गंगा र निरुको “मायाको देशै रमाइलो” बजारमा
काठमाडाैं । मायाको देशै रमाइलो यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक गंगा पुन मगर र गायिका निरु श्रीश मगरको सुमधुर आवाजमा गंगा पुन मगरको उत्कृष्ट सलैजो गीत “मायाको देशै रमाइलो” बजारमा आएको छ । खेम राना मगरको शब्द सृजनामा सिर्जित गीतमा लय गंगा पुन मगरकै रहेको छ ।ग्यालेक्सी म्युजिकले बिगत ५ बर्ष देखि निकै उट्कृष्ट गितहरु बजारमा ल्याउने क्रममा अर्को प्रस्तुती अहिले सम्मकै उत्कृष्ट उत्पान्दनको रुपमा हेर्न सकिने गीतको म्युजिक भिडियोमा मोडल सन्दिप र बर्षाको रहेको छ । उक्त गितको छायांकन देबराज आचार्यले गरेका छन् । अहिले सम्मकै उत्कृष्ट निर्देशन पक्षमा भिजेका चर्चित निर्देशक पुर्णिमा बुढा मगरको निर्देशन रहेको भिडियोमा धेरै फरकपन देख्न सकिन्छ । देबराज आचार्य पछिल्लो पटक छायांकनमा व्यस्त रहेका छायाँकारको रुपमा पनि हेर्न सकिन्छ जसको छायांकनमा तयार भएका धेरै म्यूजिक भिडियोहरु चर्चामा छन । सोहि छायाँकार देबराज आचार्यको छायांकनमा तयार भएको गीत आजबाट बजारमा आएको छ ।
चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन” को भिडियो सार्वजनिक
काठमाडाैं ।चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत “तिमीविना मान्दैन” को भिडियो आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ । यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ ।म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले पत्रकार भेटघाटमा जानकारी गराए । यो चलचित्र प्रेमकथामा आधारित रहेको पनि उनले जानकारी गराए । कार्यक्रममा अभिनेता पल शाहले यो चलचित्रमा आफू जोनीको भूमिकामा रहेको बताए । अघिल्लो चलचित्र भन्दा यसमा आफ्नो भूमिका पूर्ण फरक भएको उनले बताए । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।
२ हप्तामा २० लाख पटक हेरियो ‘नाई मलाई थाहा छैन’, उत्कृष्ट भिडियोलार्इ एकलाख पुरस्कार
टिका प्रसाईं र सञ्जीब पराजुलीको स्वर रहेको गीत ‘नाई मलाई थाहा छैन’ (क्लव मिक्स) गीत युट्युबमा सार्वजनिक भएको दुई हप्तामै २० लाख भन्दा बढी पटक हेरिएको छ । पछिल्लो समय युट्युबमार्फत चर्चामा आएको डान्स ग्रुप ‘कार्टुन्ज क्रिउ’ र अर्की चर्चित मोडेल ‘एलिशा राइ’ ले अभिनय गरेको यो भिडियो सार्वजनिक भए पश्चात भने ‘नाई मलाई थाहा छैन’ को क्रेज निकै बढेको छ । हेमन्त रानाको साइली गीत पछि युट्युबमा अत्यधिक चर्चामा रहेको गीत ‘नाई मलाई थाहा छैन’ अहिले सुपरहिट हुँदै भाइरल भएको हो । गायकद्वयको ‘सँगसँगै’ एल्बममा समावेस यस गीतका गीतकार एकनारायण भण्डारी, संगीतकार तथा एरेञ्जर आशिष अविरल हुन् । यसै गीतको पहिलो संस्करणमा ‘बाबा एजुकेशन कन्सलटेन्सी’ को प्रायोजनमा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता पहिले देखिनै सञ्चालित छ । प्रतियोगितामा भिडियो पठाई सक्नुपर्ने अन्तिम दिन ३१ मार्च २०१७ राखिएको छ । यस प्रतियोगितामा भाग लिने सहभागीहरुमध्ये युट्युब भिवर र जजको मुल्यांकनमा एक समूह अर्थात् उत्कृष्ट एक भिडियोले एकलाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिताको लागि पालन गर्नुपर्ने नियमहरु गायकद्वय सञ्जिब पराजुली ( facebook.com/SanjibParajuli) र टीका प्रसाईं (facebook.com/Tika.Prasain.Music ) को फेसबुक पेजमा राखिएको छ ।