विद्युत प्राधिकरणले माग्यो ६५४ जना कर्मचारी, एसइईमा सी ग्रेड ल्याउनले पनि आवेदन दिन पाउने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ६५४ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले अधिकृत स्तर(१० तह) देखि जुनियर टेक्निसियन(तह ३) सम्म कर्मचारी माग गरेको हो । विभिन्न तह र सेवा समूहमा रिक्त पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ । असार १३ गतेदेखि २१ दिन भित्र अर्थात साउन २ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्राविधिक र प्रशासन सेवा समूहमा कर्मचारी माग गरेको छ । विभिन्न सेवा समूह/उपसमूहका अधिकृत स्तर(७ तहदेखि १० तहसम्म) का १११ जना, सहायक स्तर मिटर रिडिङ सुपरभाइजर(प्रशासन) ४२ जना, लेखापाल ३६ जना, सुपरभाइजर(५ तह, प्राविधिक) ८५ जना, सिनियर मिटर रिडर(४ तह) ६७ जना, सहायक लेखापाल ५१ जना, फोरमेन(इलेक्टिकल, मेकानिकल, सिभिल) ११९ जना, इलेक्ट्रिसियन(३ तह) १३४ जना, जुनियर मिस्त्री ७ जना र जुनियर टेक्निसियन २ जना माग गरेको हो । अधिकृत स्तर १० तहको लागि २०००, ९ र ८ तहको लागि १५००, ७ तहको लागि १२०० रुपैयाँ परीक्षा दस्तुर बुझाउनु पर्नेछ भने सहायक स्तर तह ५ को लागि ८००, तह ३ र ४ को लागि ६०० दस्तुर बुझाउनु पर्ने जनाइएको छ । अधिकृत स्तरका सबै र काठमाडौँ क्षेत्रका सहायकस्तरका दरखास्त फारम नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुरमा बुझाउनु पर्नेछ । अन्य क्षेत्रको सहायक स्तरका पदहरुमा सम्बन्धित क्षेत्रीय कार्यालयहरु क्रमशः विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरिया मै आवेदन दिनु पर्ने प्राधिकरणले जनाइएको छ । सम्बन्धित पदमा आवश्यक योग्यताका आधारमा स्नातकोत्तरदेखि प्राविधिक एसएलसी उत्तीर्ण वा प्राविधिक एसइईमा कम्तीमा सी प्लस ग्रेड ल्याएकाले आवेदन दिन सक्नेछन् ।

आइएमई लाइफले ठूलो संख्यामा माग्यो कर्मचारी, कुन कुन जिल्लामा(सूचिसहित)

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजार व्यवस्थापन विभागमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्तीमा दश जोड २ उत्तीर्ण गरेका र सम्बन्धित क्षेत्रमा काम गरेकाहरुले असार २० गतेभित्र आवदेन दिन सक्ने कम्पनीले जनाएको छ । झापा, इलामा, मोरङ, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु, सप्तरी, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, चितवन, मकवानपुर, बाग्लुङ, मनाङ, तनहुँ, गोखरा, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र कास्की जिल्लाको लागि कर्मचारी माग भएको हो । त्यसैगरी दाङ, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, नवलपरासी, गुल्मी, पाल्पा, रोल्पा, बाँके, सुर्खेत, कालिकोट, मुगु, हुम्ला, डोल्पा, बझाङ, अछाम, कञ्चनपुर, कैलाली, डडेलधुरा, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, धनुषा, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, लमजुङ, प्युठान, बर्दिया, सल्यान, दैलेख, जाजरकोट, जुम्ला, बाजुरा, दार्चुला, बैतडी र खोटाङ जिल्लाका लागि कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टमा १६ जनालाई जागिर खुल्यो, हेड सेल्स एण्ड मार्केटिङदेखि एकाउन्ट अफिसरसम्मलाई अवसर

काठमाडौँ । शिवम् सिमन्टमा १६ जनालाई जागिर खुलेको छ । कम्पनीले हेड अफ सेल्स एण्ड मार्केटिङ १ जना, बिजनेश डेभलपमेन्ट म्यानेजर १ जना, हेड अफ च्यानल सेल्स १ जना, विलो द लाइन म्यानेजर १ जना, हेड अफ प्रोजेक्ट सेल्स १ जना, एरिया सेल्स म्यानेजर ३ जना, सेल्स अफिसर ६ जना र एकाउण्ट अफिसर २ जनाको लागि आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक उम्मेदवारले असार १३ गतेसम्म आवेदन दिनु पर्ने कम्पनीद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।