कोरोना अपडेट: साढे ४८ हजार जनाकाे मृत्यु, ९ लाख ६१ हजारभन्दा बढी संक्रमित
काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वमा २४ घण्टाको अवधिमा ७४ हजार जनामा देखिएको छ । बिहीबार बेलुकासम्म विश्वभरी ९ लाख ६१ हजार ६ सय ३५ जना कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ६८ जना मानिसको मृत्यु भएको छ । हालसम्म ४८ हजार ७ सय ७० जनाको कोरोना भाइरसको कारण मृत्यु भईसकेको छ । बुधबार बेलुकासम्म ४४ हजार ३ सय २ जनाको मृत्यु भएको थियो । पछिल्लो समय कोरोना भाइरसको उच्च संक्रमणमा अमेरिका रहेको छ । अमेरिकामा २ लाख १५ हजारभन्दा बढी नागरिक कोरोना संक्रमित भएका छन् भने ५ हजार १ सय १३ जनाको हालसम्म मृत्यु भएको छ । उपचारपछि ८ हजार ८ सय ७८ जना घर फर्किएका छन् । कोरोना भाइरसबाट उच्च दर मृत्यु हुने राष्ट्रहरु इटाली, स्पेनमा पछिल्लो २४ घण्टाको अवधिका करिब ८ सयजनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार १ सय ११ जना पुगेको छ भने स्पेनमा १० हजार ३ जनाको मृत्यु भइसकेको छ । इटाली र स्पेनमा संक्रमितको संख्या उस्तै रहेको छ । हालसम्म यी दुवै देशमा १ लाख १० हजारभन्दा बढी संक्रमित छन् । भने उपचार पछि स्पेनका २६ हजारभन्दा बढी नागरिक र इटालीका १६ हजार ८ सय भन्दाबढी घर फर्किएका छन् । त्यस्तै पछिल्लो २४ घण्टाभित्र चीनमा ६ जनाको मृत्यु भएको छ भने ९० जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म कोरोनाबाट ३ हजार ३ सय १८ जनाको मृत्यु भएको छ भने ८३ हजार १ सय ८५ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् । त्यस्तै ७६ हजार भन्दाबढी उपचार पछि घर फर्किएका छन् । युरोपेली राष्ट्रहरुमा पछिल्लो समय कोरोनाको संक्रमण उच्च मात्रामा फैलिएको छ । पछिल्लो समय जर्मनी ९ सय ५९ जनाको मृत्यु भएको छ । फ्रान्समा ४ हजार ३२ जना, इरानमा ३ हजार १ सय ६०, बेलायतमा २ हजार ३ सय ५२, स्वीट्जरल्याण्डमा ५ सय ५ जना, टर्कीमा २ सय ७७, बेल्जियममा १ हजार ११ जना, नेदरल्याण्डमा १ हजार ३ सय ३९ जना, अस्ट्रियामा १ सय ५८ जनाको मृत्यु भएको छ भने यी देशहरुमा १० हजारदेखि ८० हजार जनासम्म संक्रमित रहेका छन् । १० हजार भन्दा कम र ५ हजारभन्दा बढी नागरिकलाई कोरोना भाइरस संक्रमित राष्ट्र दक्षिण कोरिया १ सय ६९ जनाको मृत्यु भएको छ । त्यस्तै क्यानडामा १ सय २९, पोर्चुगलमा २ सय ९, ब्राजिलमा २ सय ४६, इजराइल ३३ जना, स्वडेनमा २ सय ८२ जना, अस्ट्रेलियामा २५, नर्वेमा ४६जनाको मृत्यु भएको छ । पछिल्लो समय नेपालमा ६ जनामा कोरोना देखिएको छ । जसमा ३ पुरुष र ३ महिलामा काेराेना देखिएकाे थियाे भने एकजना पुरुषलाई निको भएर घर फर्किसकेकाे अवस्था रहेकाे छ । पछिल्लाे समय विश्वकाे १ सय ९०भन्दा बढी मुलुकमा काेराेना भाइरस फैलिसकेकाे छ ।
सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क निःशुल्क पाईने
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म सस्तोडिलसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निःशुल्क पाउनेछन् । हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी सस्तोडिलले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ । यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ । यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट भुक्तानी गर्न सक्नेछन् । साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क निस्शुल्क उपलब्ध गराउने छ । जसकाे लागि सेलपेको ग्राहकहरुले सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत क्यिुआर कोड स्क्यान गरी भुक्तानी गरेमा १० थान मास्क निःशुल्क पाउनेछन् ।
वर्दियाको गेरुवा गाउँपालिकाको कोरोना कोषमा हरपल फुड्सले एक लाख सहयोग गर्ने
काठमाडौं । हरपल फड्स प्रा.लि.ले वर्दियाको गेरुवा गाउँपालिकाको कोरोना कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गर्ने भएको छ । अध्यक्ष जनक बहादुर धामीले उक्त गाउपालिकाको स्थानीय राहत कोषमा सो रकम जम्मा गरेका हुन् । उक्त राहत कोष कोरोना कोभिड १९ भाइरसले बिश्वमा आक्रान्त मच्चाइरहेको बेला बर्दिया जिल्ला क्षेत्र नं. २ अन्तर्गतकाे गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले स्थानीय सरकारको दायित्व र जिम्मेवारी बोध गरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि थालनी गरेको स्थानीय निकाय अभियान हो ।