लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडान भदौ मसान्तसम्म बन्द

काठमाडाैं । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको बताइएकाे हाे । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि लामो  दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो । यस्तै, सरकारले आन्तरिक उडान पनि भदौ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि आन्तारिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि रोक लगाइएको थियो । त्यस्तै बैठकले रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।

राखी

कथा शिरानी माथी राखेको मोबाईलको धुन मेरोे कानमा गुन्जियो । अर्धनिन्द्रामै मोबाईल छामछुम गर्दै फोन उठाए । एक जना नारीको आवाज सुनियो । “दाइ तपाई कहाँ हो ? म त आई सकें त !” मैले अनकनाउँदै सोधेँ, अँ कहाँ जाने ? रिसाए जस्तो गरी उनले जवाफ दिइन् । ‘‘अझै उठ्नु भएको छैन ? अनि आज मन्दिर जाने भनेको हैन त । खुरुक्क उठ्नु । नुहाएर रेडी भइहाल्नु । नत्र म त बोल्दिन नि ।’’ मैले हस् भन्दै फोन राखेँ । फोन गर्ने ती नारी सगुन थिइन् । त्यो बिहान रक्षाबन्धनको दिन थियो । यहि दिन मेरो हातमा राखी बाँधेर दाजु बनाउने सगुनको ठूलो इच्छा थियो । फेसबुकमा हामी पुरानै साथी हौं तर उसको मेरो राम्रोसंग भेटघाट भएको धेरै समय भएको थिएन । भेट भएको केही दिनपछि उनले म्यासेन्जरमा सर नमस्कार भनिन् । मैले पनि नमस्कार फर्काए । उनले लेखिन– तपाई रिसाउनु हुन्न भने मेरो मनले स्वीकारेको कुरा भनुँ ? ‘‘म किन रिसाउनु ? भनन, के कुरा हो ?’’ च्याटमा जवाफ दिएँ। केही बेरपछि उनको जवाफ आयो । ‘तपाईसंग भेट भएदेखि मलाई केही गुमाएको वस्तु पाए जस्तो आभाष हुन्छ, किन–किन मेरो मनले तपाईलाई एउटै आमाको कोखबाट जन्मिएका दाजुबैनी हौं जस्तो महशुष गर्न थालेको छ । म त तपाईसंग भेटेर खुशी छु । एउटा अभिभावक पाएको छु । सर म तपाईलाई दाई भन्छु ल ?’ म ट्वाल्ल परेँ । आश्चार्य मानेँ । मनमनै सोच्न थालेँ । कस्तो खालको मान्छे रहिछ ! केही बेरपछि जवाफ दिएँ । ‘‘मलाई नयाँ नाता सम्बन्धहरू जोड्नु भनेको नाटक जस्तो लाग्छ । किन जोड्नु पर्यो नयाँ सम्बन्ध ? भएका सम्बन्धहरुलाई सुमधुर बनाउनु । तिमीले दाई भन्यौ भन्दै मैले बैनी भन्नै पर्छ भन्ने पनि छैन । ठट्टा नै गर्ने भएत जे–जे भन्दा पनि भयो ।’’ यति भनेर म किचेन तिर छिरें । फर्किदा सगुनले जवाफ पठाई सकेकी रहिछन् । लेखक ‘‘तपाईलाई नाटक लाग्ला तर मैले मनको कुरा भनेको हुँ । बैनी भन्नै पर्छ भन्ने बाध्यता छैन, तपाईलाई अप्यारो लाग्छ भने म पनि तपाईलाई दाई भन्दिन । मेरो मनमुटुले हजुरलाई दाईको रुपमा सजाई सकेको छ । म तपाईले जे भन्नु हुन्छ त्यही मान्छु तर तपाईसंग टाढिन सक्दिन । आफन्त भनेका सजिलोमा मात्र हुन, अप्ठ्यारोका लागि हैनन् । रगतका नाता भनेको कहरको हुँदो रहेछ, रहरको हैन । मनले भनोस वा नभनोस मुखले पुकार्न बाध्य भइन्छ । आफन्त, नातागोता धेरै होलान तर मेरो भवनालाई बुज्ने कोही छैनन् । मेरो भावना, दुःख, पीडालाई बुज्ने एक मात्र व्यक्ति तपाई मात्र हो । हामी बीच रगतको दाजु नभएता पनि तपाई मेरो हृदयले नै पुकारको दाजु हो । त्यो पनि तपाईलाई स्वीकारयोग्य छ भने । ००००० सगुनका लेखाईले मेरो मनमा दुविधा सिर्जना गरिदियो । उसका भावनाहरुलाई मैले मात्र बुज्न सक्छु भन्ने कुरा मलाई पत्यार लागेको थिएन । अझ कुनै कुनै बेला त ‘तपाई मेरो भगवान’ हो पनि भन्थिन् । उससंग मेरो गफ भन्दा अरु कुनै सहयोग लेनदेन भएको छैन । कसरी म उसका लागि विशेष मान्छे बन्न सक्छु ? मनमा धेरै प्रश्नहरु उब्जिन थालेका थिए । म उनले देखेको सपनाबाट उन्मुक्ति पाउने उपायहरु खोजिरहेको थिए । फेरी एउटा म्यासेज छोडिदिए । ‘‘तिमीले मेरो पृष्ठभूमिलाई राम्रोसँग चिनेकी पनि छौनौं होला । न त तिमीलाई मेरो अतित थाहा छ, न त जीवन भोगाईका केही पलहरु नै थाहा छ ? मलाई त तिम्रो पारिवारीक पृष्ठभूमि समेत केही थाहा छैन भने म कसरी तिम्रो दाइ हुन सक्छु ? नाता जोड्नु ठूलो कुरा हैन, टिकाउन सक्नु नै महानता हो । भावनाको नाताले निरन्तरता पाँउछ भन्ने कुनै ग्यारेन्टी छैन । लिक बिनाको रेल जुनसुकै बेला दुर्घटना हुन सक्छ । यदि यो यात्रा बीचमा नै टुट्छ भने, होस् यो नाटक किन गर्नु पर्यो ? मन मस्तिष्कमा बसिसकेको छापलाई मेटाउन गाह्रो हुन्छ । सगुनको मनमा पनि सौगात प्रतिको आफ्नोपन कहिले नमेटिने छाप बनिसकोको थियो । उसलाई झुक्किएर पनि सौगातबाट टाढा हुने मन थिएन । सौगातको दुःख र पीडालाई नजिकबाट नियाल्न चाहान्थिन् । सौगातले जे भने पनि मान्थिन् र विश्वास पनि गर्थिन् । सम्बन्ध जोड्ने नाटक नगरौ जस्तो सौगातको अभिव्यक्तिले सगुनको मन भारी भएर आउँथ्यो । मन भारी पारेर फोन गर्थिन र भन्थिन्–‘मैले तपाईलाई जे भने पनि नाटक जस्तो लाग्छ होला, मैले त मनको कुरा भनेको हुँ । मलाई बैनी भन्न सक्नु हुन्न भने नभन्नु । जबरजस्ती जोडेको नाताले निरन्तरता पाउन सक्दैन । सम्बन्धको आयु त्यहाँसम्मको हुन्छ, जहाँसम्म विश्वासको लहरा चुडिन्दैन । म विश्वासको लहरा कसिलो बनाउन चहान्छु । कदापि विश्वासघात गर्ने छैन । हजुर प्रति त्यही विश्वास भएर नै होला दाइ, जीवनका हरेक कुरा सेयर गरेको छु । मलाई मेरो जन्म दिने माता पिताको भन्दा नि हजुरको साथ प्यारो छ । म बुज्छु हजुरको पीडालाई, हजुरभित्र पनि रोदनहरु छन् । विश्वास नै लाग्दैन भने मैले के नै गर्न सक्छु । तपाईले गरेका बाजीहरु मैले जितेको छु । सगुनका भनाईहरुले मेरो पनि मनलाई पगाल्यो र मैले पनि उसलाई बैनी भनिदिएँ । रक्षाबन्धन नजिकदै थियो । त्यही दिन हातमा राखी बाँधेर दाजुबैनीको सम्बन्धलाई जीवन्त दिने हाम्रो सल्लाह भएको थियो । रक्षा बन्धनको दिन उनको पहिलो प्राथमिकता दाजुबैनीको सम्बन्ध जोड्नु थियो । शुद्ध सम्बन्धको लागि उनी आफू पनि नुहाएर निष्केकी थिएन । मलाई पनि पहिला उठेर नुहाउनु सम्झाइन् । ०००००

यस कारण खल्लो बन्यो ‘नेपाल आइडल सिजन-३’

काठमाडौं । हिजो राति अर्थात भदौ १२ गते शुक्रबार गीत संगितलाई मन पराउने संगितका पारखीहरु टीभी स्क्रिनमा झुम्मिएका थिए । आफुलाई नेपालको पहिलो रियालिटी सो भनेर दावी गर्ने नेपाल आइडल सिजन–३ को ग्राण्ड फिनाले थियो हिजो। त्यही ग्राण्ड फिनालेको प्रतिस्पर्धामा कसले कस्तो प्रस्तुती दिन्छ र प्रतिस्पर्धामा विजेता को बन्छ भनेर हेर्न आँतुर थिए संगितका पारखी । नेपाल आइडल सिजन–३ को फिनालेमा सिजन ३ का टप ३ (सज्जा,प्रविण र किरण) ले उदित नारायण झाको सम्झना बिर्सना गीतबाट सुरु गरेको ओपनिङ निकै दमदार बन्यो । रियालिटी सोका होष्ट अर्थात प्रस्तोता आशिफ शाह मात्र होइन जज न्यू बज्राचार्य, इन्दिरा जोशी र काली प्रसाद बास्कोटा पनि धेरे खुसी मुद्रामा देखिन्थे । तर, सधैँ भरिभराउ हुने दर्शक दिर्घामा भने यस पटकको सिजनमा खाली नै थियो । त्यसले भने कार्यक्रममा एक प्रकारको खल्लो महसुस अवश्य भएको हुनु पर्छ । कार्यक्रमको ओपनिङमै दमदार प्रस्तुती दिएका तीनै जनाको तिनै जना जजले खुलेर प्रशंसा गरे । कार्यक्रम आफ्नो सुरुमा अगाडि बढ्दै थियो । रियालिटी सोमा भाग लिएका अर्थात टप–१० ले आफ्नो धमकेदार प्रस्तुती दिँदै थिए । जजहरुबाट आर्शिवाद लिँदै प्रस्तुती दिने क्रम अन्तिम क्षणमा थियो । कार्यक्रमको अन्तिम तिर सिजनका टप–३ ले आ– आफ्नो प्रस्तुती पनि दिए । टीभी स्क्रीनमा झुम्मिएका स्रोता तथा दर्शकहरुको मनको ढुकढुकी पनि सायद बढ्दै गएको हुनु पर्छ । एपीवान टेलिभिजनको युटुवबाट लाइभ गरिएको कार्यक्रममा दर्शकहरुको संख्या पनि सेकेण्ड–सेकेण्डमा बढिरहेको थियो । को बन्ला ‘नेपाल आइडल सिजन ३ को विजेता ?’ यो प्रश्न आम–दर्शक तथा संगीतप्रेमीहरुको मनमा थियो । युटुव लाइभमा कमेन्टको ओइरो थियो । आफ्ना फेवराइट अर्थात मन पर्ने प्रतियोगीको नाम पनि लेखिरहेका थिए दर्शकहरुले । अन्तिममा तीन जनाले आफ्नो प्रस्तुती दिए । सबैको प्रस्तुतीले सबैलाई आनन्दित र मनोरञ्जन पनि प्रदान गर्यो । कार्यक्रमका प्रस्तोता आशिफ शाहले नेपाल आइडल सिजन ३ का टायटल स्पोन्सर कोकाकोला नेपालका कन्ट्री मोर्कटिङ म्यानेजर गौरव रामदेवको सन्देश रहेको भन्दै उनले गौरव रामदेवको भिडियो सन्देश बजाए । रामदेवको भिडियो सन्देश पनि सकियो । त्यस लगत्तै धेरे विज्ञापनहरु बजे । त्यतिसम्म दर्शकहरुले कति ढिला गरेको भन्दै कमेन्ट लेख्न समेत भ्याए । रामदेवको सन्देश भनेर पर्दा पछाडि गएका प्रस्तोता शाह लामो समयसम्म पनि टीभी स्क्रिनमा फर्केर आएनन् । त्यसपछि कार्यक्रमको प्रोमो बज्यो र भन्यो, ‘फेरि पनि यहाँहरुलाई नमस्कार । कोभिड–१९ को महामारीबाट नेपाल आइडल पनि अछुतो रहन सकेन । कोभिड–१९ को कारणबाट सिर्जित लकडाउन पालना गर्दै नेपाल आइडलका नयाँ इपिसोडहरुको छायांकन तथा प्रशारण रोकिन पुगेको यहाँहरुलाई अवगत नै छ । यसै सिलसिलामा ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुती सकिए पश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभको सूचना प्राप्त हुन आएकोले प्रस्ुतती पछिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धि तथा जजहरु आइसोलेसनमा जानु पर्ने बाध्यता आइलाग्यो भन्दै पुनः विज्ञापन बज्यो । अन्तिममा आए अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा । निराश मुद्रामा उपस्थित भएका थापाले धेरै भूमीका नबाँधेर सर्सती विजेताहरुको नामावली सुनाए । यसभन्दा अघिका इपिसोडहरुमा सबैभन्दा रामाञ्चक क्षण यही हुन्थ्यो । दर्शकहरुम नेपाल आइडल को बन्छ भने हुटहुट िपनि यही समयमा बट्थ्यो । तर, यसपालिको नेपाल आइडल सिजन–३मा भने त्यस्तो हुन पाएन । आम दर्शक स्रोताहरुले जुन क्षणका लागि पर्खेका थिए । त्यो पखाई सायद कार्यक्रम सँसँगै व्यर्थैमा खेर गएको महसुस दर्शक स्रोताहरुले पनि महसुस गरेको हुनु पर्छ । कार्यक्रमको अन्तिममा आएका थापाले नेपाल आइडल सिजन–३ का फष्ट रनरअप प्रविण बेडुवाल, नेपाल आइडल सिजन ३ का विजेता सज्जा चौलागाईँ र सेकेण्ड रनरअप किरण भएको घोषणा गरे । थापाले सज्जा चौलागाईँले ५० लाख रुपैयाँ, प्रविण बेडुवालले १० लाख रुपैयाँ र किरण कुमार भुजेलले ५ लाख रुपैयाँ पुरस्कार पाउने बताए र सबैलाई धन्यवाद दिँदै बिदा पनि मागे । कार्यक्रम सकिए लगत्तै दर्शकहरुमा कोरोना कसलाई देखियो भन्ने जिज्ञासा पनि उत्तिकै लागेको छ । स्रोतका अनुसार कार्यक्रमका प्रस्तोता आशिफ शाहलाई कोरोना पुष्टि भएको बुझिएको छ ।