नुवाकोटको त्रिवेणीधाममा माघ १६ गतेदेखि श्रीमद्भागवत महायज्ञ

काठमाडौ । नुवाकोटको त्रिवेणीधाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ । माघ १६ गतेदेखि २४ गतेसम्म त्रिवेणीधामको पूर्वाधार विकास र प्रचारप्रसारको उद्देश्य राखेर सप्ताह महायज्ञ आयोजना हुने महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाले महायज्ञको उद्देश्य र लक्ष्यबारे जानकारी गराएका हुन् । त्रिवेणीधाममा एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ महायज्ञ आयोजना गर्न लागिएको कथावाचक ईश्वरकृष्ण महाराजले बताए । उनले भने, नेपालमा धार्मिक क्षेत्रबाट पर्यटनको विकास गरी समृद्धि हासिल गर्न सम्भव छ । त्रिवेणी धार्मिक हिसाबले र आफैमा अति रमणीय पवित्र स्थान भएकोले सबैलाई एक पटक जान आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि तथा बौद्ध महासंघका उपाध्यक्ष धर्मगुरु खेम्पो कमल भण्डारीले महायज्ञमा माघ १६ र १७ गते मात्र प्रवचन दिने बताए । उनले नेपाल जात, धर्म र प्राकृतिक धरातलले विश्वमा प्रख्यात रहेको पनि जानकारी दिए । उनले विदेशबाट आउने पर्यटकहरु अधिकांश नेपालमा धार्मिक कारणले आउने गरेका बताए । उनले हिन्दु र बौद्ध धर्मको दृष्टि फरक भएपनि चर्या एउटै हुने उल्लेख गरेका छन् । त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले जानकारी दिइन् । उनले महायज्ञ मूल समारोह समितिका उक्त कार्यक्रममा प्रमुख अतिथिहरु हिन्दु धर्मका ईश्वर कृष्ण महाराज र बौद्ध धर्मका तर्फबाट खेम्पो कमल भण्डारी रहेका थिए । नुवाकोटको त्रिवेणी धाममा १ लाख पर्यटक भित्राउने योजना रहेको बताएका छन् । कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष श्रीराम कृष्ण थापाले महायज्ञका माध्यमले त्रिवेणीधामबारे विश्वभर जानकारी गराउने लक्ष्य राखिएको बताए । त्रिवेणी तीन खोला वा नदीको संगम भएकाले अति पवित्र पुण्य स्थानको रुपमा मानिने भएकाको नेपालमा मात्र नभएर पुरै विश्वमा नै यसबारे प्रचार हुनुपर्ने जानकारी दिए । थापाले उक्त स्थानमा धर्मशालाको निर्माण, विभिन्न देवीको देवताको मन्दिर निर्माण र ध्यान केन्द्रको निमार्ण तथा बौद्धमार्गीहरुको लागी गुम्बा निर्माण गर्ने कार्य हाल भइरहेको जानकारी दिएका छन् । महायज्ञबाट संकलित रकम त्रिवेणीधामको पूर्वाधार विकासमा खर्च हुने उल्लेख गरे । त्रिवेणी धाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले उक्त धाममा सबैलाई एकपटक आई धार्मिक कार्यमा सहयोग गर्न आग्रह गरिन् । उनले धामको महत्वबारे प्रकाश पारेकी थिइन् । महायज्ञ मूल समारोह समितिका उपाध्यक्ष रमेश कुमार पाठकले नेपाल र नेपालको पनि त्रिवेणी बनाउन त्रिवेणीधामले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्रिवेणीधामको महायज्ञले सबै पार्टीलाई पनि एकताको शुत्रमा बाँकी विकासको काममा अघि बढाउने आशा बढेको बताए । नेपाल कम्युनिष्ट पार्टी संघिय क्षेत्र न. १ का अध्यक्ष पदम उप्रेतीले सबै धर्मको प्रतिमा स्थापना गर्दै सम्पुर्ण जाती धर्मलाई संगै अगाडि लानुपर्ने उल्लेख गरेका छन् । उनले धार्मिक सहिष्णुता राख्दै समृद्ध नुवाकोट, समृद्ध शिवपुरी हुनेमा उक्त महायज्ञ कोषेढुंगा हुने आशा व्यक्त गरे । समृद्ध नेपाल हुनमा सबैको भुमिका हुने भन्दै महायज्ञले त्यस दिशातर्फ प्रेरित गर्ने बताए ।

प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एसाेसिएशनबीच सम्झौता

काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एसाेसिएशन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रज्ञा–प्रतिष्ठानका  कुलपति गङ्गाप्रसाद उप्रेती र एसोसिएशनका  उपाध्यक्ष अलमौनले  हस्ताक्षर गरेका हुन्। इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो । सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानमा सहयोग पुर्याउने विश्वास लिइएको कुलपति उप्रेतीले बताए ।रासस  

हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गर्न चिकित्सककाे आग्रह

नेपालगञ्ज । चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् । बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको कूल एकलाख ७३ हजार ७ सय ९४ जनसङ्ख्यामध्ये एकलाख ४५ हजारले यो औषधि सेवन गर्ने लक्ष्य लिइएको छ । यसपटक औषधि खुवाउन विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति, गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्न सक्ने स्वास्थ्यकर्मीले जनाएका छन् । स्थानीय तहले सम्पूर्ण घरमा पुग्नका लागि आवश्यकताअनुसार योजना बनाएर समय निर्धारण गर्न सक्छन् । औषधि सेवनपछि रोगको सङ्क्रमण भएका व्यक्तिमा सामान्य असर देखिने भन्दै स्वास्थ्यकर्मीले निर्धक्कसँग औषधि सेवन गर्न सबैमा अनुरोध गरेका छन् । भेरी अस्पतालका डा. खगेनद्रजङ्ग शाह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, दुर्गा गौतमले औषधि निर्धक्कसँग खान सबैलाई अपिल गरे । आधारभूत स्वास्थ्य केन्द्र स्थापना खजुरा गाउँपालिका–४ को इ–गाउँको चोकमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यसअघि यो वडाका जनताले कपास विकास समिति नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिँदै आएका थिए । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले केन्द्रको उद्घाटन गर्दै गाउँपालिकालाई स्वास्थ्य, शिक्षा र खेलकूदका हब बनाउने बताएका छन् ।