पि सिङको कला पदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न
काठमाडौं । पि सिङको कला पदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न भएको छ । काठमाडौंको तारागाउँ म्युजियममा १४ अगस्टबाट शुरु भएको सो पर्दशनी मंगलबार सम्पन्न भएको हो । पदर्शनीमा पि सिङका २५ वटा विभिन्न प्रकारका चित्रकलाहरु राखिएको थियो भने उनको छोरी रोश्ल्यान सिङको ५ वटा चित्रकला रहेका थिए । पि सिङको नेपालमा दोस्रो पटकको चित्रकला पदर्शनी हो । खानेकुरा, नेपाली पहिचान, प्रकृति, शहर र महिलाहरुको विभिन्न भूमिकाको प्रस्तुती झल्किने कलाकृतिहरु पदर्शनीमा शमावेश गरिएको थियो । पदर्शनीमा राखिएका मध्ये ७ वटा कलाकृति बिक्री भएको आर्टिस्ट पी सिङले बताए । पेशाले सफ्टवेयर इन्जिनियर रहेका पि सिङ डेढ दशक भन्दा लामो समयदेखि बेलायतमा बस्दै आएका छन् । उनले पेशाको रुपमा नभएर आफ्नो सोंखको रुपमा चित्र बनाउने काम गर्दै आएका छन् । अहिलेसम्म ६० वटा कलाकृति बनाएको उनको भनाइ छ । सिङले अहिलेसम्म ४ वटा पदर्शनी गरिसकेका छन् । बेलायतमा ‘नेपाल यात्रा’को नामबाट पहिलो पदर्शनी शुरु गरेका सिङको ‘भ्रमण २०२२’ चौथो पदर्शनी हो । आफ्नो कला पदर्शनीको मुख्य उद्देश्य नेपालको गर्नु रहेको उनको भनाइ छ । यसपटक नेपालमा गरेको पदर्शनीबाट आफु निकै उत्साहित भएको बताउँदै उनले आगामी दिनमा थप विस्तारित स्वरुपको पदर्शनी गर्न आफु इच्छुक रहेको बताए । सिङको कलाकृति पदर्शनी कार्यक्रम ‘भ्रमण २०२२’ को आयोजना सेन्टर नेप्लिज कल्चरले गरेको थियो । पदर्शनीमा ३ सय भन्दा धेरै व्यक्तिले अवलोकन गरेको संस्थाका अध्यक्ष निर्मलकुमार थापाले बताए । बिक्रीको उद्देश्य पदर्शनीमा मुख्य नरहेकाले तुलनात्मक रुपमा सफल भएको थापाको भनाई छ ।
परिक्षा हलमै धमाधम टिकटक बनाउन थालेपछि…
काठमाडौं । साउन २८ अर्थात् गत शनिबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लागि परीक्षा लिइरहेको थियो । परीक्षा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको त्रिभुवन मा. वि.,बोराडाँडीमा भइरहेको थियो । परीक्षा हलमा सबै विद्यार्थीहरू लेख्नमै व्यस्त थिए । परीक्षा केन्द्रमा परीक्षार्थी संकेत नम्बर २०००८५०७, रोल नम्बर नम्बर ३८७२००३१२३ का परीक्षार्थी विनोद कुमार बम्म भने टिकटक बनाउन व्यस्त थिए । उनले टीककट बनाएको कसैले सुइको समेत पाएनन् । तर, जब उनले त्यो भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे त्यसपछि भिडियो भाइरल बन्यो । उनले परीक्षाको मर्यादा विपरित प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडीयो बनाई सामाजिक सञ्जालमा राखेको पाइएको हुँदा शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २६को उपनियम (१) अनुसार निजको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो दुईवर्ष सम्म आयोगबाट सञ्चालन गरीने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्प्रर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको छ । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा भिडियो पोष्ट गर्नकै लागि विद्यार्थीहरुले कक्षा कोठामा पनि भिडियो बनाउन थालेका छन् । भिडियो भाइरल हुन सक्ने रहरले उनीहरुले नियम विपरित भिडियो बनाइरहेका हुन्छन् ।
शिवम् सिमेन्ट र षट्कोण आर्टसले सहकार्य गर्ने
काठमाडाैं । शिवम् सिमेन्ट र षट्कोण आर्टसबीचमा नेपाली कथानक चलचित्र महापुरुषका लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्न सम्झाैता भएकाे छ । उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट, केपि रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो । यस्तै षट्कोण आर्टसकाे तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो । कात्तिक ११ मा रिलिज हुन गइरहेको उक्त चलचित्रमा मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरु रहेका छन् र चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका छन् । शिवम् सिमेन्टले आफुप्रतिको भरोसालाई मजबुत पार्दै विभिन्न क्षेत्रहरमा जस्तै, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।