ग्लोबल आइएमईले गर्यो निःशुल्क आँखा शिविर, औषधी र चश्मा वितरण
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैशाख १४ गते सुनसरी जिल्ला, कोशी गाउँपालिका वडा नं. ३, जमुवा चोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । ग्लोबल आइएमई बैंकको इटहरी शाखाको आयोजना र बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा जाँच शिविर सम्पन्न भएको हो । बैंकको तर्फबाट आँखाका रोगीहरुलाई निःशुल्क औषधि तथा दृिष्ट दोष भएका बिरामीहरुलाई निःशुल्क चश्मा समेत बितरण गरिएको छ । उक्त शिविरमा मोतीबिन्दु भएका आँखाका बिरामीहरुको बिराटनगर आँखा अस्पताल, बिराटनगरमा निःशुल्क शल्यक्रिया पनि गरिएको छ । निम्न आयस्तर भएका तथा अति पिछडिएका बिरामीहरुलाई लक्षित गरी उक्त आँखा शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ ।
कलङ्कीमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू, जथाभावी यात्रु चढाउन र ओराल्न नपाइने
काठमाडौँ । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि उक्त व्यवस्था लागू गरिएको जानकारी दिए । “पिक एण्ड ड्रप व्यवस्था लागूसँगै कलङ्की क्षेत्रमा हुने सवारी जाम कम हुने विश्वास हामीले लिएका छौँ,”–उनले भने । महाशाखाले यसअघि रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गरेको थियो । महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि तीन महीने कार्ययोजना बनाएर कामसमेत शुरु गरिसकेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा चैत २१ देखि शुरु भएको तीन महीने कार्ययोजनाअन्तर्गत उपत्यकाका करिडोर, जेब्राक्रसिङ र आकाशे पुल निर्माण गर्नाका साथै सवारी साधनको प्रदूषण जाँचलगायत काम ट्राफिक प्रहरीले गर्दै आएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । रासस कलंकीमा अब गाडी रोक्न पाइदैन, कुन रुटका गाडी कहाँ रोक्ने ? (सूची सहित)
‘वाईवाई ग्लोकल टिन हिरो’को पाँचौ संस्करणका लागि आवेदन खुला, १८ वर्ष मुनिकाले भर्न पाउने
काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’को पाँचौ संस्करणका लागि आवेदनको आह्वान गरिएको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन यस कार्यक्रमको आयोजना गरिएको हो । यस मन्चमार्फत किशोर÷किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर/किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ । समर्पित र रचनात्मक किशोर/किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो पाँचौ वर्ष हो । यस कार्यक्रम १३ देखी १८ वर्ष मुनिकाले भाग लिन पाउने छन् । यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउने उद्देश्यले काठमाडौं उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, हेटौँडा भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न ४० सहरहरुमा ग्लोकल समूह लगाएत गत वर्षका टिन हिरो जाने भएको छ । ‘हामी नेपालको ७०० वटा स्कूलहरुमा पुग्ने छौ र ८ देखि १२ कक्षाका ८०००० विद्यार्थीहरुलाई मौका र मन्च प्रदान गर्ने छ’ ग्लोकल प्रा.ली. कार्यक्रारी आशिष ठाकुरले बताए । पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्क्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिनेछ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०१९ को बिजेता घोषणा गरिनेछ । ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर÷किशोरीहरुसँग पनि विभिन्न क्षमता छ । उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्चन नभएको कारण उनीहरुलाई आफ्नो र देशको विकास गर्न एक मौका र मन्च प्रदान गर्ने उदेश्यले यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’ ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले बताए । ग्लोकल टिन हिरो २०१९ को पुरस्कार समारोह सेप्तेम्बेर १,२०१९ मा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो । यस वर्ष ग्लोकल टिन हिरोको आवेदन ४ मे,२०१९ बाट खुल्ने छ र अनलाइन आवेदन निशुल्क भर्न सकिन्छ । यो सम्मेलन किशोरकिशोरीहरुको आफ्नो हितको प्रमाणित मुद्दा, राष्ट्रिय विकासका बाधा र जनेरेस्नल बाधाहरु बुझ्न अधिकारिक रुपमा छलफल गर्न अवसर हो । यस सम्मेलनले विभिन्न राष्ट्र जस्तै भारत, बंगलादेश, नेपाल, जमैका, मलावी, भिएतनाम, घानाआदिका किशोर किशोरीहरुको विचार, अनुभव, भोगाईहरुलाई प्यानल छलफलमार्फत प्रदर्शन गरिनेछ ।