१६ औं डाबर स्पेशल तीज महोत्सव हुँदै
काठमाडौं । महिला श्रृजनशील केन्द्रद्धारा डिइसीसी नेपाल प्रा. ली. को ब्यवस्थापनमा १६ औँ पटक डाबर स्पेशल तिज महोत्सव आयोजना गर्न लागिरहेको छ । उक्त महोत्सको समुद्घाटन स्थानिय निकायको निर्वाचन २०७४ काठमाण्डौँ महानगर पालिकाबाट निर्वाचित उपमेयर हरिप्रभा खड्गी श्रेष्ठद्धारा हुन गइरहेको जानकारी दिइएको छ ।महान पर्व तिजको अवसर पारेर वि.सं साउन २० देखि २५ गते सम्म त्रिपुरेश्वर स्थित युनाइटेड वल्ड ट्रेड सेन्टरको चौँथो तल्लामा १६औँ तिज महोत्सव हुन गइरहेको छ । यस महोत्सवमा महिला उद्यमीहरुले आफ्ना उत्पादित वस्तुहरुलाई प्रदर्शनीमा राख्न सक्नेछन् भने यसको मुख्य उद्येश्य महिला विकास र महिलाको सीपमुलक कार्यहरुलाई उजागर गर्नु रहेको जानकारी दिइएको छ । यो महोत्सव महिला उद्यमीहरुको लागि आफ्नो कला झल्काउने तथा आफ्ना अनुभवहरु एक आपसमा बाँड्ने प्रमुख थलो हो भने यहाँ आउने आगन्तुकहरुले पनि एकै छाना मुनि तीज तथा आउने पर्वहरुको लागि आवश्यक पर्ने विभिन्न किसिमका सरसामानहरु किनमेल गर्न पाउने मुख्य थलो हुने जानकारी दिइएको छ । यो महोत्सवमा मुख्य आर्कषणको रुपमा महोत्सव अवलोकन कर्ताहरुलाई निःशुल्क जुस वितरण गरिनेजानकारी दिइएको छ । बिगत लामो समयदेखि नै यस महोत्सवको मुख्य प्रायोजन डाबर स्पेशल हेयर आयल रहेकोे बताइएको छ । यो जवाकुसुम र कागतीको प्रयोग गरी तयार गरिएको चाडैं सोसिने तेल हो । यसले कपाललाई पोषण दिएर जरैदेखि बलियो र लामो बनाउँनुको साथै शिरको छालालाई स्वस्थ राखि तपाईंको कपाललाई इच्छा अनुसारको स्टाइल दिई व्यक्तित्व निखार्न मद्दत गर्दछ । त्यस्तै गरी डाबर स्पेशल तिज महोत्सवले पनि महिलाहरुलाई आफ्नो व्यक्तित्व, आत्मविश्वास एवं सकारात्मक सोचाईंमा वृद्धि गराउन मद्दत गर्दैै आएको बताइएको छ । उक्त महोत्सवमा मुख्य प्रायोजन डाबरले गरेको छ भने सपोर्टसमा रोथो, सीताराम दुध,सीताराम ध्यू, एन्.टि.बी, भिएलसिसी, टिभएस्, मनकामना केबलकार, सनराइज बैंक, मङ्गलदीप, यू.डब्लु.टि.सी, बराह ज्वेर्लस, ओम गोल्ड हाउस र मिडिया पाटर्नर इसीएस मिडिया, साइभर संसार, न्यूज ट्वेन्टी फोर, डिर्मस एन् आइडिया, टाइम्स एफएमको पनि साथ रहेको जनाइएको छ । उक्त महोत्सवको मुख्य आर्कषणहरुमा बारा ज्वेर्लसद्धारा हिराको खरिदमा २०५ छुट, भिएलसिसीद्धारा निःशुल्क छाला परिक्षण र बिएमआई परिक्षण, ब्लड टेस्ट, ब्लड प्रेशर परिक्षण, सेल्फि कर्नर लगायतका कार्य गरिने बताइएको छ । साथै, सनराइस बैंकद्धारा निःशुल्क मेहन्दी लगाइने, कार्ड हुनेहरुका लागि ८५ छुट बिगमार्टको कुनै पनि शाखाबाट सामान खरीद गर्दा,लक्करमा पनि भारि छुटको व्यवस्था गरिने उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । १ सय वटा भन्दा बढि स्टल रहेको यस महोत्सवमा सधै जस्तै तीज तथा आउने पर्वहरुका लागि आवश्यक सामाग्रीहरु सहित पुजाका सामाग्री, हस्तकला, साडी, कुर्ता, गिफ्ट सामाग्री, मेहेन्दी, होम अप्लाईन्सेस, आदि सामाग्रीहरु मात्र नभएर गृहिणीहरुलाई दैनिक आवश्यक पर्ने सामानहरुको पनि ज्ञान पाउन सकिने बताइएको छ । साथै खाना पारखीहरुका लागि बिषेश तिज परिकार सहित फुड स्टल रहने तथा उक्त महोत्सवमा प्रवेश निःशुल्क र पर्याप्त पार्किङको ब्यवस्था हुनेनुको साथै यस महोत्सवमा करिब ४० हजार अवलोकन कर्ता आउने अपेक्षा गरिएको बताइएको छ ।
बिनोद ढकालले ल्याए “भ्यालेन्टिनो” नामको पप गीत नेपाली बजारमा
काठमाडौं । बिनोद ढकालले आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ डान्सिङ नम्बर भ्यालेन्टिनो को भिडियो युट्युव मार्फत रिलिज गरेका छन् । “उकालीमा पनि हजुर मोटर जाँदो रैछ”,”मर्छु किक्या हो गाँजा तानी तानी”, “भ्रुम-भ्रुम” लगायतका सफल गीत पस्किएका बिनोदले यस अघि “बाजेले गितार बजाको बज्यै नाच्न लजाको” बोलको म्युजिक भिडियो बजारमा ल्याएका थिए । बाजेले गितार बजाको म्युजिक भिडियोले राम्रो सफलता पाएपछि बिनोदले भ्यालेन्टिनो बजारमा ल्याएका हुन् । यसपटक बजारमाल्याएको भ्यालेन्टिनो बोलको गीतमा उनलाई मिना सिंहले फिमेल भोकलमा साथ दिएकी छन् । मालालिम्बु र सुनिलश्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । अमृत सुनुवारको छायाँकनमा तयार गीतको भिडियोलाई शुशील न्यौपानेले सम्पादन गरेका छन् । एशियन म्युजिकले बजारमा ल्याएको यो गीत युवा केन्द्रित रहेको बताइएको छ । अहिले बजारमाल्याएको भ्यालेन्टिनोले यस अघिका गीतभन्दा धेरै सफलता पाउने दाबी गर्दै ढकालले आफूले अरु भन्दा फरक स्वादका गीतहरु मात्र बजारमा ल्याउने र यसलाई श्रोता तथा दर्शकले मन पराउने बताए । २०६१ साल देखि गायन क्षेत्रमा हात हालेका ढकालले निशाना, मोक्ष, लालटिन, किङ, कुुन्ठा लगतायत दर्जन बढी फिल्ममा र्याप, पप लगायतका स्वर र संगीत दिइसकेको पनि जानकारी दिइएको छ ।
नाच्न गाउन सिपालु जमुना तीज गीत नेपाली बजारमा
काठमाडौं । नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसर पारेर निमिसा त्रिपाठि र नरेश बि सिले नाच्न गाउन सिपालु जमुना गिति संग्रह बजारमा ल्याएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस “धुवा सरि फैलेछ कुरोत, यता तिर्खा लागेको धेरै भो “भन्ने गीतबाट चर्चा कमाएका गीतकार यादब लम्सालले तीज गित लेखेका हुन् । संगीत नरेश बि.सिले भरेका छ्न भने स्वोर निमिशा त्रिपाठी र नरेश बि सि उनी आफैं रहेका छन् । धुर्ब हिमाली र अन्जली अधिकारिको अभिनय रहेको गीतमा डिजिटल प्राली को प्रस्तुति म्युजिक नेपाल बाट बजारमा आएको छ ।