मध्यपूर्वको शीर्ष ३० शेफमा छनोट भए नेपाली युवा राहुल श्रेष्ठ

काठमाडौं । नेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्व क्षेत्रमा ३० वर्ष मुनिका शीर्ष ३० शेफमा छनोट भएका छन् । क्याटरर मिडल इष्टले ३० वर्ष वा सोभन्दा कम उमेरका ३० माथि आउने शेफहरूको सूची सार्वजनिक गर्दा नेपाली युवा राहुल श्रेष्ठ पनि परेका हुन् । २८ वर्षीय राहुल चितवन कोइ प्रालिका सञ्चालक व्यवसायी राजेशबाबु श्रेष्ठका छोरा हुन् । उनी हाल ब्यागेटेल दुबईमा सु शेफका रुपमा कार्यरत छन् । क्याटरर मिडल इष्टका अनुसार यो सूचीले कनिष्ठ शेफहरूदेखि रेस्टुरेन्टहरू, महाप्रबन्धकहरू र यस क्षेत्रका केही सबैभन्दा सम्मानित प्रतिष्ठानहरूमा कार्यकारी शेफहरूसम्मका विभिन्न व्यक्तिहरूलाई समेट्ने गर्दछ । क्याटरर मिडल इष्टले प्रत्येक वर्ष छनोट गर्ने त्यस क्षेत्रका सबैभन्दा प्रतिभाशाली र कडा परिश्रम गर्ने एफ एन्ड बी पेशेवरहरूमध्ये उत्कृष्ठ ३० जनाको नाम छनोट गर्दै आएको छ ।

सागर बाबुको गिति संग्रह ‘तृष्णा’ लोकार्पण

काठमाडौं । बुद्धिसागर लामिछाने (सागर बाबु)को गिति संग्रह ‘तृष्णा’ लोकार्पण भएको छ । सागर बाबुको एकल शब्द रहेको गिति संग्रह ‘तृष्णा’ असार १६ गते बिहीबार सांस्कृतिक संस्थान, जमल काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो । गिति संग्रह तृष्णामा ९ वटा गितहरु रहेका छन् । गिति संग्रहमा शब्द सर्जक सागर बाबु, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिला बिष्ट, विपिन घिमिरे, सुगमा गौतम, ममता गुरुङ, शाम्भवी लामिछाने र विमर्श घिमिरेको स्वर रहेको छ । गिति संग्रहमा विपिन घिमिरेको संगित रहेको छ भने संगित संयोजनमा विकास सुनार, पुरुषोत्तम सुवेदी, विजय थापा र सञ्जय श्रीपाल रहेका छन् । टुकी आर्टस द्वारा प्रस्तुत गरिएको गिति संग्रहका गितहरु हाइलाइट्स नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । संग्रहमा सामाजिक, पारिवारिक र राष्ट्रिय भावनाले ओतप्रोत गितहरु रहेका छन् । गिति संग्रहका सर्जक सागर बाबु नेपाल सरकारको सहसचिवको रुपमा कार्यरत समेत रहेका छन् । गित संगित क्षेत्रमा उनको यो पहिलो सार्वजनिक प्रस्तुती हो ।

चाहेर होस् या नचाहेर, स्वीकार्नै पर्ने सत्य हो ‘चिसो मान्छे’

काठमाडौं । चाहेर होस् या नचाहेर, स्वीकार्नै पर्ने सत्य हो चलचित्र ‘चिसो मान्छे’ । जसले हाम्रो मुलुकको राजधानीबाट दुर रहेको सुदुरको कथा थोरै तर हुबहु उतारेको छ । थोरै पात्र र धेरै लामो दुरि समेटेर बनाइएको उक्त चलचित्र नेपाली सिनेमाले खोजेको एक मीठो कोसेली हो । भोलिका दिनमा सिनेमार्केटलाई चिसो मान्छेले हल्लाउन नसक्ला,सोसल मिडियाको भाइरल कन्टेन्ट बन्न नसक्ला, चिसो मान्छेका मुख्य पात्रलाई सबैले चिन्न नसक्लान् । तर उक्त चलचित्र हेर्ने दर्शकले चिसो मान्छेलाई अलग्गै किसिमले व्याख्या गर्ने छन् । के उतारेको छैन र चिसो मान्छेले ? चिसो मान्छेले परदेशदेखि घरदेशसम्मको कथा पर्दामा उतारेको छ । विधवादेखि विदुरसम्मको पीडा उतारेको छ । बाकसमा थुनिएको चिसो लासमाथि हुने भष्ट्रचार उतारेको छ, लासमाथि खेलिने राजनीति उतारेको छ । सुदुरपश्चिममा गरिने जातिय विभेदलाई उतारेको छ (डुम्) । एक विधवाले एक विदुरको आँखा पढिसकेपछि, यो समय यहि रोक्कियोस् भन्दै गर्दा मलाई कविजीको एउटा लाइन बारम्बार मगजमा खेलिरह्यो । ‘तिमी आँखा खोलेर निदाउन सक्दैनौं, मलाई पढ्नु छ तिम्रा आँखा के भन्न चाहन्छन् भनि ।’ कथाले जे माग्यो, जस्तो माग्यो त्यस्तै रूपमा प्रस्तुत भैदिने कलाकार क्या कलाकार । भाषा, भूगोल अनि कथा नै फरक पर्दा पनि कत्ति मज्जाले भूमिका निभाउनुभयो । पुरै मुभि हेरेपछि यति भन्न कन्जुस्याइँ गर्न सकिन्न ‘पूर्वकी स्वास्तिमाले पश्चिमी भाषालाई न्याय दिएकी छिन् ।’