२१ औं शताब्दीले पचाउन नसकेको कला: ‘मैनदानी’

काठमाडौं। र्यापर जोजोले बेस्ट र्यापरले अवार्ड पाएसँगै सुरुहुन्छ नाटक ‘मैनदानी ०.३’। असार १३ गते देखी अनामनगरको मण्डला थिएटरमा मन्चन भइरहेको नाटक “मैनदानी 0.८” प्रसिद्ध रुसी साहित्यकार एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ आर्ट’ बाट प्रभावित भएर लेखिएको हो। १ घण्टा १० मिनेटको संयोग गुरागाईंको निर्देशन र परिकल्पनामा बनेको नाटकको पुरा कथा एउटा मैनदानीमा कोरिएको स्त्रीपुरुषको अन्तरंग दृश्यलाई लिएर त्यसैको वरीपरी केन्द्रित भएर घुमेको छ। कला-कलाकारलाई समाजले हेर्ने दृष्‍टिकोण र खोक्रो पत्रकारिताको गर्दै हिँडेका पत्रकारलाई लिएर ब्याङ्ग्य हान्दै बुनिएको कथा हो मैनदानी। एउटा गरीब परिवारका केशव आफ्नो बिरामी आमालाई उपचारमा खर्चमा सहयोग गरेका डाक्टरलाई रातो कपडामा बेरेर उपहारमा एउटा मैनदानी दिन्छन्। भर्खरै भर्खरै डाक्टरले आफ्नो छवीलाई राम्रो बनाउन प्रयास गरिरहेको अवस्थामा उपहारमा यौन लीलामा मग्न स्त्रीपुरुषको खोपिएको चित्र देखेर उनी अत्तिन्छन्। उनी आफुलाई समाजको नजरबाट हेर्न थाल्दछन् र आँफै लज्जित महसुस गरेर उपहारमा पाएको मैन्दानी आफ्ना वकिल साथीलाई दिन जान्छन्। वकिल साथीको सुरुमा कहिले उपहार नदिएको साथीले उपहार दिदा छक्क पर्छन् र मख्ख हुँदै उपहार स्विकार गर्छन्। तर जब खुशीले उनी उपहार खोल्छन् उनी अक्कनबक्क हुन्छन् उसले पनि आफुलाई समाजको नजरबाट हेर्छ र र उपहार राख्न अस्विकार गर्छन्। तर डाक्टर साथीको अनेक ढिपीको कारण उनी मैनदानी राख्न वाध्य हुन्छन्। त्यसपछी स्टेजमा वकिललाई भेट्न र्य्पार जोजो आईपुग्छन्। समाजले अस्विकार गर्ने डरले जोजोलाई वकिलले उक्त मैनदानी दिन्छन्। नाटकमा फरक सोच राख्ने एक मात्र पात्र जोजो खुशी हुँदै मैनदानी लिएर आफ्नो फ्लाट जान्छन्। उनी मुर्तीमा कला देख्छन् तर भर्खरै कन्ट्रोभर्सीबाट बाहिरिएका उनी आफुलाई फेरी त्यही विवादमा नपार्न र समाजको तिखो नजरबाट बच्नलाई अन्त्यमा त्यसलाई अस्विकार गर्छन् र अन्त्यमा सबैले अस्विकार गरेको मैनदानी गएर डाक्टरकै हातमा पर्न जान्छ। यौनबारे हाम्रो समाज कहिले पनि खुलस्त हुनसकेको छैन। यस बिषयमा कोही खुलस्त हुन्छ भने उसलाई छाडा व्यक्तीको ट्याग दिईन्छ। मैनदानीले उठाएको छोटो सोचले ग्रस्त समाज र खोक्रो पत्रकारीता समयसामायिक बिषय हो। हामी बसिरहेको समाज नामको २१ औ शताब्दीमा छ तर व्यवहारमा शायद १८ औं शताब्धी भन्दा कम छैन। समाजमा अझै पनि मानिसहरु यौनलाई लिएर निकै नै नकरात्मक देखिन्छन् तर केवल पर्दा बाहिर। पर्दा भित्र समाजलाई जे गरे नि चल्छ तर पर्दा बाहिर समाज हामीलाई यौनको बिषयको मुख नखोल्न आग्रह गर्छ। उनिहरु यौनको बिषयमा कुरा नगर्नेलाई सभ्य व्यक्तीको ट्याग दिन्छन्। यसकारण पनि धेरै व्यक्तीहरु यस बिषयमा मुख खोल्न लाज मान्छन्, उनीहरुको मनमा सधैं एउटै डर हुन्छ – समाज। लाईक र भ्युजको लागि एुउटा क्यामारा लिएर कलाकारको पछाडी दौडिने र साना साना बिषयलाई लिएर ठुलो विवाद खडा गर्ने पत्रकारहरुलाई नाटकले व्याङग हानेको छ। कलाकारको उतार चढाव आफ्नो हातमा भएको भन्ने सोच भएका केही पत्रकार उनको मेहनतलाई भने चानचुने सम्झने गरेका छन्। कथाले समाजमा भएको कला र अश्लिलता बीचको द्वन्द्व नाटकमा उतारेको छ। नाटकले तपाईलाई १ घण्टा १० मिनेट हँसाइ हँसाई एकपटक हाम्रो सोचलाई प्रश्न गर्न बाध्य बनाउँछ। नाटकको सबैभन्दा सबल पक्ष भनेको कलाकारको भावलाई प्रस्टाउन प्रयोग गरिएको लाईट रहेको छ। यस्तै स्टेजमा हरेक पटक स्थान बद्लिएको अवस्थामा प्रयोग भएका सबै सामानहरुलाई रंगाउन प्रयोग गरिएको कालो र सेतो रंगको संयोजन पनि राम्रैसँग भएको छ। यसले समाजमा साकरात्मक र नकरात्मक दुवै सोच भएका मानिसहरु रहेको भन्ने बुझ्न सकिन्छ। साथै नाटकमा रातो कपडामा बेरिएको मैनदानी, रातो कुर्सी, रातो रंगको लाइटले जोजोको क्रान्तिकारी भाव झल्काउँछ। जोजोले मैनदानी फिर्ता गरेसँगै सबै राता रंगहरु पनि हराएर जान्छन्। यो उनको क्रान्ति भाव प्रति समाजले लगाएको बन्देज हो भन्ने बुझ्न सकिन्छ। सिक्का इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको मैनदानीमा आयान खड्का, विकास पन्त,अंकित खड्का, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता आचार्य, जेनी सुनुवार, रिजन परियार, सागर खाती लगायतका कलाकारहरु अभिनय हेर्न सकिन्छ। साउन ५ गतेसम्म मञ्चन हुने नाटक सोमबार बाहेक हरेक साँझ ५:१५ मा सुरु हुनेछ। निर्माता युनिक केसीका अनुसार शनिबार अतिरिक्त शो दिउसो १ बजे पनि रहनेछ।

सुमित पाठकको पहिलो गीत ‘समाचार’ भिडियो सहित सार्वजनिक

काठमाडौं । नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकको पहिलो गीत ‘समाचार’ सार्वजनिक भएको छ। संगीत कालीप्रसाद बास्कोटाको शब्द तथा सङ्गीत बिहीबार अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । अभिनयमा सुमित पाठकका साथमा शिक्षा सग्रौलालाई देख्न सकिने छ । उक्त भिडियो लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने असीम शाह कृएटिभ डिरेक्टर हुन् । यसअघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् जसबाट उनलाई दर्शकको धेरै माया मिलिरहेको छ । जी २१ डिजिटलको प्रस्तुति यस गीतसँगै सुमित एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन् । भिडियो क्लिक गर्नुहोस्

नेपालको पहिलो स्मार्ट फिल्म सिटी लमजुङमा, ५ अर्ब ९० करोड लागतकाे अनुमान

काठमाडौं । लमजुङ जिल्लाकाे बेसीसहर नगरपालिकामा नेपालको पहिलो स्मार्ट फिल्म सिटी निर्माण हुने भएको छ । ५ हजार रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त फिल्म सिटी, स्काई इन्टरटेन्मेन्ट इन्भेस्कमेन्ट प्रा.लि र नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ (एसआरएल)इटाली कम्पनीबीच सो ‘वर्ल्ड स्काई सिनेभिलेज नेपाल’ निर्माणको लागि सम्झौता भएको छ । उक्त फिल्म सिटी निर्माणका लागि ५ अर्ब ९० करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ । नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्टका सञ्चालक तथा नेपाल चलचित्र उत्पादन संघका अध्यक्ष आकाश अधिकारी र इटालियन नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ एसआरएल कम्पनीका प्रमुख फ्रानसिस्को सिग्रिरियल्लोले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । प्रमुख अतिथि सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले फिल्म सिटी निर्माणको समयमा हुने समस्यालाई सरकारले हल गर्ने प्रतिवद्धता व्यक्त गर्दै फिल्म क्षेत्रमा धेरै विकास गर्ने मन हुँदाहुँदै पनि धन र प्रविधिको कारण पछि परेको बताए । उक्त सिनेसिटी करिब ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकाे मन्त्री बास्काेटाले भने । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा चलचित्र उत्पादन संघका अध्यक्ष तथा स्काई इन्टरटेन्मेन्टका सञ्चालक आकाश अधिकारीले करिब ५ अर्ब ९० करोड रुपैयाँबाट निर्माण कार्य सुरु गर्ने सो प्रोजेक्टका साथै सिनेमा अध्ययनका लागि विद्यालयको पनि स्थापना गर्ने बताए । उनले भने निर्माण हुने सो फिल्म सिटीमा जुनसुकै किसिमका सिनेमाहरुको छायाकंन गर्न सक्ने तथा अन्य देशमा छायाकंनका लागि निर्धारित मूल्यभन्दा कम मूल्यमा संचालन गर्ने याेजना रहेकाे छ । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली सिनेमा क्षेत्रका निर्देशक तथा कलाकार निर शाहले राष्ट्रिय चलचित्र उद्योगको विकासका लागि कसरी अगाडी बढ्नु पर्छ भन्ने कुरा मनन् गर्दै अगाडी बढ्नु पर्ने बताए । शाहले उक्त फिल्म सिटी निर्माणका विषयमा आगामी दिनमा नकारात्मक कुरा भन्दा नि सकारात्मक विषयको चर्चा परिचर्चा सुन्ने अवसर सिर्जना गराउन निर्माण समुहलाई सचेत गराए । बेसीसहर नगरपालिकाका अध्यक्ष गोमानसिंह अर्यालले भने ‘बेसीसहर नगरपालिका वडा ३, ४, ५, ९ मा हुने फिल्म सिटी निर्माणका विषयमा स्थानियस्तरको साथ र समर्थन निर्माण सुरुवातदेखि समापनसम्म हुने छ ।’ अध्यक्ष अर्यालले उक्त ठाँउबाट १४ वटा भन्दा बढी हिमालहरु नजिकबाट अवलोक गर्न सक्नुका साथै इतिहासिक तथा धार्मिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ । नेपालमा पहिलो पटक निर्माण हुने उक्त स्र्माट फिल्म सिटी २ हजार ६० मिटरदेखि २८ सयससम्मको उचाईमा निर्माण भई विश्वकै उच्च स्थानको फिल्म सिटी हुने जानकारी दिएका छन् ।