डुबान, बाढी पहिरोको वितण्डा, हेर्नुहोस् तस्विरहरु

काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाले देशभर मानवीय र भौतिक क्षति पुर्याएको छ । मधेश प्रदेश डुबानमा परेकाे छ । इलाममा पहिराे खस्दा मानवीय क्षति हुँदा कोशी प्रदेश सोकमा छ ।  अविरल वर्षाका कारण आएको बाढीले पूर्वतर्फ व्यापक क्षति पुर्याएको देखिन्छ ।  हेर्नुहोस् तस्वीरहरु फोटो स्रोत: रासस  

बाई बाई काठमाडौं, ह्याप्पी दसैं (तस्बिरहरु)

काठमाडौं । नेपालीहरूको महान पर्व विजया दशमीको लागि घर जानेहरूको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरूको आइतबार बिहानैदेखि उल्लेख्य भीड छ । काठमाडौंको कलंकी, कोटेश्वर, बालाजु लगायतका नाकाहरूबाट बाहिरी जिल्ला जानेहरू बिहानैदेखि सडकमा उभिएका थिए ।  दशैँ, तिहार लगायतका पर्वहरू मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने, अध्ययन गर्नेहरू फर्किरहेका छन् । जसकारण पनि काठमाडौंमा सवारी ट्राफिक कम हुँदै गएको छ । केही सडकखण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरू अलपत्र परेका छन् । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरूको गुनासो छ । दशैँ मनाउन घर जान हिँडेका नागरिकहरूको तस्बिर आजको फोटो फिचरमा । 

चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालनमा (फोटो फिचर)

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्तालाई चाडपर्वमा सहुलियत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । प्रत्येक वर्षजस्तै यस वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनमा आएको हो । सुपथ मूल्य पसलमार्फत उपभोक्ताले चामल, गहुँ, दाल, केराउमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाउनेछन् । त्यस्तै, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, चिउरा, आटा, पिठो, मैदा, चियापत्ती, जिरा, धनियाँलगायत मसला पदार्थमा प्रतिकेजी सात रुपैयाँ छुट दिइएको छ । तेलमा प्रतिलिटर सात रुपैयाँ छुट रहेको छ भने सिमी, फापर, मार्सी र बासमती चामलमा प्रतिकेजी १० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ ।