प्रकाश सपुतकाे नयाँ गीत सार्वजनिक, दिनमै एक लाख भ्यूज

काठमाडौँ । युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ । प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी दर्शकले युट्युवमा यो गीत हेरिसकेका छन् । पहिलो दिन नै गीत भाइरल बनेपछि निर्माण टिम उत्साहित बनेको छ । ‘बोल माया….’, दोहोरी ब्याटलजस्ता दर्जनौं सिर्जनात्मक गीतबाट चर्चामा रहेका सपुतले यस गीतलाई पनि दर्शकहरुले अत्याधिक मन पराउने विश्वास लिएका छन् । यसैगरी, ‘पानको मिसी’, ‘क्यारम माया’लाई जस्ता दर्जन गीतबाट चर्चामा रहेकी गायिका अधिकारीले पनि दर्शकहरुको माया पाउने आशा गरेकी छिन् ।  भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त प्रस्तुति रहेको गीतमा प्रकाश भट्टले निर्देशकीय जादु देखाएका छन् । विष्णु शर्माको सम्पादन, राजेश घिमिरेको छायाँकन रहेको गीतमा अहिलेका चर्चित संगीतकार आशिष अविरलले संगीत संयोजन गरेका छन् । भिडियाे हेर्न तल  क्विलक  गर्नुहाेस् ।  

आँचल शर्मा र सागर लम्साल (बले) को ‘मायाँ पिरती’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौं । आँचल शर्मा र सागर लम्सालको नयाँ गीत ‘मायाँ पिरती’ सार्वजनिक भएको छ । तिलक बस्नेत र मोलिशा आलेमगरको स्वरमा रहेको ‘मायाँ पिरती’ को संगीत तथा रचना तिलक बस्नेत कै रहेको छ । म्युजिक भिडियोको साथमा चर्चित टेलि शिरियल भद्रगोलका पात्र सागर लम्साल (बले) र नायिका आँचल शर्मा तथा सुनिल तामाङ्गको अभिनय रहेको छ । भिडियोको ग्राफी अर्जुन तिवारीले गरेका हुन् , भने भिडियो इडिट्ट सुप्रिम पराजुलीको रहेको थियो । नेपालको म्युजिक क्षेत्र तथा पुराएको प्रभावको सकारात्मक रहेको जनाएका छन् ।

निर्माता सरिता राईको ‘भुई फूल’ उद्घाट

काठमाडौं । भुमेथान फिल्म प्रस्तुतीमा सरिता राईको ‘भुईफूल’ उद्घाटन भएको छ । नेत्र छन्त्यालको निर्देशन र निर्माता उर्मिला बान्तवा राईको उत्पादनमा सो फिल्म आइतबार बागबजारको हेल्लो क्याफेमा उद्घाटन गरेका हुन् । उक्त फिल्ममा प्रमुख भुमिका गोविन्द ‘प्रभात’, तुलसा थापा, दिपेन्द्र सिंह दर्नाल, चन्द्रा राई, मनोजकुमार भेटवाल, विक्रम क्षेत्री, कुमार सुब्बा, घनश्याम जोशी, सन्ध्या स्र्यातान, पुर्णिमा लामाका साथमा नरेश खड्का अभिनय रहेको छ । विनय पौडेलको सह निर्देशनमा गीत गणेश सुवेदी र संगीत रमेश खड्काको रहेको छ । त्यस्तै छाँयाकन रमेश हुमागाई श्रृंगार नन्दा मेन्याङबो लिम्बु र उत्पादन विमल धमलाको रहेको छ भने प्रेस डिजाई सुमिता मादेन ‘मादेन बुटिक धरान’को रहेको छ ।