यसरी गर्दैछन् मेयर बालेनले काठमाडौंको फोहोर व्यवस्थापन
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनलाई पनि उच्च प्राथमिकता दिएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । वर्षेनी फोहोरको समस्या व्यवस्थापनमा सकस हुँदैआएको महानगरलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाले महत्वका साथ हेरेको छ । मेयर बालेनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोरको पुनः प्रयोग र प्रशोधन गर्न श्रोतमा नै बर्गिकरण गर्ने व्यवस्था मिलाइने बताएका छन् । उनले कुहिने फोहोरलाई घरमै मल बनाउने महानगरवासिहरुका लागि सोही प्रयोजनमा लाग्ने शुल्क विशेष सहुलियत दिने प्रबन्ध मिलाइने, ३ प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैला (मल्टिपल स्वेल वेस्ट)को दिगो व्यवस्थापन गरिने बताएका छन् । उनले यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सो को प्राप्ति, स्थापना, विकास र सञ्चालनको कार्य गर्न एक छुट्टै परियोजना गठन गरी (जीरो वोस्ट) कार्यान्वयन अवधारणा कार्यान्वयन गर्ने नीति लिइने, फोहर वस्तुको संकलन, ढुवानी, प्रशोधन र पुनः प्रयोग तथा सो वाट उर्जा उत्पादनका लागिकाठमाडौं महानगरपालिका लगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा वेस्ट इन्र्जि प्लान्ट एबिलत जडान गर्ने नीति लिइने लगायतका कार्यक्रम ल्याएका छन् । यस्तै, महानगर क्षेत्रभित्रको फोहरमैलाको दीगो व्यवस्थापनको लागि फोहरको संकलन, ढुवानी र रुपान्तरण गर्न प्रतिस्पर्धात्मक विधिवाट कार्य अगाडी बढाइनेछ । वातावरण संरक्षण र प्रवर्धनका लागि वैज्ञानिक उपायहरु अवलम्बन गर्नुका साथै सम्मानित सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश कानुन वनाई कार्यान्वयन गरिने, चालिस माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगलाई निषेध गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्लास्टिक झोलाको सट्टा कपडा, जुट वा कागजको झोला उत्पदान, विक्रि वितरण र प्रयोगलाई प्रोत्साहन हुने किसिमका कार्यक्रमहरु संचालन गरिने, सार्वजनिक जग्गा, नदी किनार, सरकारी कार्यालय परिसरमा वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । सतप्रतिशत घरले जमिन नओगटेका क्षेत्रहरुमा एक घर एक रुख अभियान संचालन गरिने, महानगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको लगत राखिनेछ । सार्वजनिक जग्गाहरुको अतिक्रमण हटाई पार्क निर्माण गरिने विषयले पनि नीति तथा कार्यक्रममा प्राथमिकता पाएको छ ।
तिमी मलाई बिर्सिसक्यौ तर म बिर्सिनसकेन
हजारौं भिडमा तिमलाई मात्रै खोजिरहन्छ मेरो आखाले तर के गर्नु तिमीलाई पाउनसकेन सायद मेरो भाग्य खराब हुन सक्छ! राती सुत्दा तिमीसंग कुरा गरेर सुत्थे, बिहान उठ्दा तिम्रो अगाडि हुन्थे, बेलुका पनि तिम्रै नजिक हुन्थे तर तिमी मेरो भएनौ सायद मेरो भाग्य खराब थियो । राप र ताप सहेको कोईला हिरा बन्छ सहन नसक्नेहरूको नियति धुवाँमा परिणत हुने निश्चित छ । म अहिले पनि कहिले काँही भित्री मनबाट रून्छु र रूईदिन्छु तर के गर्नु तिमीले जति रूवाए नि तिमीसँग कुरा गरेको आद आईदिन्छ । बर्ष तिम्रै लागि संघर्ष गरे, हुन त दुईवर्ष मै सबले राम्रो भन्थे मलाई तर केही महिना पछि तिमीले मलाई छोडेर गयौ सायद मेरो भाग्य खराब हुन सक्छ । म तिमीलाई सधै आफ्नो जिन्दगी समझेर बसे तर तिमी मलाई केही समझेनौ । मैले तिमीलाई पाउनलाई धेरै संघर्ष गरे तर तिमी मेरो हुन सकेनौ सायद मेरो भाग्य खराब थियो। मैले तिमलाई पाउनलाई मेरो निन्द्रा हराईसकेको थियो तर तिमी मेरो भएनौ । म तिम्रो लागी मेरो घर, गाउँ, साथी सबै छोडे तर तिमी मेरो हुन्न सकेनौ । मैले जति माया दुनियाँमा कसैले कसैलाई गरेन । रोमियो र जुलियट, मदन र मुुना, नैना र रेशम भन्दा धेरै माया थियो तिमि प्रति मेरो तर तिमी मेरो भएनौ । जहाँ मैंले आफुले आफैलाई बिर्सिन्छु, त्यहाँ तिमीलाई सम्झिन्छु मेरो प्रिय जिन्दगी तिमी तर तिमी छोडेर गयौ । तिमीले मेरो इज्जतमा दाग लगाएको छौ तर जे होस हुन त चन्द्रमा पनि दाग थियो तर उनले यस्तो काम गरेको छ कि पुरा संसारको सामु अतिउत्तम बनेको छ । एउटा कुरा अवश्य छ भाग्य बदलन नसकुला तर मेहनत गरेर भविष्य बदलन सक्छु । रहर गुमाए, आफन्त गुमाए, घर गुमाए, म भित्रको अतिउतम मान्छे पनि गुमाए , तिम्रो लागि यो शहर आएर । म भित्र पनि कहानी थियो बर्षौ देखि लुकेको कहाँ जाउ कसलाई बताऊ तिमीले मलाई छोडेको । मेरे मस्तिष्कले जहिले नि सोचथ्यो मेरो संघर्षले तिमीलाई सजिलो पाउन सक्छु तर के गर्नु मेरो भाग्य खराब होला सायद तिमीलाई पाउन सकेन । दिनको उज्यालोमा घाम जस्तै म जहाँ पुगु त्यहीँ पछ्याउछन् । कहिलेकाँही बतासले रुख हल्लाएझै मुटुमा कम्पन लिएर आउछन् तर के गर्नु तिमी मेरो भएनौ । तिमीलाइ सँधै आफुभन्दा बढी माया गर्ने मान्छे तिम्रो साथी म नै थिए तर तिमी मेरो भएनौ । मेरै साथी तिमीलाई पाउनलाई असफलबाट सफल भए तर म सफलबाट असफल भए सायद तिमी मेरो भाग्यमा थिएनौ । मेरो सोना पाउने रहर थियो तर चाँदी पाए जे भएनी ठिकै छ । तिमी मेरो लागी प्रियभन्दा पनि प्राणप्रिय छौ तिमी बिर्सिसक्यौ तर म तिमीलाई बिर्सिन सकेन । जेहोस तिमीलाई पाउन पाँच वर्ष लागोस , सात बर्ष लागोस या जति बर्ष पनि लागोस म तिमीलाई पाएरै छोड्छु । तिमीलाइ सँधै आफैुभन्दा बढी माया गर्ने मान्छे तिम्रो साथी जयप्रकाश !
कमेडी हवमा डिशहोम फाईवरनेटको सह–प्रायोजन
काठमाडौं । डिशहोम फाईवरनेटले मिडियाहवको प्रस्तुती हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’ को सह – प्रायोजन गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ुकमेडी हवु माग्नेबुढा ९केदार घिमिरे० ले निर्देशन गरेका हुन । राम राजेन्द्र हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायतका हाँस्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रसारण भईसकेको छ ।