चर्चामा प्रकाश सपुतकाे दोहोरी ब्याटल २

काठमाडौँ । सामाजिक संजालमा र मिडियामा दोहोरी ब्याटल २ भनेर बजारमा आएको प्रकाश सपुत र प्रिती आलेको गीत निकै चर्चामा छ। चर्चा आएपछी ब्याटल २ को टिमले औपचारिक कार्यक्रम राखेका थिए । समाजलाई एउटा बिकिर्ती फैलाएको भन्दै उनीहरुको गित चर्चामा आएको छ । यस गीतमा टिमको भनाई यो एक र्याप गीतलाई दोहोरिमा ढालेर गाएको यस टिमको भनाई छ । यस दोहोरी बातले गीतको गायक प्रकाश सपुत र प्रीति आले को गीतमा बिभिन्न कारणको विवाद आएपछि उनिहरुले यो कार्यक्रम राखेको उनीहरुले बताएको छन। यस कार्यक्रममा दोहोरी बातलेको केहि अंस गाएर सुनाएको थिए । यस गित दोहोरी र र्याप मिक्स भएको गित रहेको उनीहरुले जानकारी गराएको छन । यो गित लोक मेलोडीको रहेको  बताए । ब्याटल १ मा जस्तो बाटेल २ मा त्यस्तो नकरात्मक अरुले नसोचेको उनि हरुले बताएको छन । बोल माया बाट चर्चामा आएको प्रकाश सपुतले बोल माया गित पनि सुनाएको थिए अन्त्यमा सम्पूर्णले यसरी नै साथ र सपोर्ट गर्न आग्रह गरेका छन । यस्ताे छ कुराकानी :  

केकी अधिकारी सिल्क वेयरको ब्राण्ड एम्बास्डर नियुक्त

काठमाडौँ । नेपालमा नै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराको ब्राण्ड सिल्क वेयरले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा ब्राण्ड एम्बास्डरको लागि केकी अधिकारी र कम्पनीका निर्देशक राजन झाबीच सम्झौता आदान प्रदान भएको छ । यस्तै, सिल्क वेयर ब्राण्डको धाराका सामानहरु भने जोन्स इन्टरनेशल प्रालिले बजारमा ल्याएको छ । कम्पनीले आफ्ना प्रोडक्टहरुमा १० वर्षको ग्यारेन्टी दिने र विभिन्न ९ भेराइटीमा बजारमा उपलब्ध भएको पनि उक्त कार्यक्रममा जानकारी दिइएको छ । उक्त कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले यस्ता उत्पादनशील क्षेत्रमा लगानी गरी नेपालको उत्पादन क्षमता बृद्धि गरी नेपाललाई आत्मनिर्भर बनाउन सुरुवात गरेकोमा र यस्ता प्रिमियम ब्राण्डलाई बिस्तार गर्न कम्पनीले आफुलाई रोजेकोमा निर्देशक झालाई धन्यवाद दिइन् । साथै सो ब्राण्डलाई लोकप्रिय बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइन् । विदेशी ब्राण्डलाई महङ्गो पैसा तिर्नु भन्दा विदेशी ब्राण्ड सरहको नेपाली ब्राण्डलाई किफायति मूल्यमा प्रयोग गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पनि निर्देशक झाले अनुरोध गरे ।

युट्युबमा ६२ घण्टामा १० करोड पटक हेरियो, कोरियाली ब्ल्याकपिङ्कको भिडियो

काठमाडौं । दक्षिण कोरियाली पप सङ्गीतको समूह ब्ल्याकपिङ्ककाे म्युजिक भिडियो युट्युबमा सबैभन्दा धेरै १० करोड पटक हेरिएर कीर्तिमान राख्न सफल भएको छ । ‘किल दिस लभ’ नामक भिडियाले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्काे कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमानलाई भङ्ग गरेको हो । युट्युबका अनुसार पहिलो दिनमा सो भिडियोले ५ करोड ६७ लाख पटक हेरिएको थियो । सो भिडियो सार्वजनिक भएको २४ घण्टामा सबैभन्दा बढी हेरिएर कीर्तिमान कार्यम राख्न ब्ल्याकपिङ्क सफल भएको जनाएको छ । यसअघिको आरियाना ग्रान्डेको म्युजिक भिडियोले कीर्तिमान बनाउन सफल भएको छ ।   युट्युबमा २४ घण्टामा बढी हेरिएको भिडियो यस्ता छन् ः १. ब्ल्याकपिङ्क किल दिस लभ, ५ करोड ६७ लाख २. आरियाना ग्रान्डे, थ्याङ्क्रयु नेक्स्ट, ५ करोड ५४ लाख ३. बीटीएस आइडल अफिशल, ४ करोड ५९ लाख ४. टेलर स्विफ्ट लुक ह्वाट यू मेड मी डु, ४ करोड ३२ लाख ५. एमिनेम किलसट, ३ करोड ८१ लाख सन् २०१६ मा बनेको ब्ल्याकपिङ्क समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन् । ब्ल्याकपिङ्कले सन् २०१६को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो । यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बन्यो र सन् २०१८ मा ‘डु डु डु’ भिडियो युट्युबमा बढी हेरिएको कोरियाली पप भिडियो बनेको थियो । भिडियो हेर्नुहोस् ।