मदिराको बिक्री वितरणमा रोक लगाएपछि भारतीय पर्यटक नेपाल आउने क्रम बढ्दो
मोरङ, १२ भदौ । पूर्वका पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकको चाप बढेको छ । मोरङलाई केन्द्र बनाएर पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्केजलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ घुम्न जाने भारतीय पर्यटक बढेका हुन् । भारतमा मदिराको बिक्री वितरणमा रोक लगाएपछि झनै भारतीय पर्यटक आउने क्रम बढेको पर्यटन व्यवसायीको भनाइ छ । मोरङका पर्यटन व्यवसायी पुण्य भट्टराईका अनुसार साउनयता भारतीय पर्यटकको सङ्ख्या अत्यधिक बढेको छ । उनका अनुसार दुई दिनअघि मात्रै ६३ जनाको एउटै टोली आएको थियो । २ वटा रिजर्भ गाडीमा आएका उनीहरु विराटनगरलाई केन्द्र बनाएर भेडेटार र नमस्ते झरना घुमेर फर्किएका थिए । गत वर्षको वैशाखमा गएको विनाशकारी भूकम्प र त्यसपछि लगत्तै सुरु भएको मधेस आन्दोलन र नाकाबन्दीका कारण पूर्वमा पर्यटन व्यवसाय सुस्ताएको थियो । मधेस आन्दोलन मत्थर भएसँगै पूर्वमा पर्यटकको चहलपहल बढेको थियो । गत वर्ष गएको भूकम्पको गलत प्रचार हुँदा लामो समयसम्म भारतीय पर्यटक आएनन् । जसका कारण पूर्वका पर्यटन व्यवसायीले मात्रै करिब ५ अर्बभन्दा बढीको नोक्सानी व्यहोर्नुपरेको पूर्वाञ्चल क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेश भट्टराईको भनाइ छ । गत वैशाखयता दैनिक एक हजारभन्दा बढी भारतीय पर्यटक जोगबनी नाकाबाट भित्रिने गरेको व्यवसायीको अनुमान छ । नाकामा पर्यटक आवागमनको तथ्याङ्क राख्ने निकाय छैन । यो क्षेत्रका पर्यटन व्यवसायीले लामो समयदेखि रानी भन्सार नाकामा अध्यागमन कार्यालय स्थापना गर्न माग गर्दै आएका छन् । पूर्वमा पर्यटनको सम्भावना देखेर भट्टराईले हालै रु २५ करोड लगानीमा होटल एसियाटिक सञ्चालनमा ल्याएका थिए । रासस
धमाधम सुरु हुँदै आउटबाउण्ड टुर, प्राथमिकतामा दशैं प्याकेज
काठमाडौं १२, भदौ । नेपालबाट पर्यटक बनेर विदेश घुम्न जाने (आउटबाउण्ड) टुरका नेपालीको संख्या बढ्दै जान थालेसँगै व्यवसायीले पनि आकर्षक प्याकेज सार्वजनिक गर्न थालेका छन् । पर्यटन व्यवसायीले नेपालबाट दशैंको समयमा विदेश घुम्न चाहने नेपालीको लागि आकर्षक प्याकेज सार्वजनिक गर्ने र बजारीकरणलाई पनि बढाउन थालेका हुन । दशैंमा नेपालीहरुले लामो छुट्टी पाउँने र यहि मौका छोपेर विदेश घुमघाम गर्ने शैंली बढ्दै गएको छ । विगत चारपाँच वर्षदेखि विदेश घुम्न जाने नेपाली संस्कृति हरके वर्ष बढिरहेको पर्यटन व्यवसायीको भनाइ छ । दशैंको समयमा नेपालीले लामो बिदा पाउने र चाडपर्वको समय भएकोले पनि विदेश घुमेर रमाउने संस्कृति बढिरहेको सोसाइटी अफ टुर एण्ड ट्राभल अपरेटर्स (सोट्टो)नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए । विगतका केही वर्षमा नेपालमा आउने मलेसियन पर्यटकको संख्या १७ हजार रहेको छ भने मलेसिया घुम्ने नेपाली भने एक लाख ७० हजार पुगेको खड्काको भनाइ छ । नेपाल सरकारले विदेश घुम्न जाने पर्यटकको तथ्यांक राख्ने गरेको छैन । तर, मलेसियालको तथ्यांक हेर्ने हो भने नेपाली पर्यटक चार देखि पाँचौ स्थानमा रहन थालेको उल्लेख छ । विशेषगरी बाहिर घुमिरहने उच्च र मध्यम वर्गका परिवारका सदस्यको दशैं मनाउन विदेशतिर जाने संस्कृति बढेको उनको भनाइ छ । आफन्त विदेशमा बस्नेसँगको भेटघाटको माहोल दशैंकै समयमा मिलाउने र परिवारका सदस्य छुट्टि मनाउन विदेशीले संस्कृति नेपालमा बढेको खड्काले जानकारी दिए । दशैं केन्द्रित प्याकेज सुरु दसैंको समयमा विदेश घुमघाममा गर्ने र रमाइलो गर्ने नेपालीको संख्या बढ्दै जाँदा दशैं केन्द्रित प्याकेज सुरु हुन थालेको छ । नेपालमा पछिल्लो समय आक्रामक बजारीकरण सुरु गरेको एस ट्राभलले आफ्नो आउटबाउण्ट टुर प्याकेज सार्वजनिक गरेको छ । आइतबार नै सार्वजनिक भएको यस्तो प्योकजमा यो वर्षबाट सुरु भएका र नयाँ देश थपिएको गन्तव्यको प्याकेजलाई मात्रै बजारीकण गरेको एस ट्राभलका इन्टरनेशनल होलिडे प्रवन्धक अनिल धरेलले बताए । उनका अनुसार ग्राहककको इच्छा अनुसार नै प्याकेज दिने एसले प्रवद्र्धनका लागि दुईदेखी ६ वटा मुलुक जान सकिने गरी प्याकेज सार्वजनिक गरेको छ । दुई लाख ५० हजार भन्दा वढी ग्राहकलाई सन्तोषजनक सेवा दिन सफल एसले ल्याएको यस्तो प्याकेजमा एकसातादेखि दुईसाता भन्दा लामो सयमकोे प्याकेज सार्वजनिक गरेको हो । गत वर्ष तीन देखि चार हजारको बीचमा मात्रै आउटबाउण्डमा नेपाली पठाएको यो कम्पनीले मात्रै यो वर्ष पाँच हजार भन्दा बढी हुने अपेक्षा गरिएको धरेलले बताए । पछिल्लो सयम नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएका कारण आउटबाउण्डको प्याकेज पनि बढ्न थालेको छ । हाल नेपालमा पाँच दर्जनजति कम्पनीले आउटबाउण्ड सेवा दिन सुरु गरिसकेका छन्् । विश्सनिय सेवाका कारण ब्राण्ड बनाउन भने मुस्किलले एक दर्जनक कम्पनी मात्रै सफल भएका छन् । ‘दशैंमा नेपाल बस्दा पनि खर्च त भैहाल्छ अलिकति रमाइले पनि हुने र इज्जत तथा प्रतिण्ठा पनि बढ्ने भन्दै नेपाली बाहिर जान रुचाउँने गरेका छन’, सोट्टो नेपाका अध्यक्ष खड्काको भनाइ छ । नेपालको अर्थतन्त्रले अपेच्छा अनुसार फड्को मार्न सकेको भए यो संस्कृति अझै फस्टाइसकेको हुने आउटबाउण्ड टुरको प्याकेज बेचिरहेको अर्को कम्पनी इन्सेन्टिभ टुर्सको भनाइ छ । इन्सेन्टिभबाट यो वर्ष दसैंको सयका लागि मात्रै १०÷१२ वटा आउटबाउण्ड टुरका प्योकजको तयारी गरिरहेको छ । विभिन्न प्रकारका प्याकेज शुल्क पछिल्लो समय आउटबाउण्डको टुरको प्रचार गरेकै नेपाली तान्न सफल भएको एस ट्राभलले भने एउटै प्याकेजमा पनि इकोनोमि, प्रीमियम र लक्जरी गरी तीन प्रकारको प्याकेज ल्याएको छ । एसले सात रात आठ दिनको दुवाई मरिससको इकोनोमिक प्याकेज एक लाख ९८ हजारको, प्रीमियम २ लाख ३९ हजार र लक्जरी प्याकेज २ लाख ९९ हजार रुपैयाँको ल्याएको छ । यसैगरी यो कम्पनीले थाइल्याण्ड, मलेसिया सिंगापुर, इन्डोनेसियाको १२ दिनको, चार युरोपेली मुलुकको आठ दिनेको, जापान र कोरिया आठ दिनको, बेलायत, स्कटल्याड, वेल्स १० दिनको, अमेरिका आठ दिनको, अस्टे«लिया आठ दिनको, यूरोपका ६ मुलुक १२ दिनको, अमेरिका नै १६ दिनको टुर प्योकज सार्वजनिक गरेको छ । एउटा कम्पनीले प्याकेज बनाएपछि अन्य टुर व्यवसायीले पनि जतिसक्दो छोटो समयको, एफोर्टेबल र आकर्षक प्याकेज बनाउने गरेको नेपाल एसोसिएशन अफ टुर अपरेटर्स (नाटो)मा आवद्ध व्यवसायी बताउँछन । व्यवसायीको काम व्यवसाय गर्ने भएकोले नेपालबाट बाहिर जानेलाई पठाउने र आउन चाहनेलाई ल्याउने काम गरेको व्यवसायीको बुझाई छ । एस ट्राभलमा आएको सोधपुछ र टुर वुकिङ गर्ने नेपालीमा देखिएको उत्साहको तुलनामा प्याकेज विक्री भने निकै कम रहेको उल्लेख छ । नेपालबाट विदेशमा घुम्न जानु भनेको नेपालीले वर्षोदेखि कमाएर बचाएको रकममा रमाइलो गर्न गर्ने घुमघाम नै भएको मार्कोपोले ट्राभलले जानकारी दिएको छ । विदेश जानु भनेको अहिले नजिकको तीर्थ हेला भनेजस्तो पनि भएको टुर व्यवसायी बताउँछन । अहिले दशैंमा विदेश जाने नेपाली भनेका हरेक वर्ष घुमिरहेका र वार्षिक आम्दानी राम्रै भएका वर्ग छन् । जो हरेक वर्ष एउटा न एउटा देश घुमरे रमाइरहेका हुन्छन ।
गोसाइँकुण्ड यात्राः कठिन संघर्षपछि प्राप्त हुने अनुपम आनन्द
काठमाडौं, १२ भदौं । चर्चित धार्मिक पर्यटकिय गन्तव्यको नाम हो गोसाइँकुण्ड । धर्म शास्त्र अनुसार–समुन्द्र मन्थन गरेर निष्किएको कालकुठ बिष पिएपछि भगवान महादेव त्यसको पिँडा सहन नसकेर भौतारिएका थिए । उनले आफ्नो त्रिशुलले पहाडमा हानेर पानी निकाले, त्यो पानी कुण्डमा परिणत भयो र त्यहि कुण्डमा डुबेर महादेवले कालकुट बिष सहन गरे ।’ यहि धार्मिक विश्वासका कारण गोसाइँकुण्डमा बर्षेनी हजारौं हिन्दु धर्मावलम्बी पुग्ने गरेका छन् । जनैं पुर्णिमामा लाग्ने मेला गोसाइँकुण्डमा धार्मिक पर्यटक भित्रिने राम्रो मौसम हो । त्यस बाहेक गोसाइँकुण्डको प्राकृतिक सुन्दरताले पनि स्वदेशी तथा विदेशी पर्यटकको मन लोभ्याउने गरेको छ । ४३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड र त्यस आसपासमा रहेका भौरव कुण्ड, सरस्वति कुण्ड, सुर्य कुण्ड, बर्द कुण्ड लगायतका धेरै कुण्डहरुले धार्मिक आस्थाका साथमा पर्यटकिय महत्व बोकेका छन् । रसुवा सदरमुकाम धुञ्चेबाट फटाफट हिड्ने हो भने करिब १२ घण्टाको निरन्तर यात्रापछि गोसाइँकुण्ड पुग्न सकिन्छ । सामान्यतया, धुञ्चेबाट हिड्नेहरु चन्दनबारी, चोलाङपाटी वा लौरी बिनामा बास बसेर भोली पल्ट मात्रै कुण्ड पुग्छन् । धुञ्चेबाट उकालो लागेपछि हेर्न पाइने हरियो वन, वारी पारीका झरना र छङछङ बगेको त्रिशुली नदिको आवाज र बनस्पतिहरुको सुगन्धले यात्रालाई स्वर्णिम बनाउँछ । देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरी बिना र बुद्ध मन्दिर जस्ता स्टेशनहरुलाई थकाइ मार्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको छ । जति उकालो चढ्दै गयो, त्यति थकान महशुस हुन्छ तर मन भने थकान भन्दा धेरै गुणाले चङगा झै फुरुङग बन्छ । चौरीको दुध, थुर्पुमा बनाइएको तातो चिया, सेल रोटी जस्ता परिकार थकान बिर्साएर उर्जा भर्ने औजार बन्छन् । पल्लो डाँडा पारि देखिने गणेश हिमालको हिम श्रृंखलाले सबै थकान भुलाइदिन्छ । निरन्तरको उकालो छिचोलेसँगै भेटिने वुद्ध मन्दिरमा थकाई मारेपछि केहि जोकोहीले केहि राहत महशुस गर्छन् । किने भने त्यसपछिको करिब दुर्य घण्टाको यात्रा भने उकालो नभएर तेश्रो छ, तर सो खण्डमा जोखिम भने अलि बढि नै उठाउनु पर्छ । माथी नाकै ठोक्किने भीर र तल त्रिशुली नदिको जोखिम मोल्दै गोसाइँकुण्ड पुगेपछि भने जोकोहीले सबै गाह्रो बिर्सन्छन् । कुण्डमा स्नान गरेपछि मेटिन थकान र आनन्दले मानिसलाई जिउँदै स्वर्ग पुगेको अनुभूति दिलाउँछ । गोसाइँकुण्ड माथी रहेका सुर्य कुण्ड, वर्द कुण्ड, सरस्वति कुुण्ड लगायतका अन्य कुण्डहरुको भ्रमण गरिएन भने यात्रा नुन बिनाको तरकारी जस्तै बन्न पुग्छ । कुण्डबाट फर्केपछि भने समान्यतय सिधै धुञ्चेमै बास बस्न आइपुग्न सकिन्छ ।