ओलीले अभिनय गर्ने पहिलो चलचित्र, यसरी हुदैँछ सुटिङ (फोटोफिचर)
काठमाडौं । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण भैरहेको फिल्म ‘नमेटिने घाउ’ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाका अध्यक्ष केपी शर्मा ओलीले अभिनय गरेका छन् । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाइएको छ । ‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा छन् । साथै फिल्ममा पूर्व प्रधानमन्त्री एवम नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र सासद ज्ञानेन्द्र शाही को पनि अभिनय रहेको छ ।
काठमाडौं आइपुगे कतारका राजा अमिर (तस्बिरहरू)
काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आईपुगेका छन् । उनी दुईदिने भ्रमणको लागि मंगलबार नेपाल आएका हुन् । पहिलोपटक कतारका राजा नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी राजाको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । पश्चिम एशियाको महत्वपूर्ण शक्ति राष्ट्रको प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।