गायक प्रमोद खरेलको स्वरमा ‘धोकेबाज’ गीत सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । दिपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शान थापको निर्देशन र राजिव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

गायिका वसन्ता प्रकृतिको ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ गीत सार्वजनिक

काठमाडौं । गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’ गीत सार्वजनिक भएको छ । राजनराज सिवाकोटीले वसन्तालाई स्वरमा साथ दिएको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा…’को भिडियो सार्वजनिक भएको हो । वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ गीत रहेको थियो । डा. राजुबाबु श्रेष्ठको शब्द, राजनको कम्पोज, आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन् । गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । गीतलाई प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।हेर्नुहाेस भिडियाे

गायिका इन्दिरा तिवारीको ‘हल्का हल्का गुनगुनायो…’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायिका इन्दिरा तिवारीको स्वरमा रहेको ‘हल्का हल्का गुनगुनायो…’ गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङ÷माष्टरिङ गरेका छन् । निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ मुस्ताङ् र वरपरका सुन्दर दृष्य समेटिएको गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोमा बुद्ध थापाको छायांकन र सुरेश काफ्लेको ड्रोन रहेको छ । हेर्नुहाेस भिडियाे