हरिबोधनी एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं । हरिबोधनी एकादशी मनाउन काठमाडौंको बुढानीलकण्ठमा मंगलबार भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि बुढानीलकण्ठमा भक्तजनहरूको भीड देख्न सकिन्छ । भगवान नारायणको पूजा, उपासना गरी तुलसी र दामोदरको विवाह गरेर हरिबोधनी एकादशी मनाउने गरिन्छ । आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथलगायतमा विशेष मेला लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।      

बलम्बुमा महालक्ष्मी जात्रा सुरु (फोटो फिचर)

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ । बलम्बु महालक्ष्मी जात्रा काठमाडौं उपत्यकाको प्राचिन र महत्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन् । बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात ‘मुः’ अष्टमीबाट सुरु हुन्छ । छ्वयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकारहरू छोयला, तखाः (थलथले), यला (रक्सी) लगायतका परिकार बनाउँछन् । पाहुना बोलाएर खुवाउँछन् । उपत्यकामा जहाँ–जहाँ जात्रा हुन्छ, त्यस बखत आफन्त बोलाएर खुवाउने प्रचलन रहिआएको छ । आजको फोटो फिचरमा महालक्ष्मी जात्रासम्बन्धी तस्बिरहरु ।  

सांसद अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइयो (तस्बिरहरू)

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । आइतबार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो । मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उनलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो । जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराइ आफूसँग असम्बन्धित मानिसहरू लिएर गएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।