प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न कम्पनीका १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयधनीलाई ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद(कर सहित) गरी १५ प्रतिशत लाभांश पारित गरेको हो । सो मात्राको बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ । यस कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवाउपलब्ध गराई आएको र आगामी वर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ । कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी वर्षहरुमा सेयरधनीलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी रहेको इन्स्योरेन्सले जानकारी गराएको छ । सम्बन्धित समाचार प्राइम लाइफ इन्स्योरेन्सको पुस १७ गते बुक क्लोज प्राइम लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा, पछिल्लो २ वर्ष यताकै उच्च  

ब्रोकरको नाफामा फेरि लाग्यो कैँची, १ प्रतिशत रकम सीएसआरमा छुट्टयाउनु पर्ने

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन घटाउँदा आफूहरुको आम्दानी प्रभावित भएको भन्दै असन्तुष्ट बनेका सेयर ब्रोकरको आम्दानीमा फेरि कैची लागेको छ । धितोपत्र बोर्डले अबदेखि सेयर बजार सम्बद्ध सबै पक्षको खुद नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अनिवार्य रुपमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । धितोपत्रको प्राथमिक बजार देशभर ७७ जिल्लामा नै पुगेर एउटै प्रारम्भिक सार्वजनिक निष्काशनमा १० लाखभन्दा बढी लगानीकर्ताको सहभागिता भइरहेको तथा दोस्रो बजारमा समेत अनलाइन प्रणालीको प्रयोग भई देशका प्रमुख शहरबाट कारोवार गर्न सक्ने व्यवस्था भएका कारण बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्दै गएको छ । यस्तो अवस्थामा प्रविधिमैत्री हुने गरी लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने र यसका लागि धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुको सहभागीताको आवश्यकता देखिएको बोर्डको भनाई छ । ‘केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले आफ्नो खुद मुनाफाको कम्तिमा १ प्रतिशत रकम छुट्टयाई संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेको छ । धितोपत्र व्यवसायीको खुद नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउने र प्रमुख रुपमा उक्त कोषमार्फत् लगानीकर्ताको ज्ञान तथा सचेतना अभिबृद्धि गर्ने कार्यका लागि आवश्यक बजेटको व्यवस्था भई लगानीकर्ताका लागि धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन हुने भएकोले लगानीकर्ताले सूसुचित निर्णय लिन सहयोग पुगी लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

चन्द्रागिरी हिल्सको आईपीओः साढे ८ लाख बढीले भरे सेयर, एक अर्ब ७० करोडको आवेदन

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा हालसम्म अर्थात तीन दिनमै एक अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ८ लाख ६६ हजार ९२९ जना आवेदकले एक करोड ७० लाख ८७ हजार ४४० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १२ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरिरहेकाे छ । कम्पनीले गत पुस २४ गतेदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरेकाे हाे । चन्द्रागिरी हिल्समा लगानी गर्दा उचित प्रतिफल पाइने, यस्ता छन् कम्पनीका भावी योजना यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले पुस २४ गतेदेखि छिटोमा आगामी पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा माघ ९ गतेसम्म पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने छैनन् ।