नेपाल राष्ट्र बैंकले माग्यो ६७ जना कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी मागेको छ । बैंकले प्रशासनतर्फ अधिकृत तृतीय स्तरको सहायक निर्देशक पदका लागि २८ जना, देखा र लेखापरीक्षणतर्फ सहायक निर्देशक पदकै लागि ८ जना तथा सहायक द्धितीय स्तरका ३१ जना कर्मचारीको लागि खुला प्रतियोगितामार्फत् पदपूर्तिका लागि आह्वान गरेको हो । बैंकले आन्तरिकतर्फ ४२ पदका लागि आन्तरिक प्रतियोगिता तथा ७० जनाको कार्यक्षमता मूल्यांकन परीक्षा सञ्चालन गर्ने तयारी समेत गरेको छ । खुला पदपूर्तितर्फ सहायक निर्देशकका लागि अर्थशास्त्र, लेखा गणित लगायतका सम्बन्धित विषयमा स्नातकोत्तर हासिल गरेको हुनुर्ने तथा सहायक स्तरका लागि सोही विषयहरुमा स्नातक तह उतीर्ण हुनुपर्ने न्यूनतम योग्यता तोकिएको छ । त्यस्तै सहायकका लागि १८ देखि ३५ वर्ष तथा सहायक निर्देशकका लागि २१ देखि ३५ वर्षको उमेरहद तोकिएको छ । इच्छुक उम्मेदवारले अनलाइनबाटै दरखास्त दिनसक्ने ब्यवस्था गरिएको छ । इच्छुक उम्मेदवारले कात्तिक २८ गतेसम्म तोकिएको दस्तुर र मंसिर ५ गतेसम्म दोब्बर दस्तुरसहित आवेदन दिन सकिन्छ । दरखास्त दस्तुर भने सहायक निर्देशककका लागि ८०० रुपैंया र सहायकका लागि ६०० रुपैंया तोकिएको छ । समावेशीअन्तर्गत आवेदन दिनेलाई भने क्रमशः ३०० रुपैंया र २०० रुपैंया थप शुल्क लिइने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष कात्तिक पहिलो साता विज्ञापन खुलाएर फागुनमा परीक्षा सञ्चालन गरी पदपूर्ति गर्ने अभ्यास गर्दै आएको छ ।  

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय एक महिना थपियो

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समया फेरी एक महिना थपिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विहीबार गरेको पत्रकार सम्मेलन मार्फत सम्पूर्ण रोजगारदाता तथा श्रमिकलाई लयाउने उद्देश्यले कार्तिक १३ गतेदेखि मंसिर १३ गतेसम्म समयावधि थप गरेको जानकारी दिएको छ । कोषमा सूचिकृत रोजगारदाता तथा श्रमिकको हितसँगै नेपाल सरकारको लक्ष्य अनुसार निजी क्षेत्रका श्रमिक तथा योगदानकर्ता कोषमा आवद्ध हुन अनिवार्य रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए । असोज मसान्तभित्र निजी क्षेत्रका सबै प्रतिष्ठानहरु सूचिकृति हुन नसकेको पछि सबैको सहमति अनुसार सूचिकरणको मिति पून एक महिना थपिएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिए । पछिल्लो समय ठूला कम्पनीहरुले समय थप गर्न अनुरोध गरेसँगै कात्र्तिक १३ गतेदेखि मंसिर १३ सम्म (एक महिना) समय थप गर्ने निर्णय गरेको कार्यकारी निर्देशक ज्ञवालीले बताए । पत्रकार सम्मेलन मार्फत मन्त्री विष्टले श्रमिकको अधिकार तथा सेवासुविधाका लागि सरकारले सो कोष ल्याएसँगै धेरै चुनौती थपिएको जानकारी दिँदै कोषले अझै श्रमिक तथा रोजगारदातालाई सहज हुने जनाएका छन् । हाल सामाजिक सुरक्षा कोषमा ८ हजार ८ सय १८ रोजगारदाता र १ लाख ९ सय ६८ श्रमिक पुगेका छन् । त्यस्तै ७ करोड ६५ लाख रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ । सम्बन्धित समाचार ः कोषमा सूचिकृत हुने अन्तिम दिनमा ९० हजार श्रमिक जाेडिए, करिब ७ करोड कोषमा जम्मा सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने अन्तिम मिति असोजमसान्त

अब प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहको आदेशमा

काठमाडौं । आगामी दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहको आदेश अनुसार सञ्चालन हुने भएको छ । ७ सय ५३ वटै स्थानीय तहमा मंसिरको पहिलो सातादेखि तीव्र रुपमा हुने जनाइएको छ । वेरोजगार युवालाई रोजगारी प्रदान गरी कामका लागि उर्जा थप्दै सो कार्यक्रम अघि बढ्ने छ । गत वर्ष प्रधानमन्त्री रोजगारका कार्यक्रम आफ्नै तरिकाले गर्दा श्रमदानमा हुने कामका लागि सरकारले करोडौं रुपैयाँ खर्च गरेको टिकाटिप्पणी भएपछि उक्त निर्णय गरेको हो । यस वर्ष स्थानीय तहमा रहेको समस्या समाधान गर्दै सर्वसाधारणको माग अनुसारको माग गर्ने तयारी भइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव मोहन निरौलाले बताए । स्थानीय तहको समस्यालाई नजिकैबाट नियाल्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गत वर्षको फागुन महिनादेखि काम शुरु गरेको थियो । यस वर्ष मंसिरको पहिलो सातादेखि हुने कामका लागि ५ अर्ब १ करोड रुपैयाँ छुट्याएको छ । गतवर्ष एक सय दिनमा २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ खर्च भएको थियो भने १७ लाख बेरोजगार युवाहरुले रोजगारको लागि आवेदन दिएका थिए । नेपालमा रहेको बेरोजगारीको समस्या गर्ने उद्देश्यले संविधानको धारा ३३ बमोजिम नेपाली जनताको हकहित र अधिकारलाई समेट्ने गरी सरकारले प्रधानमन्त्री कार्याक्रम ल्याएको थियो । तर, पहिलो कार्यक्रम प्रभावकारी नभएको विभिन्न टिप्पणी पछि सरकारले हाल केहि कार्यको ढाँचामा परिवर्तन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव निरौलाले बताए । बेरोजगार युवाहरुले आफ्नो वार्षिक आय तथा सीप अनुसारको कामका विषयमा प्रष्ट नीति ल्याउने बताए । सम्बन्धित समाचारहरू ः प्रधानमन्त्री रोजगार कार्यक्रमः २२ लाख ६२ हजार दिनको ठोस उपलब्धी खोई ? अर्थविद् रामेश्वर खनालको टिप्पणी-प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा बाटो बडार्ने काममा खर्च गर्न पाइन्छ ? कसले पाउँछ वेरोजगारी भत्ता ? के हो प्रधानमन्त्री रोजगार कार्यक्रम