एक वर्षमा शाहरुखले ९२ करोड र विराटले ६६ करोड भारू कर तिरे, यी हुन् बढी कर तिर्ने टप भारतीय सेलिब्रेटी
काठमाडौं । भारतमा सन् २०२४ मा सबैभन्दा बढी आयकर तिर्ने सेलिब्रिटीहरूको सूची सार्वजनिक भएको छ । सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी आयकर तिर्नेमा अभिनेता शाहरुख खान शीर्ष स्थानमा छन् । शाहरुखले ९२ करोड रुपैयाँ कर तिरेको दिएफर्च्युन इन्डियाको प्रतिवेदनले देखाएको छ । शाहरुखपछि धेरै कर तिर्नेमा विजय, सलमान खान र अमिताभ बच्चनजस्ता कलाकारहरू छन् । आफ्नो राजनीतिक यात्रा सुरु गर्ने संघारमा रहेका विजयले ८० करोड रुपैयाँ कर तिरेका छन् भने पछिल्लो पटक टाइगर-३ मा देखिएका सलमान खानले ७५ करोड रुपैयाँ तिरेका छन् । अमिताभ बच्चनले ७१ करोड भारु कर तिरेका छन् । यस्तै, भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रिटी क्रिकेटर विराट कोहली हुन्, उनले ६६ करोड रुपैयाँ तिरेका छन् । सूचीमा अर्को अभिनेता अजय देवगन छन्, जसले ४२ करोड भारु कर तिरेका छन् । उनीपछि रणवीर कपुरले ३६ करोड रुपैयाँ कर तिरेका छन् । ऋतिक रोशन र कपिल शर्माले क्रमशः २८ करोड र २६ करोड कर तिरेका छन् । पछिल्लो पटक क्रुमा देखिएकी करीना कपुरले २० करोड भारु कर तिरिन् भने उनका श्रीमान् अभिनेता सैफ अली खान यस सूचीमा छैनन् । शाहिद कपूरले १४ करोड भारु तिरेका छन् । कियारा आडवाणीले १२ करोड रुपैयाँ तिरिन् । त्यसपछि अभिनेत्री क्याट्रिना कैफ र अभिनेता पंकज त्रिपाठी, जसले ११/११ करोड रुपैयाँ कर तिरेका छन् । यसअघि यस्ता धेरै लिस्टमा देखा परेका अक्षय कुमार यस वर्ष उक्त सूचीमा छैनन् । सन् २०२२ मा अक्षय कुमारले देशको ‘सबैभन्दा बढी कर तिरेकोमा आयकर विभागबाट सम्मान पत्र पाएका थिए । एजेन्सीकाे सहयाेगमा
छक्का पन्जा ५सँगको सहकार्यमा भिबोनले ल्यायो छैन जाल झेल योजना
काठमाडौं । भिबोन कुर्सीले दशै, तिहार र छठको अवसर पारेर कलाकार दिपक राज गिरी र दिपाश्री निरौलालाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ । साथै भिबोन र छक्का पन्जा ५ को सहकार्यमा छैन जाल झेल योजना पनि सार्वजनिक गरेको छ । यसयोजनाबाट सबैलाई मौकाको फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ । भिबोनको प्रिमियम फाइबर कुर्सी किउ ६ थानको खरिदमा भिबोनको टबेल र छाता सितैमा दिनेछ । उक्त योजना नेपालभरीका डिलरहरूमा उपलब्ध हुने छ भने सीमित अवधिका लागि मात्रै रहेको कम्पीको भनाइ छ ।
चलचित्र विकास बोर्डको अध्यक्ष बने दिनेस डिसी
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा (एमाले) निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवं चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् ।