कोरोना भाइरसको संक्रमण बढेसँगै वैदेशिक रोजगारीमा थप चुनाैती
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै वैदेशिक रोजगारीमा थप समस्या तथा चुनौती पैदा भएको छ । पछिल्लो समय कोरोना भाइरस फैलिएसँगै आगामी दिनमा वैदेशिक रोजगारमा समस्या पैदा भएकाे वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले बताएका हुन् । नेपाल सरकारले कोरियामा कामदार पठाउन रोक लगाएसँगै पछिल्लो समय कुवेतको भिसा बन्द गरेको छ । त्यस्तै अन्य कोरोना संक्रमण फैलिएका देशको अवस्था हेरेर श्रम स्वीकृति रोक्ने तयारीमा सरकार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन मार्फत अध्यक्ष गैरेले भने- ‘कोरोना भाइरसले सबैलाई संवेदनशील बनाएको छ, करिब ४२ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारी रहेको यो अवस्थामा नेपाली कामदारको विषय सरकारको धारणा प्रति सहमत रहेका छौं ।’ नेपाली कामदारलाई रोजगार गन्तव्य मुलुकले बन्द गर्न नभनेसम्म यता नेपाल सरकार हतारिनु पर्ने अवस्था पैदाँ नभएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेले जानकारी दिए । छिमेकी राष्ट्रबाट नै कोरोना भाइरसको उद्गम स्थल भएकाले आगामी दिनमा वैदेशिक रोजगारी जानलाई गाह्रो पर्ने व्यवसायी संघले जनाएको छ । साउदी अरब र दुबईले सूचना जारी गर्दा सरकारी अधिकारीहरु अति संवेदनशिल बन्दै गएका छन् । फ्लाई दुबई मार्फत बहराई गएका ३० जना नेपालीको फर्किनुको मूख्य कारण कोरोना संक्रमण देशमा जाँदा हो । केहि दिन अघि इरानबाट एक बहराईनी नागरिकले यात्रा गर्ने क्रममा भाइरस सरेको थियो । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १ सय नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ । यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ । यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेकाे बेला अमेरिकामा पनि छ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ ।
निजी शिक्षक सासु कोषमा जान उत्साहित, रोजगारदाताले उत्सुकता नदेखाएकाे आरोप
काठमाडौं । निजी शैक्षिक संस्थाका शिक्षकहरु सामाजिक सुरक्षा कोषमा जान उत्साहित भएका छन् । उनीहरु कोषमा आवद्ध हुन उत्साहित भएपनि रोजगारदाताहरुको कारण त्यसमा सहभागी हुन नपाएको बताएका छन् । पछिल्लो समय रोजगारदाता र योगदानकर्तालाई एकिकृत गर्नका लागि गरिएको कोषको केहि कार्यविधि संशोधनको माग उद्योगी र बैंकिङ्ग क्षेत्रका मानिसले गरिरहदाँ निजि क्षेत्रका शिक्षक भने कोषमा जान उत्साहित भएका हुन्। वि.स २०७५ साल मंसिर ११ गते नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोषको प्रभाव त्यति धेरै परेको छैन । तर, उनीहरु भने समाजिक सुरक्षा कोषमा जान पाउनु पर्ने भन्दै आवाज उठाउन थालेका छन् । संस्थागत विद्यालय शिक्षक यूनियन (आइएसटीयु) अध्यक्ष होमकुमार थापाले निजी शिक्षकहरु सामाजिक सुरक्षा कोषमा जान इच्छुक भएपनि रोजगारदाताले त्यति उत्सुकता नजनाएको बताए । शैक्षिक संगठनका प्याब्सन र एन प्याब्सनले सरकारी निकायसँग कुरा गर्दा कोषमा आवद्ध हुने भन्ने तर बाहिरी निस्किएपछि सामाजिक सुरक्षा कोषका विषयमा बुझेर मात्र अगाडि बढ्नु पर्छ भन्ने धारणा रोख्ने गरेको उनको भनाइ छ । यो प्रवृतिले निजी शिक्षक मारमा परेको उनले बताए । रोजगारदाताले सबैको चाँसो रहेको सामाजिक सुरक्षा कोषमा आवद्ध ल्याउन टर्दै आएसँगै निजि संस्थागत विद्यालय शिक्षक यूनियन कोषमा नै धर्ना बसेका छन् । उनीहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाउनु पर्ने भन्दै धर्ना बसेका हुन् । निजी शिक्षकलाई कोषमा ल्याउनका लागि प्याब्सन र एन प्याब्सनसँग पटक–पटक छलफल गरेपनि बेवास्ता गरेपछि उक्त धर्ना गर्न बाध्य भएको यूनियनका उपाध्यक्ष नारायण पौडेल बताउँछन् । सामाजिक सुरक्षा कोषबाट सुरुवात गरेको धर्ना अगामी दिनमा यस विषय सुनुवाई नभए जिल्ला जिल्लामा पुर्याउने उनको भनाइ छ । वि.सं. २०४८ सालदेखि शैक्षिक पेसामा आवद्ध रहेका जोरपाटीका मोतिराम फुयालले निजि विद्यालयका संचालक आफ्नो संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषयमा पछाडि हटेको बताउँछन् । २०७६ सालको साउन मसान्तसम्म सम्पूर्ण निजि प्रतिष्ठानका कर्मचारीलाई कोष आवद्ध गराउँने उद्देश्यले अगाडी बढेको थियो । तर, कोषमा सूचिकृति हुनेको संख्यामा त्यति ठूलो फरक देखिँदैन । निजि विद्यालयको विषय बोल्ने प्याब्सन र एन प्याब्सनले सरकारी निकाय र शिक्षकहरुको भेलामा कोष प्रति फरक–फरक धारणा व्यक्त गर्दै आएका उनीहरुको भनाइ छ । कोष सुरु भएदेखि तीन पटक समय थप्दा पनि आठ हजार पाँच सय शिक्षकलाई कोषमा नसमेटिएको प्रति उनीहरुले विरोध जनाएका हुन् । शिक्षक कर्मचारीहरुलाई नियुक्ति पत्र नदिएको,शिक्षा ऐन अनुसार बिद्यालय व्यवस्थापन समिति नबनाएको, नेपाल सरकारले तोकेको तलब बिदा बीमा उपादान लगाएतका सेवा सुबिधा नदिएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।
निजी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग राख्दै धर्ना
काठमाडौं । निजी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग राख्दै संस्थागत विद्यालय शिक्षक युनियनले धर्ना दिएको छ । लामो समयदेखि विभिन्न प्रतिष्ठान र कार्यरत कामदाहरुका प्रतिनिधिबिच सैद्धान्तिक सहमति भएपनि हालसम्म संस्थागत विद्यालयका शिक्षकहरुलाई समाजिक सुरक्षा कोषमा आबद्ध नगरेको भन्दै उनीहरुले सोमबार सामाजिक सुरक्षा कोषको कार्यालयमा धर्ना दिएका हुन् । कोष सुरु भएको एक वर्ष ३ महिना बितेर तीन पटक थप्दा पनि आठ हजार पाँच सय शिक्षकलाई कोषमा नसमेटिएको प्रति उनीहरुले विरोध जनाएका छन् । उनीहरुले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सम्पूर्ण बिद्यालयहरु शिधाधिशिघ्र सुचिकृत गराउने वातावरण बनाउन जोडदार माग गरेका छन् । उनीहरुले संस्थागत भनिने निजी विदयालयहरुले शिक्षक कर्मचारीहरुलाई नियुक्ति पत्र नदिएको,शिक्षा ऐन अनुसार बिद्यालय व्यवस्थापन समिती नबनाएको, नेपाल सरकारले तोकेको तलब बिदा बीमा उपादान लगाएतका सेवा सुबिधा नदिएको भन्दै विरोध जनाएका छन् । यी समस्यालाई यथाशीघ्र समाधान गर्ने आग्रह गरेका छन् । उनीहरुले विभिन्न अहिले एक दिने मात्र धर्ना भएकोले थप आन्दोलनका कार्यक्रमहरु पछि तय गरिने बताएका छन् ।