मनास्लु विकास बैंकको ९ लाख कित्ता हकप्रद सेयरका लागि आवेदन खुल्ला
काठमाडौं, ४ असार । मनास्लु विकास बैंकले दुई बराबर एक अनुपातमा हकप्रद सेयरका लागि आवेदन खुलाएको छ । बैंकले चुक्ता पुँजी वृद्धि गर्ने योजना अनुसार ९ करोड १७ लाख ६४ हजार ७ सय मुल्य बराबरको ९ लाख १७ हजार ६ सय ४७ कित्ता हकप्रद सेयर जारी गरेको हो । एक सय रुपैंयाँ सो मात्राको हकप्रद सेयरका लागि बैंकले साउन २३ गतेदेखि भदौं ५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । मनास्लुको चुक्ता पुँजी १८ करोड ३५ लाख रहेको छ । मनास्लुले प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।
सोमबार नेप्से परिसूचक ४० अंकले बृद्धि, कारोबार रकम २ अर्ब नजिक
काठमाडौं, ३ साउन । सोमबार नेप्से परिसूचक ४० दशमलब ८३ अंकले बढेर उच्च अंक १७८६ मा पुगेको छ । सो दिन १३७ कम्पनीको २८ लाख ७० हजार कित्ता सेयर एक अर्ब ९५ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार ७ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, किसान माइक्रोफाइनान्स वित्तिय संस्था र नेको इन्स्योरेन्सका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, अरु १४ वटा कम्पनीका लगानीकर्ताहरुले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । बजारमा नेपाल बङगलादेश बैंकको सबैभन्दा बढी १८ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको क्रमशः ८ र ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक र शिखर इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन अन्य समूह, विकास बैंक र फाइनान्स समूह बाहेक बाँकी समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६१८ अंकले उकालो लागेको छ । त्यस्तै उत्पादनमलक, बैंकिङ्, हाइड्रोपावर र होटल समूहको परिसूचक क्रमशः ४४, ४०, १४ र १ अंकले बढेको छ । बजारमा अन्य समूह, विकास बैंक र फाइनान्स समूहको परिसूचक क्रमशः ११, २ र ०.२८ अंकले आरालो लागेको छ ।
ओरालो लागे लघुवित्त कम्पनीहरु, सेयर मुल्यमा भारी गिरावट
काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिका कारण लघु वित्त कम्पनीको सेयर मुल्यमा भारी गिरावट आएको छ । लघु वित्त कम्पनीको चुक्ता पुँजी वृद्धि हुने हल्ला चलेपछि पछिल्लो समय लघु वित्त कम्पनीको सेयर मुल्य आकाशिएको थियो । तर केन्द्रिय बैंकले पुँजी वृद्धिको विपरिद उल्टै ७ प्रतिशत स्प्रेड दर तोकेपछि लघुवित्त कम्पनीको सेयर मुल्य ओरालो लागेको हो । मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार खुलेको सेयर बजारमा १५ वटा लघुवित्त कम्पनीको सेयर मुल्या भारी गिरावट आयो । आइतबार छिमेक लघुवित्त विकास बैंकको २२९ रुपैंयाँ मुल्य घटेको छ भने डिप्रोक्स डेभलपमेन्ट बैंकको सेयर मुल्य पनि ३३२ रुपैंयाँले घटेको छ । साना किसान विकास बैंकको सेयर मुल्य २४९ रुपैंयाँले घट्यो । त्यस्तै, स्वावलम्बन विकास बैंक पनि सेयर मुल्य पनि आइतबार २८३ रुपैंयाँले ओरालो लागेको थियो । नागबेला लघुवित्त विकास बैंकको सेयर मुल्य पनि ४४० रुपैंयाँले घटेको छ । वोमी माइक्रो फाइनान्स वित्तिय संस्थाको मुल्य पनि ३३९ रुपैंयाले घटेको छ । रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरको १३८ रुपैंयाले घटेको छ ।