यसँग हाम्रो पनि भविष्य जोडिएको हुनाले उहाँहरुलाई सुखी बनाउन सकेनौं भने हामी स्वयं पनि सुखी हुन सक्दैनौं । त्यसैले सबै आमा, बुबा, दाजुभाई, दिदीबहिनी, राजनैतिक दल तथा नागरिक समाजले जुन खालको साथ र सहयोग दिनुभएको छ त्यसको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । सबैको उन्नति, प्रगति एवं भविष्यको सुन्दरताको कामना गर्दछु ।
‘एक घर एक धारा’ अभियानबाट ७० प्रतिशतभन्दा बढी घरधुरीमा खानेपानी पुर्याएका छौंः अध्यक्ष भट्ट
बारपाक सुलिकोट गाउँपालिका गोरखा जिल्लाको एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । यस गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्ट हुन् । उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि विकास निर्माणको कामले गति लिएको छ । यो अवधिमा सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा पालिकाले निक्कै प्रगति गरेको उनी दाबी गर्छन् । भौतिक पूर्वाधार विकाससँगै गाउँवासीलाई आत्मनिर्भर बनाउने नीति लिएको पनि अध्यक्ष भट्ट बताउँछन् । कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँदा उनी सञ्चालन गरेका पुरा नभएका अधुरा योजनाहरू पुरा गर्ने तर्फ पनि लागेका छन् । उनै अध्यक्ष भट्टसँग चार वर्षको अवधिमा गाउँपालिकाले गरेको उपलब्धि, सामाजिक रूपान्तरण, काम गर्दाका चुनौती, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन, आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ः तपाईंले स्थानीय तहको नेतृत्व सम्हाल्नुभएको पनि चार वर्ष पुरा भएको छ, यो अवधिभर देखिन लायक के–के काम गर्नुभयो ? स्थानीय सरकार सञ्चालन भएपछि पालिकाको समग्र क्षेत्रमा प्रगति भएको छ । हामीले आर्थिक, सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण संरक्षण आदि सबै क्षेत्रको विकास गरी नागरिकलाई कसरी सुखमय बनाउने भन्ने कुरामा जोड दिँदै आएका छौं । गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छ । उक्त भवनको काम मंसिर महिना भित्रमा सम्पन्न हुन्छ । मेरो कार्यकाल भित्र नै ३ ओटा वडाका भवनहरू निर्माण भएका छन् । एउटा गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था थियो । वडा कार्यालय जाने सडक थिएन । हामीले सबैभन्दा पहिला पालिकाबाट हरेक वडा जोड्ने सडक बनायौं । मुख्य सडकहरू चौडा गर्ने काम सम्पन्न भएको छ । प्रदेश र स्थानीय सरकारको पहलमासडक कालोपत्रे हुने क्रममा छ । १५ शैयाको अस्पताल निर्माण हुँदै छ । गाउँमै सिंहदरबार आएको जनताले अनुभव गर्न पाएका छन् । हामी निर्वाचित भएपछिको अवधिमा गरिएका यी काम नागरिकले राम्रै अनुभूति गर्ने काम हुन् जस्तो लाग्छ । यसका साथै पालिकाले शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तन गर्नका लागि प्राविधिक शिक्षालाई बढि महत्व दिएको छ । ‘एक घर एक धारा’ खाने पानी अभियान सञ्चालन गरी ७० प्रतिशत भन्दा धेरै घरधुरीमा खानेपानी पुर्याउने काम भएको छ । पालिका भित्र केन्द्रीय विद्युत् विस्तार गर्ने प्रक्रिया अगाडि बढेको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौं । कृषि क्षेत्रका विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् । पर्यटन क्षेत्रमा पार्क, पोखरी निर्माण भएका छन् । महिलालाई आयआर्जनसँग जोड्ने, चेतनाको विकास गर्ने कार्यक्रम अघि सारेका छौं । टोल सुधारमार्फत टोलको समस्या समाधान गर्न कार्य योजना बनाएर काम गरेका छौं । अनि चुनावी बाचा कति पुरा गर्नु भयो नि ? निर्वाचित पदाधिकारीहरूको कार्यकाल चार वर्ष सकिएको छ । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं भनेका थियौं । अहिले ती काम गरिरहेका छौं । खर्चिलो र भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखा परेको छ । प्रतिकूलताकै बिचमा गाउँपालिकाका धेरै काम गर्न सफल भएका छौं भने चुनावी बाचा पनि धेरै हदसम्म पुरा गर्न सफल भएका छौं । विकास निर्माणका सिलसिलामा के–कस्ता चुनौती सामना गर्नुर्याे ? सङ्घीयता कार्यान्वयनको सुरुवाती चरणमा काम सुरु गर्नुपर्ने भएको कारण धेरै चुनौती सामना गर्नुर्याे । सीमित बजेट, कर्मचारीको अभाव, दुर्गम र विकट भूगोल, सञ्चारमा अवरोध, शून्यमा रहेको पूर्वाधार विकास, गाउँपालिकालाई भौतिक संरचना नहुनुलगायतका समस्या थिए । आन्तरिक स्रोतको कमी थियो । यो समस्या पनि जटिल रूपमा थियो । अहिले पनि अरूलाई त्यसरी सोच्ने गर्दा विकासका काममा अप्ठ्यारो भएको छ। नयाँ प्रणालीमा काम गर्नुपर्ने भएकाले पनि केही अनुभवको कमीले चुनौती छ। जनताका चाहना धेरै छन् । साधन, स्रोत र जनशक्ति अभावले काम गर्न चुनौती छ। जनताका चाहना र आवश्यकताका आधारमा बिस्तारै विकासको गतिविधि अगाडि बढाएका छौं । तपाईंले चार वर्ष गाउँप्रमुखका रूपमा कार्यभार सम्हाल्दाको अनुभव कस्तो रह्यो ? हाम्रो उक्तसाहजनक अनुभव रह्यो भन्नु पर्छ । स्थानीय सरकारको हैसियतमा हामी जनताका समस्या कस्ता हुँदा रहेछन् भनेर गहिरो ढंगले अध्ययन गरेर समाधान गर्ने काममा लागिरह्यौं । जनताको सेवाको निमित्त एउटा महत्वपुर्ण अवश्र भएको मैले अनुभव गरेको छु । तपाईंको बिचारमा स्थानीय स्थानीय तहलाई अझै सक्रिय अथवा अबल बनाउन के गर्नुपर्छ ? स्थानीय तहलाई अझै अबल बनाउनको लागि पहिलो कुरा त संविधानको अनुसूचीमा भए अनुसारको एक अधिकार कामहरू स्थानीय तह आफैलाई सगाउनको लागि संघ र प्रदेश सरकार तयार हुनु पर्यौ । संविधानमा लेखिएका कुराहरूमा हस्तक्षेप गर्ने प्रकारको व्यवहार संघ र प्रदेश सरकारको तर्फबाट राजनैतिक पाटेको एकल तहको नेतृत्वबाट जुन भई राखेको छ । कर्मचारी वर्गबाट भ्न अनुवाद जस्तो छ । यो कुरा सचिनु आवश्यक छ । कार्यकाल सकिन केही महिना मात्र बाँकी छ, सोचेको जस्तो काम पालिकामा गर्न सक्नु भयो कि भएन ? हामी निर्वाचित भएपछि पालिकामा जति विकास निर्माणको काम गर्छौं भनेका थियौं त्यो अनुसार काम हुन सकेन । स्थानीय तहको नयाँ संरचना, कर्मचारीको व्यवस्थापन, ऐन कानुन बनाउन केही समय लाग्यो । यस पश्चात् हामीले पालिकामा विकास निर्माणको कामलाई तीव्रता दियौं । हामीले गरेका कामबाट नागरिकहरू पनि सन्तुष्ट भएको पाएको छु । निर्वाचित भएर आएपछि पालिकामा शून्य अवस्थाबाट विकास काम सुरु गरेका थियौं । त्यसपछि तत्कालको आवश्यकता पहिचान गरेर काम सुरु गर्यौं । हामी सोचेको सबै काम पूर्ण रूपमा गर्न सकिएन तथापि पनि पालिकाको स्रोत, साधन र बजेटले भ्याएसम्म विकास निर्माणको काम गरेका छौं । हालसम्मको पालिकामा भएको विकास तथा काम हेर्दा सन्तोष जनक हिसाबको काम भएको अनुभूति छ मलाई । अन्त्यमा गाउँपालिकावासीलाई भन्नुपर्ने केही छ ? म के भन्न चाहन्छु भने विकासको काममा सबैको रचनात्मक सहयोग चाहियो । विकासमा जनताको निगरानी हुनुपर्छ । गाउँपालिकाले गरेको कामको निगरानी जनताले गर्नु पर्याे । पालिकाले काम गर्दैगर्दा कुनै ठाउँमा गल्ती भएको छ भने जनताको तर्फबाट राह्य सुझाव सल्लाह पालिकालाई हुनुपर्छ । नागरिकको साथ र सहयोग मिलिरहने छ भन्ने कुराको अपेक्षा गरेको छु ।
इश्वरपुर नगरपालिकाका वडा सदस्य साढे १ लाख घुससहित पक्राउ
काठमाडौं । सर्लाहीको इश्वरपुर नगरपालिकाका वडा नं ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय साढे १ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वर्दिबास टोलीले सूचनाको आधारमा साह र रायलाई वडा नं ७ स्थित साहक कृष्ण इन्टरप्राइजेजबाट घुससहित पक्राउ गरेको हो । उनीहरुले ढलानसम्बन्धी काम सम्पन्न भएपछि उपभोक्ता समितीलाई सिफारिस गरिदिए वापत घुस मागेका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।