‘ए मेरो हजुर ३’ र ‘यात्रा’ ले २०७५ साल विदाई गर्दै
काठमाडौं । यस वर्षको अन्तिम चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ शुक्रबार (आज) देखि देशभरको हलमा प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर ३’ को झरना थापाको निर्देशन रहेको थियो भने सम्राट शाक्यको निर्देशनमा रहेको चलचित्र ‘यात्रा’ एकैसाथ प्रदर्शन भएका हुन् । निर्देशक झरना थापाकी छोरी सुहाना थापा र मेघा स्टार अभिनेता अनमोल के.सी. जोडीको रुपामा चलचित्रमा देखिन्छन् । यस फिल्ममा डेब्यू गरेकी हुन् । अनमोल र सुहाना अलावा चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, अर्पण थापा, सरोज खनाल। रबिन्द्र झा, रेअर राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुनिल थापाले निर्माणाधिन ‘ए मेरो हजुर ३’ मा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहीको कोरियोग्राफी रहेको उक्त फिल्मको सम्पादन दिर्घ खड्काले गरेका हुन् । जर्नी लभस्टोरी भनेर चिनिने ‘यात्रा’ फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह निर्माता हुन् ।जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोलको अभिनय रहेको उक्त फिल्मको सम्पादन हिमाल केसी र बनिश शाहले गरे भने छायांकन संजय लामाले गरेका हुन्
बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक
काठमाडौँ । बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ सार्वजनिक भएको छ । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका बाल गायक विक्रम कार्कीले नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ बजारमा ल्याएका छन् । राजेन्द्र लामा युटुबबाट बुधबार कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ सार्वजनिक गरिएको हो । गीतमा बाल गायक कार्की र शान्तिराम राईको आवाज रहेको छ भने संगीत शान्तिराम राई, शब्द मुकुन्दराज शर्माको रहेको छ । हेर्नुहोस् भिडियो :
चर्चामा प्रकाश सपुतकाे दोहोरी ब्याटल २
काठमाडौँ । सामाजिक संजालमा र मिडियामा दोहोरी ब्याटल २ भनेर बजारमा आएको प्रकाश सपुत र प्रिती आलेको गीत निकै चर्चामा छ। चर्चा आएपछी ब्याटल २ को टिमले औपचारिक कार्यक्रम राखेका थिए । समाजलाई एउटा बिकिर्ती फैलाएको भन्दै उनीहरुको गित चर्चामा आएको छ । यस गीतमा टिमको भनाई यो एक र्याप गीतलाई दोहोरिमा ढालेर गाएको यस टिमको भनाई छ । यस दोहोरी बातले गीतको गायक प्रकाश सपुत र प्रीति आले को गीतमा बिभिन्न कारणको विवाद आएपछि उनिहरुले यो कार्यक्रम राखेको उनीहरुले बताएको छन। यस कार्यक्रममा दोहोरी बातलेको केहि अंस गाएर सुनाएको थिए । यस गित दोहोरी र र्याप मिक्स भएको गित रहेको उनीहरुले जानकारी गराएको छन । यो गित लोक मेलोडीको रहेको बताए । ब्याटल १ मा जस्तो बाटेल २ मा त्यस्तो नकरात्मक अरुले नसोचेको उनि हरुले बताएको छन । बोल माया बाट चर्चामा आएको प्रकाश सपुतले बोल माया गित पनि सुनाएको थिए अन्त्यमा सम्पूर्णले यसरी नै साथ र सपोर्ट गर्न आग्रह गरेका छन । यस्ताे छ कुराकानी :