प्रतिभा प्रस्तुत गर्ने माध्यम ‘द ट्यालेन्ट’ शाे संचालनमा

काठमाडौं । आफ्नो प्रतिभा प्रस्तुत गर्न सकिने रियालिटी शो कार्यक्रम ‘द ट्यालेन्ट’को शुरुवात भएको छ । “म भित्रको म” स्लेगन रहेको यस कार्यक्रममा हरेक व्यक्तिभित्र रहेका हरेक प्रतिभाहरु प्रस्तुत गर्न सकिने छ । कार्यक्रम यहि जेठ १७ गतेबाट सञ्चालनमा आएको हो कस्मिक मिडिया प्रा.लिद्धारा सञ्चालित कस्मिक टिभि मा प्रसारण हुनेछ । अनलाईन प्रसारित कस्मिक टिभि साथै कस्मिक मिडियाको युट्युब च्यानलबाट कार्यक्रम हेर्न सकिने मिडियाका सञ्चालक रमेश पोखरेलले बताए । विश्व माहामारीको रुपमा रहेको कोभिड १९ को यस समयमा सबै व्यक्तिहरु घरमा नै बन्दा बन्दीमा रहेको हुँदा, यस्तो अवस्थामा घरमा बसिरहदाको समयलाई सदुपयोग गर्न पनि यो कार्यक्रमले सहयोग गर्ने पोखरेलको भनाई छ । यो कार्यक्रममा आफ्नो प्रतिभा आफैले रेकर्ड गरेर पठाउनु पर्ने हुनाले पनि सहभागिता जनाउन सजिलो भएको उनको भनाई छ । सहभागीले आफुले रेकर्ड गरेको आफ्नो कला प्रतिभा [email protected] र कस्मिक मिडियाको फेसबुक म्यासेन्जरमा पठाउन सकिने व्यवस्था छ । कार्यक्रमले बन्दाबन्दीको समयको सदुपयोग, प्रतिभा प्रस्तु्त साथै मानसिक तनाव समेत कम हुने कार्यक्रम संचालक पोखरेलको भनाई छ । मानिसभित्र रहेको प्रतिभाहरु गित, नाच, कविता, गजल, भाषण, कमेडि लगायत विभिन्न कलालाई यस कार्यक्रममा प्रस्तुत गर्न सकिनेछ । यस ‘द ट्यालेन्ट’ कार्यक्रमले देश विदेशको हरेक ठाउँमा रहेका व्यक्तिहरुको कलालाई समेट्ने प्रयास गरेको छ । कार्यक्रममा ५ वर्षभन्दा माथिका सबैले सहभागीता जनाउन सक्ने सञ्चालकको भनाई छ । सहभागीले जेठ १७ गते बाट १ महिना सम्ममा भिडियो पठाई सक्नु पर्नेछ । एक जनाले जम्मा ३ देखी ५ वटासम्म भिडियो पठाउन पाउनेछन् , एकै जनाको गित, कविता, नाच ,भाषण, जोक्स फरक फरक पठाउन पनि पाइनेछ । साथै कोभिड १९ लार्ई मध्यनजर गरी कार्यक्रममा सहभागी हुने समय थप पनि गर्न सकिने सञ्चालकको भनाई छ ।  कार्यक्रममा सहभागीे भिडियोकोे कमेन्ट, भ्यूजको अधारमा ६० प्रतिशत र सञ्चालक टिमको तर्फबाट ४० प्रतिशत गरेर जम्मा १०० प्रतिशत गरी मुल्यंकनबाट बिजेता छानिनेछ । बिजेता को नाम अनलाईन , फेसबुक र समाचारहरुबाट सर्वजनिक गरिनेछ र बिजेतालाई बन्दा बन्दीको अवश्था सामान्य भएपछि मिडियाको कार्यालय बागबजारमा उपस्थित गराई एक कार्यक्रमका बीच पुरस्कृत गरीने सञ्चालक पोखरेलले जानकारी दिए । बिजेतालाई नगद पु्रस्कार सहित प्रमाणपत्र साथै आगामी दिनमा मिडिया क्षेत्रमा प्रवेश गर्ने अवसर समेत प्रदान गरीने उनको भनाई छ । कस्मिक मिडियाले यस अघि पनि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । हाल मिडियाले रियालिटि शो द लिडर स्पिच स्टार कार्यक्रम सञ्चालन गराईरहेको उनले जानकारी दिए । द लिडर स्पिच स्टार कार्यक्रमले समाजमा रहेका आवाज खोज्ने र समाज विकास गराउदै देश विकासमा टेवा पुयाउने गर्दछ भने द ट्यालेन्ट कार्यक्रमले हरेक कलाको विकास गराउने पोखरेलको दाबी छ ।

चर्चित भारतीय संगीतकार वाजिद खानको निधन, कोरोनाको आशंका

काठमाडौं । चर्चित भारतीय संगीतकार जोडी साजिद–वाजिद मध्येका वाजिद खानको गए राती निधन भएको छ । उनी साजिद खानका भाई हुन् । भारतीय मिडियाहरुका अनुसार वाजिद खान कोरोना संक्रमित थिए । यद्यपी उनको कोभिड–१९ को टेस्ट रिपोर्ट आइसकेको छैन । उनको परिवारले बताए अनुसार वाजिद खान किड्नीको विरामी थिए र दुई वर्ष अघि ट्रान्सप्लान्ट भएको थियो । केहि समय अघि घाँटीमा इन्फेक्सन भएपछि उनलाई चेंबुरको सुराना अस्पतालमा भर्ना गरिएको थियो । एक हप्ता अघि मात्र वाजिद खानको ‘भाई–भाई’ गीत रिलिज भएको थियो । जसमा सलमान खानको आवाज र अभिनय रहेको छ । उनको मृत्युसँगै सिंगो वलिउड इण्डस्ट्री शोकमा डुवेको छ भने विभिन्न गायक तथा कलाकारहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रमिक वेदना

    चुहिन्छन् पसिना हाम्रा दिनहुँ झरना सरि    खिइन्छन् तनका हड्डी खान पुग्दैन तैपनि !    उज्यालो भुइँमा खस्ता थाल्यो जोतिन काममा    आधा रात हुँदासम्म आराम हुन्न ज्यानमा !!    सधैं असारको पन्ध्र, हुन्न फुर्सदको क्षण    पेट पाल्नै सधैं गाह्रो बढ्दैछ गरिबी झन !    शिक्षा स्वास्थ भए स्वप्न छैनन् पहुँचमा कुनै    न्याय भो कल्पनामात्रै घटेन दासता अझै !!    बढ्छ बजारमा भाउ सेवा वस्तु सबैतिर    बढ्दैन श्रमको मूल्य झाँगिदै जान्छ शोषण !    हाम्रो श्रम डकार्दैछन् ठालुहरू बसीबसी    अवस्था बिग्रदो हाम्रो रातोदिन खटे पनि !!    हाम्रो नाम भजाएर सत्तामा उक्लिए कति    योजना बुनिए लाखौं हाम्रो उन्नतिका पनि !    हाम्रो चर्चा भयो धेरै गोष्ठी भेला जताततै    किन्तु भलाइका निम्ति काम शून्य भए सधैं !!    हाम्रैनिम्ति खुले भन्छन् संघसंस्था धमाधम    छन् रे कानूनका ठेली हाम्रै उन्नति खातिर  !    पक्ष विपक्ष सत्ताका भिडन्तमा जुटे अरे   कठै! हाम्रो अवस्था यो सुध्रिएन कसै गरे !!                                      पोकली, ओखलढुंगा