सनराइज बैंकद्धारा बाल संगठनका बालबालिकालाई लत्ता कपडा वितरण

काठमाडौं, ११ असोज । सनराइज बैंक लिमिटेडले मंगलबार आफ्नो नवौं वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा बैंकले संगठनमा रहेका १४० जना बालबालिकाहरुलाई न्यानो लत्ता कपडाहरुका साथै खाद्म सामाग्रीहरु वितरण गरेको छ । उक्त सामाग्रीहरु बैंकका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं कर्मचारीहरुले वितरण गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले बैंकको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् । यसै क्रममा नेपाल बाल संगठनका कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठले सनराइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पुर्याउँदै आएको सहयोगका लागी कृतज्ञता व्यक्त गरेका छन्र । साथै, श्रेष्ठले भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागी बैंकलाई अनुरोध गरेका छन् ।

पर्यटन प्रवद्र्धन गर्न काठमाडौंबाट बुलेट राइडर सोलुखुम्बु प्रस्थान

काठमाडौं, ११ असोज । सगरमाथा क्षेत्र अन्तर्गत सोलुखुम्बुको फाप्लु पुग्ने उद्देश्यका साथ बुलेट राइडरको एउटा समूह मंगलबार काठमाडौंबाट प्रस्थान गरेको छ । २३ वटा बुलेट अर्थात रोयल इन्फिल्ड बाइकमा सवार ३० जनाको समूह धुलिखेल, नेपालथोक, खुर्कोट, ओखलढुंगा हुँदै फाप्लु पुग्ने छ । मंगलबार आयोजित एक कार्यक्रममा व्यवस्थापिका संसदको वातावरण समितिका सदस्य हरि उप्रेती र मिस एभरेष्ट २०१६ आकांक्षा भट्टराईले सो समूहलाई विदाई गरेका छन् । नासा बुलेट क्लबका महासचिव राम साहले रोड लिडरको रुपमा सो समूहको नेतृत्व गरेका छन् । सो अवसरमा सांसद उप्रेतीले नेपाली युवाहरु विदेशी भूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सले धानिरहेको देशमा पर्यटन प्रवद्र्धनबाट पनि देशलाई फाइदा पु¥याउन सकिन्छ भन्ने उदाहरण बुलेट राइडले प्रस्तुत गरको बताए । विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिएको उक्त बुलेट राइडले करिब २ सय ३५ किलोमिटरको दुरी पार गर्नेछ । मौसमले साथ दिएमा सगरमाथा क्षेत्रको अवलोकन गरी फर्किन कार्यक्रम रहेको क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए । विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवद्र्धन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त बुलेट राइड कार्यक्रमको आयोजना गरिएको हो ।

निगमले ठूला जहाज खरिद प्रक्रिया सुरु गर्यो

काठमाडौँ, ११ असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुई वटा ठूला (वाइड बडी) जहाज खरिदका लागि आज बोलपत्र (टेन्डर) आह्वान गरेको छ । आगामी १८ महिनाभित्र जहाज खरिद गर्नेगरी अन्तर्राष्ट्रिय टेन्डर प्रकाशित गरिएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिए । ‘दुई ठूला जहाज खरिद प्रक्रियाका लागि ४५ दिने टेन्डर आह्वान गरिएको छ, एक वर्षमा एउटा र छ महिनामा अर्को जहाज खरिद गर्छौं,’ उनले भने ।  सेवा विस्तार र गुणस्तरका लागि निगम अब पूर्णरुपमा लागेको उनको भनाइ छ । सन् २०१७ को मार्चसम्म दुईवटा ‘एयरबस ३३०–२२०’ वाइड बडी खरिद गर्ने योजना रहेको निगमले जनाएको छ । निगमको बोलपत्रअनुसार २५ अर्बमा दुई वटा वाइड बडी विमान खरिद गर्ने योजना बनाएको छ  प्रतिविमान दुई वटा ‘रोल्सरोयस ट्रेन्ट ७७२ बी’ इन्जिनसहित एक हजार घन्टाभन्दा कम उडेको विमान हुनुपर्ने सर्त राखिएको छ । त्यस्तै निगमले खरिद गर्ने जहाजमा २–२–२ फम्र्याटमा ४० देखि ६० इन्चसम्मको पिच भएका १२ देखि १८ सम्म विजनेस क्लास, २–४–२ फम्र्याटमा ३० देखि ३६ इन्चसम्मको पिच भएका इकोनोमी क्लासका सिटसहित जम्मा २५० देखि २८० सम्म सिट हुनुपर्नेछ । निगमलाई जहाज किन्न आवश्यक पर्ने ऋण दिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष तयार भएका छन् भने अर्थमन्त्रालयले ऋणका लागि जमानत बस्न स्वीकृति दिइसकेको छ । रासस