गायक रमेश श्रेष्ठको ‘टिकटकले डुबायो’ सार्वजनिक, भिडियोमा रक्षा र बले

कठमाडौं ।  गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘टिकटकले डुबायो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका तथा देशैभर हुने मेला महोत्सबमा ब्यस्त गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘टिकटकले डुबायो’भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द र चर्चित तथा ब्यस्त संगीतकार शंकर थापा स्माइलको संगीत रहेको छ । म्युजिक भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने कोरियोग्राफी गम्बिर बिष्टको रहेको छ । भिडियोलाइ निर्देशक सुब्रत राज आचार्यले आकर्षक ढंगले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा भद्रगोल टेलिचलचित्रका चर्चित पात्र सागर लम्साल (बले) तथा मोडल रक्षा श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियाे हेर्न  क्लिक गर्नुहाेस् ।  

गायक पुष्कल शर्माको ‘फाटेको मन’ भिडियो सहित सार्वजनिक

काठमाडाैं। प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा भरत प्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ गीतको भिडियो सहित बजारमा आएको छ । गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाजमा सजिएको गीत सार्वजनिक भएको हो । भावनात्मक रुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । भरत कामु मगरको को शब्द तथा भरतप्रसाद पाठकको मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन, राजेश कुमारको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतमा आर्यन र अलिशानको अभिनय रहेको छ ।

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त, २५ विद्यार्थीलाई ‘उदय छात्रवृत्ति’ प्रदान

काठमाडौँ । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छिन । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै e2o गाडीको चाबी खतिवडालाई प्रदान गरे । e2o गाडी वातावरण मैत्री विद्युतीय गाडी हो । अग्नि इन्कर्पोरेटेडका ब्राण्ड एम्बेसडरमा आफु आवद्ध हुन पाएकोमा पूर्व मिस नेपाल खतिवडाले हर्षित हुँदै आफु निकै खुशी भएको बताइन् । अग्नि इन्कर्पोरेटेडले बिगत तीन बर्षदेखी महिन्द्रा बोलेरो पिकअप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना बोलेरो पिकअप ग्राहकहरुका एसइई दिएर बसेका उत्कृष्ट २५ छोराछोरीहरुलाई जनही २५ हजारका दरले ‘उदय छात्रवृत्ति’ पुरस्कार र प्रसंशा पत्र प्रदान गरेको छ । कार्यकारी निर्देशक शर्मा र पूर्व मिस नेपाल खतिवडाले संयुक्त उक्त पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका हुन् । अग्नि फाउन्डेसनबाट २५ हजार राशिको पुरस्कार तथा प्रसंशा पत्र प्राप्त गर्ने सबै बोलेरोका ग्राहकहरुले कार्यक्रममा खुशी व्यक्त गरेका थिए । उक्त कार्यक्रममा विभिन्न संचार संस्थामा आवद्ध पत्रकारहरु, अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा कम्पनी सचिव दुर्गाप्रसाद आचार्य, सहायक निर्देशक वरदान वस्नेत लगायतको उपस्थिति रहेको थियो ।