‘गोजीमा दाम छैन’सँग ‘सालको पात टपरी’को टक्कर, प्रतिष्पर्धामा अरु कुन कुन ?

काठमाडौं । नेपाली सांगीतिक बजारमा दिनदिनै जसो नयाँ नयाँ म्युजिक भिडियो आइरहेका छन् । पुराना र नयाँ दुबै खाले गायक/गायिकाका म्युजिक भिडियो बजारमा आएका छन् । गीत संगीत बजारमा चल्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले समेत म्युजिक भिडियोको संख्या बढ्दो क्रममा रहेको हो । यसरी बन्ने म्युजिक भिडियो कुनैले बजार तताउँछन् भने कत्ति त केही समय मै हराएर जान्छन् । कुन म्युजिक भिडियो कति चल्यो भनेर मूल्याङ्कन गर्न त्यो भिडियो यूट्यूबमा कति जनाले हेरे भन्ने मूल्याङ्कन गर्ने गरिन्छ । सर्वाधिक हेरियो ‘गोजीमा दाम छैन’ २०७५ सालमा युट्यबमा सर्वाधिक हेरिएको नेपाली उत्कृष्ट म्युजिक भिडियोमा ‘गोजीमा दाम छैन’ परेको छ । यो भिडियो २०७५ साल भदौ ४ गते(२० अगस्ट २०१८) मा युट्युब सार्वजनिक भएको थियो । नेपाली फिल्म ‘चंगा चेट’ मा समावेश यो म्युजिक भिडियोको भ्यूअर्स ४ करोड २१ लाख रहेको छ । राजनराज शिवाकोटीको संगीतमा शिवाकोटी र मेलिना राई तथा ग्रेश्मा शिवाकोटीको स्वरमा सो गीत सार्वजनिक भएको थियो । म्युजिक भिडियोमा भने प्रियका, आयुशमान, परमिता, राजनराज शिवाकोटीलाई देख्न सकिन्छ । युवा पुस्ताको मन आकर्षित गर्ने गरी म्युजिक भिडियो बनेको छ । यो गीत र म्युजिक भिडियोले पनि चलचित्र ‘चंगा चेट’लाई व्यवसायिक रुपमा सफल बनाएको छ । चलचित्र प्रेम कथामा आधारित छ । त्यस्तै गोजीमा दाम छैन बोलको गीतको भिडियो अति सुन्दर वातावरणमा निर्माण भएको देख्न सकिन्छ । ४ करोड बढीले हेरे ‘सालको पात टपरी’ २०१८ सेप्टेम्बर १७ अर्थात २०७५ असोज १ गते सार्वजनिक भएको ‘सालको पात टपरी’ गीत लोकप्रिय म्युजिक भिडियो बन्न सफल भएको छ । वर्ष भरि यूट्यूकबमा हेरिएका मध्ये सालको पात दोस्रो स्थानमा पर्न सफल भएको छ । कुलेन्द्र विक र विष्णु माझीको स्वरमा रहेको ‘सालको पात टपरी’ गीतले नेपाली लोकगीतको राम्रो बजार जमाउन सकेको छ । सालको पात टपरी बोलको गीतले लोकगीत प्रतिको क्रेजलाई झनै बढाएको छ । ‘सालको पात टपरी’ गीतको रचना नवराज पन्तले गरेका हुन भने संगीत वसन्त थापाको हो । शिव विकद्वारा म्युजिक भिडियोमा भने मनिष्का पोख्ररेल, कुलेन्द्र विक, वसन्त थापाको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले उक्त भिडियोलाई क्यामरामा कैद गरेका हुन् भने निशान शर्माले सम्पादन गरेका हुन् । यो म्युजिक भिडियो ४ करोड भन्दा बढीले हेरेका छन् । नेपालको गाउँले परिवेशलाई टपक्क टिपेर सो लोकगीतमा सुन्दर दृश्यको साथमा भिडियो तयार पारिएको छ । ‘पिरिम नलाउने’ तेश्रो ‘पिरिम नलाउने’ बोलको गीत २०७५ सालको उत्कृष्ट मध्येको तेश्रो स्थानमा पर्न सफल भएको छ । गीतका शव्द र भिडियोमा अभियन मार्फत मायाप्रेम झल्काउन खोजिएको छ । आशिष सचिनको रचना रहेको सो गीतमा सचिनलाई मेलिना राईले आवाजमा साथ दिएकी छिन् । अभिनयमा भने आशिष सचिन र वर्षा राउतलाई देख्न सकिन्छ । युवा पुस्ताको भावनालाई क्यास गर्न सफल ‘पिरिम नलाउने’ गीत २०७५ साल असोज २० गते (९ अक्टोवर २०१८)  सार्वजनिक गरिएको थियो । हाल ३ करोड ७० लाख भ्युअर्स रहेका छन् । ‘फुल होइन’ का भ्यूअर्स २ करोड ६४ लाख त्यस्तै ‘रोज’ फिल्ममा समावेश गीत ‘फुल होइन’ उत्कृष्ट चौथो गीत बन्न पुगेको छ । २०७५ साल भित्रमा सार्वजनिक भएको म्युजिक भिडियोमा उक्त गीतको भिडियो टप फोरमा पर्न सफल भएको हो । २०७५ साल साउन २१ गते सोमबार उक्त म्युजिक भिडियो सार्वजनिक भएको थियो । जसमा अभिनयमा प्रदीप खड्का र मिरुना मगरलाई देखिएको छ  । नेपाल आइडल सिजन वानमा तेश्रो स्थान प्राप्त  प्रताप दास र प्रभिसा अधिकारीको स्वर सो म्युजिक भिडियो हाल सम्म २ करोड ६४ लाख भ्यु गरेका छन् । पाँच नम्बरमा ‘वन कि चरी’ २०७५ साल असोज २८ गते सार्वजनिक भएको ‘प्रसाद’ फिल्ममा समावेश ‘वन कि चरी’ को भिडियो यूट्यूब भ्युअर्सका आधारमा   उत्कृष्ट पाँचौँ नम्बरमा पर्न सफल भएको छ । गीतमा रुपक डोटेल र अन्जु पन्तको स्वर रहेको छ भने गीतको लय वि. पाण्डेको हो । सुवास भुषालको संगीत रहेको सो गीतको म्युजिक भिडियामा रहेको नायक निश्चल बस्नेत, विपिन कार्की, प्रविसाको अभिनय देख्न सकिन्छ । सो भिडियोको भ्युअर्स संख्या हाल १ करोड ८३ लाख पुगेको छ । यी हुन् अरु उत्कृष्ट म्युजिक भिडियो त्यस्तै अन्य म्युजिक भिडियोमा २०१९ जनवरी २५ (२०७५ साल असोज ११ गते) सार्वजनिक भएको ‘भिजिट भिषामा’ उत्कृष्ट स्थानमा पर्न सफल भएको छ । रिलिज भएको सो गीतको ३ महिनामा उत्कृष्ट गीत भित्र परेको गीतलाई ‘दाल भात तरकारी’ चलचित्रको समावेश छ । युट्युबमा राखिएको छोटो समयमा नै १ करोड ६४ लाखले सो म्युजिक भिडियो हेरेका छन् । सो गीतको लय हरिबंश आचार्य, संगीत शम्भुजित बास्कोटाको रहेको छ भने निशान भट्टराई एवम् अन्जु पन्तको स्वरमा सजिएको छ । त्यसैगरी यूट्यूबको भ्युअर्स आधारमा ‘(किन कर्के)२ नजर लाउनु यसरी’ म्युजिक भिडियो उत्कृष्ट सातौं स्थानमा पर्न सफल भएको छ । सञ्जिव पराजुली र टीका प्रसार्इँको स्वरमा रहेको सो म्युजिक भिडियो उत्कृष्ट भित्र पर्न सफल भएको हो । आशिष अविरलको संगीत रहेको गीतको भिडियोमा राहुल शाह र एलिसा शर्माले अभिनय गरेका छन् । सन् विस २०७५ साल माघ १६ सालमा सार्वजनिक भएको सो भिडियो हाल सम्म १ करोड १५ लाखले हेरिसकेका छन् । अर्काे उत्कृष्ट म्युजिक भिडियोमा शिव हमालको ‘लालुमै’ रहेको छ । विष्णु माझी र सन्दीप न्यौपानेको शब्द रहेको सो गीतमा संगीत तथा शब्द हमाल कै रहेको छ । संगीत समायोजन आशिष अविरलको हो । सन् २०१९ फेबअरी १३ मा युट्युबमा आएको सो गीतको म्युजिक भिडियो २ महिनामा नै उत्कृष्ट म्युजिक भिडियो भित्र परेको थियो । सृष्टि खड्का र सन्दीप न्यौपानेले अभिनय गरेको सो भिडियो युट्युब मार्फत १ करोड १२ लाख जनाले हेरिसकेका छन् । यी म्युजिक भिडियोहरु २०७५ सालमा दर्शकको रुचि एवम् राम्रो प्रस्तुतीको कारणले उत्कृष्ट स्थानमा रहन सफल भएका हुन् । समग्रमा नेपालीको  मौलिकता झल्कने म्युजिक भिडियो नै उत्कृष्ट भित्र पर्न सफल भएका छन् । कस्ता गीतसंगीत र म्युजिक भिडियो चल्छन् त ? गायक कुलेन्द्र विक भन्छन् ‘राम्रो ख्यालको गीत तथा म्युजिक भिडियो निर्माण गर्ने निर्माता र कलाकारलाई यस क्षेत्रमा जीन्दगी बिताउँन गाह्रो छैन् ।” हाल युवा मध्यवर्गहरुको रुचि तथा समय परिस्थिति अनुसारका गीत लोकप्रिय हुँदै आएका छन्, यस क्षेत्रमा नयाँ प्याटनको गीत निर्माण गर्नु भन्दा निर्माण भएका लय एवं प्याटन फलो गर्नेको जमात बढेको छ-गायक विकले भने । त्यस्तै अर्का गायक शिव हमालका अनुसार राम्रो प्रस्तुती बजारमा ल्याउँदा आम मानिसले रुचाएको पाईन्छ, आम मानिसलाई मध्यनजर गरेर संगीत एवम् भिडियो बजारमा ल्याउँदा आर्थिक स्तर सवल नै रहने बताए । लामो समयदेखि निर्देशकका रुपमा काम गर्दै आएका फिल्म निर्माता संघका अध्यक्षका आकाश अधिकारी भन्छन्–“संगीतको प्रतिस्पर्धा चल्दै गर्दा समय र परिस्थिति अनुसार राम्रो सिर्जनाले बजार तताएको छ, भने केहि फ्लप भएको छन् । युवावर्ग एवम् बजारको मागलाई ध्यान दिएर संगीत उत्पादन गर्नु पर्छ” उनले भने ।

सुनिल गिरी र पुनम मिश्रको “कोसेली” बजारमा

  काठमाडौं । गायक सुनिल गिरी र पुनम मिश्रको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ ।गीतको लय तथा संगीत सुनिल गिरीकै रहेको सो गीतमा गिरीलाई अभिनयमा अन्जली मगरले साथ दिएकी छन् । सर्जन थापा मगरले निर्देशन गरेको सो म्युजिक भिडियो अनिल मानन्धरले क्यामेरामा कैद गरेका थिए । ‘को होला त्यो’, ‘देउराली’, ‘परदेशी’ ‘सोल्टीना’ आदि चर्चित गीत निकालेका गिरीले “कोसेली” गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।   भिडियो हेर्न तल क्लिक गर्नु होस् ।

आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उद्घाटन

काठमाडौं । काठमाडौंको हात्तिगौडामा सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ भएका छन् । पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता तर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ सञ्चालनमा आएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्घाटन वरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर गरेका छन् । उद्घाटन कार्यक्रममा नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ ब्यानरको प्रर्दशन गरेका थिए भने बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बसनारायण मर्हजनले दीप प्रज्वलन गरि सम्पुर्ण कानुनी प्रकृया पुरा गरि खोलिएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोका प्रमाणपत्रहरु प्रदर्शन गरेरे कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा बोल्ने क्रममा बरिष्ठ गायक आनन्द कार्कीले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्देश्य महिलाहरुलाई उद्यमशिल बनाउने र अहिलेको आधुनिक प्रविधि सहितको सुविधा समाबेस गरी सञ्चालनमा आएकोले छिटै नै सबैको मन मस्तिष्कमा बस्न सफल होस भन्ने शुभकामना ब्यक्त गरे । फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिगार्ने, पुरुषको कपाल काटने ब्युटिसियन कोर्सहरु सञ्चालन र ब्युटिपार्लरमा उपलब्ध हुने सबै किसिमका सेवाहरु उपलब्ध हुने यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोमा गरिब, एकल महिला, आर्थिक अबस्था कमजोर भएका महिलाहरुले निःशुल्क रुपमा ब्युटिसियन तालिम लिएर स्वरोजगार बन्न सक्ने कुरा यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोकी प्रबन्ध निर्देशक गोपी मायाँ थुलुङले बताइन ।