पहाड–मधेशी जनजीवनमा आधारित : मिता आब कोना चलब

काठमाडौं । पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरी तयार पारिएको नाटक ‘मिता आब कोना चलब ’अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । कलाकार रामभजनका मतको लेखन तथा निर्देशन रहेको नाटकमा पहाडी र मधेशी नागरिकबीच उत्पन्न मतभेद, यसका कारक र आपसी सद् -भाव लागि समुदायबाटै गरिएका प्रयत्नका विषय उठान गरिएको छ । वैशाख २० गतेदेखि आगामी जेठ पाँचगतेसम्म नाटक मञ्च नहुने निदेशकका मतले बताएका छन् । ‘दुई पटक मधेश आन्दोलनका क्रममा पहाडी र मधेशी समुदायबीचको अन्तरद्वन्द्वले ज्यादै नकारात्मक प्रभाव पार्यो,’ कामत भन्छन्, ‘जसकाकारण तराईमा बस्ने पहाडी मूलका र पहाडमा बस्ने मधेशी मूलका नेपाली जनताले लामो समयसम्म तनाव झेल्नु पर्यो, तर भावनात्मक र आपसी एकताका कारण यो अवस्था लामो समय रहेन, जनतामा एकतापुनःकायम भयो, यही विषयलाई नाटक मार्फत प्रस्तुत गरिएको छ ।’ साथै ‘मिता आबको नाच लब’ले मधेश आन्दोलन पछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको उनले बताए । मिता आब कोना चलब अर्थात् मितज्यू अब कसरी जाने ? नाटकमा सामान्य कृषिकर्म गर्ने मानिसको परिवारमा पारेको असरलाई जीवनत शैलीमा प्रस्तुत गरिएको छ । पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तर आञ्चलिक विशेषता प्रदान गरेको छ । नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ । निर्देशकका मत सहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन् ।

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’बाट प्रेमध्वज प्रधान र शम्भूजीत बास्कोटा सम्मानित

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ २०७५ वितरण गरिएको छ । गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बास्कोटालाई जनही पुरस्कार ५० हजार १ रुपैयाँ प्रदान गरिएको हो । भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन् । भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केही बर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिंदै आएको छ ।

वरिष्ट गीतकार अम्बिका गुरुङको ‘आमा’मा रामकृष्ण ढकालको सुमधुर स्वरमा (भिडियो सहित)

काठमाडौँ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको आमामा चर्चित गायक रामकृष्ण ढकालले सुमधुर आवाज भरेका छन् । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गीतकार एक सर्जकको साथमा साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन् । चर्चित गायक राम कृष्ण ढकालको सुमधुर आवाज रहेको यस गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत रहेको छ । दिपेन्द्र थपलियाले छायांकन गरेको यस म्युजिक भिडियोलाइ समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुको दमदार अभिनय रहेको छ । भिडियो हेर्नुहोस ।