रन्जना ट्रेड सेन्टरले बिक्रीमा राख्यो तीनवटै सिनेमा हल, मासिक १५ लाख रुपैयाँ भाडा

काठमाडौं । रन्जना ट्रेड सेन्टर प्रालिले सिनेमा हल बिक्रीमा राखेको छ । काठमाडौंको न्यरोडस्थित रहेको रन्जना ट्रेड सेन्टरले आफ्ना तीन वटा सिनेमा हल भाडामा बिक्री गर्ने भएको हो । रन्जना सिनेप्लेक्स प्रालिको सञ्चालक समितिको निर्णय बमोजिम रन्जना ट्रेड सेन्टर भवनमा रहेका ३ वटा सिनेमा हल भाडामा दिने भएको हो । भाडामा लिई संचालन गर्न ईच्छुक कम्पनीले १५ दिनभित्र गोप्य शिलवन्दी बोलपत्र पेस गर्न आग्रह गरेको छ । उक्त तीनवटा हल रन्जना ट्रेड सेन्टर भवनको पाँचौं र छैटौं तल्लामा छन् । कम्पनीका अनुसार हल नं. १ को सिट क्षमता २५१, हल नं. २ को सिट क्षमता ११८ र हल नं. ३ को सिट क्षमता १६४ रहेको छ । हलको न्यूनमत मासिक भाडा १५ लाख रुपैयाँ तोकिएको छ । साथै हल जे जस्तो अवस्थामा छ, सोही अवस्थामा भाडामा लगाइने कम्पनीले जनाएको छ । रितपूर्वक प्राप्त बोलपत्र १६औँ दिनको १२ बजेसम्म खोलिने छ । मासिक भाडा रकमको १० प्रतिशत प्रतिशनले हुन आउने रकम रन्जना सिनेप्लेक्स प्रालिको नाममा रहेको प्रभु बैंकमा जम्मा गर्नुपर्नेछ । साथै कम्पनीले भूमिगत तल्ला १ र तल्ला २ मा रहेको पार्किङ पनि भाडामा दिने भएको छ । उक्त सवारी पार्किङस्थल मासिक १५ लाख रुपैयाँमा भाडामा दिने भएको हो ।

सलमान खानलाई मार्न २५ लाखको सुपारी

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई मार्न २५ लाखकाे सुपारी दिइएकाे खुलेको छ । खानको घरमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको नवी मुम्बई प्रहरीले लरेन्स समूहले उनलाई मार्न २५ लाखमा सम्झौता भएकाे खुलासा गरेको हो । यस घटनामा पक्राउ परका लरेन्स गिरोहका ५ जना अभियुक्तविरूद्ध प्रहरीले मुद्दा दायर गरेको छ । यी अभियुक्तहरू सलमानमाथि आक्रमण गर्न पाकिस्तानबाट एके–४७ राइफल, एके–९२ राइफल र एम–१६ राइफल किन्ने तयारीमा थिए । यस बाहेक उनीहरूले जिगाना पेस्तोल पनि लिन खोजेका थिए, जसबाट पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या भएको थियो । साथै, सलमानलाई नाबालिगको हातबाट आक्रमण गराउने तयारीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ । त्यसका लागि नाबालिगसहित ६० देखि ७० सम्मको समूह आउने तयारी थियो । आक्रमणपछि उनीहरूको योजना कन्याकुमारीबाट डुंगा चढेर श्रीलंका जाने योजना रहेको खुलेको प्रहरीको भनाइ छ । प्रहरीले दायर गरेको आरोपपत्रमा सलमानको हत्याका लागि १८ वर्ष मुनिका केटाहरूलाई काममा लिएको आरोप लगाएको छ । प्रहरीले सबै गोली हान्नेहरू गोल्डी बरार र अनमोल बिश्नोईको आदेशको पर्खाइमा रहेको पनि बताएको छ । आदेश पाएलगत्तै उनले पाकिस्तानबाट ल्याइएको आधुनिक हतियार प्रयोग गरेर सलमानमाथि हमला गर्ने तयारीमा थिए । यी सबै शूटरहरू पुणे, रायगढ, नवी मुम्बई, ठाणे र गुजरातमा लुकेका थिए । एजेन्सी

फेसियल हाउसले पायो ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

काठमाडौं । युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो । लि–डिभाइनले बिहीबार काठमाडौंको लाजिम्पाटस्थित होटेल र्याडिसनमा आयोजना गरेको भव्य समारोहकाबीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, नेपाली चलचित्रका नायक भुवन केसी र भारतकी प्रख्यात अभिनेत्री एवम् राजनीतिज्ञ जया प्रदालगायतले सो अवार्ड फेसियल हाउसलाई हस्तान्तरण गरेका हुन् । जया प्रदा भारतको चलचित्र उद्योग र राजनीतिमा सफल व्यक्तिका रूपमा परिचित छिन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ व्युटिसियन सुष्मा महराको अनुपस्थितिमा सो अवार्ड फेसियल आउसका प्रबन्धक वीरेन तामाङले ग्रहण गरेका थिए । लि–डिभाइनले ‘इन्डो–नेपाल ह्वेयर कल्चर कम्स एलाइभ’ नाराका साथ ‘कल्चरल फेस्टा’ नाम दिएर छैठौँ संस्करणको इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४ आयोजना गरेको हो । कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले प्रस्तुत गरेको थियो ।