यसपालीको दशैंमा मोबाइल किन्नेलाई कस्तो आउला अफर ?

काठमाडौ । अहिले हिन्दुहरुको महान चाड विजया दशमी नजिकिदै गइरहेको छ । यो बेला विगतका वर्षहरुमा सामानहरु धमाधम आयात भइरहेका हुन्थे । तर अहिको वर्ष अलि फरक छ । किनभने दशैं घर आगँनमा आएपनि विश्व नै कोरोना महामारीको त्रासबाट गुज्रिरहेको छ । एककातिर कोरोना महामारीको त्रास छ भने अर्कोतिर दशैले छोप्दै छ । ठिक यही बेलामा मोेवाइल कम्पनीहरुले के गर्छै छन् ? कस्तो स्कीम ल्याउँदै छन् त ? लामो समयत लकडाउन हुँदा मोवाइलको किनबेच ठप्प भयो । साथै, लकडाउन खुलेसँगै एकाएक व्यापारमा वृद्धी हुन पुग्यो । पुन अहिले बजारमा मोवाइलका माग समान्य नै रहेको व्यापारीहरु बताउँछन् । आयात गर्न नाका सहज तर उत्पादनमै समस्या मोवाइल फोन आयात गर्न नाकामा आफूहरुलाई सहज भएको मोवाइल बिक्रेताहरु बताउछन् । तर अहिले मोवाइल फोनको उत्पादनमा नै केही कमी भएकोले आयातमा सामान्य समस्या हुने गरेको छ । भिभो मोवाइलका डिजिटल म्यानेजर पियुष गिरीका अनुसार आयातको लागि अहिले धेरै समस्या छैन । तर मोवाइल कम्पनीहरुले उत्पादन नै कम गरेको अवस्थामा मोवाइल फोन ल्याउन ढिलाइ हुने गरेको छ । ‘हामी त मोवाइल फोन कै बिक्री गर्ने मान्छे, धेरै बिकोस् भन्ने त लाग्छ नै, अहिले दशैको बेला भएपनि पहिलेको भन्दा फरक बेला छ, कोरोना महामारीका कारण हामीले ग्राहकहरुलाई सुरक्षित रहेर मात्र मोवाइल फोन किन्न भन्छौं, किनकि महामारीको समयमा सबै जोगिएर किनबेच गर्नु पर्छ’, भिभो मोवाइलका मार्केटिङ्ग म्यानेजर गिरीले विकान्यूजसँग भने । लकडाउनको समयमा पनि मोवाइल तथा कम्प्युटर धेरेको साथी बन्ने गरेको छ । लकडाउन खुल्ने बित्तिकै एकाएक मोवाइलको माग बढेको पनि हो । सरकारले पनि अनलाइन माध्यमबाट अध्ययन अध्यापन गराउन भनेपछि मोबाइल तथा ल्यापटपको माग धेरै बढेको छ । तर अहिलेको दशै विगतका वर्षमा जस्तो हेरेर किन्न त्यति सहज छैन । अहिले कार्यालय, विद्यालय भर्चुअल्ली संचालन भइरहेका छन् । सोही कारण ग्राहकहरुले मोवाइल फोन तथा अन्य किनमेल अनलाइनबाटै गर्ने सम्भावनापनि अधिकतम छ । के होला दशै अफर ? पहिले पहिले मोवाइल फोन ग्राहकले हेरेर चलाएर पैसा बुझाउनु पथ्र्यो । त्यस्तो अवसरमा मोवाइल कम्पनीहरुले विभिन्न किसिमका केही घोषित तथा अघोषित गिफ्टहरु दिन्थे । तर अब अनलाइनबाटै मोवाइल अर्डर गर्दा पनि ग्राहकहरुले गिफ्टहरु पाउँने सम्भावना छ । मोवाइल बिक्रेताहरुले यसपालीको दशैमा पनि विभिन्न किसिमका अफरहरु आउने बताएका छन् । उक्त अफरहरु भने आगामी सातामा सार्वजनिक हुने जानकारी दिएका छन् । कोरोना महामारीले अहिले मोवाइल रहरले भन्दापनि आवश्यकताले किन्ने बेला हो भन्ने देखाएको छ । तर आवश्यकतामा काम लाग्ने र भरपर्दो साथी भएकाले मोवाइलको अपरिहार्यता झनै बढेको छ ।

स्मार्टडाेकाेबाट सामसङ ग्यालेक्सी जेड फोल्ड २ काे प्रि–बुकिङ्ग गर्न सकिने

काठमाडौं । अनलाइन स्टाेर स्मार्टडाेकाेले सामसङ ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ्ग खुला गरेकाे छ । स्मार्टडाेकाेले सामसङकाे २ लाख ४९ हजार ९ सय ९९ मा यस स्मार्टफाेनकाे प्रि–बुकिङ्ग खुला  गरेकाे हाे । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन तपाईले हात वेभ गर्दा शुट हुन्छ । यस स्मार्टफाेन प्रि–बुकिङ्ग गर्दा १९ हजार ९ सय ९९ मुल्यको सामसङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाइनुकाे साथै ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि पाउनेछन् । ग्यालेक्सी जेड फोल्ड २ प्रि–बुक  यस लिंक  मा गएर गर्ने सकिनेछ । ग्राहकहरुले ५ हजार प्रि–बुकिङ्गको लागि भुक्तानी गर्नुपर्ने छ र बाँकी ह्यान्डसेट पाएपछि भुक्तानि गर्नुपर्ने छ । ‘अगिल्लो समयहरुमा सामसङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यस ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराईनेछ ।’, आईएमएस ग्रुपका अध्यक्ष तथा सिइअाे दिकेश मल्होत्राले बताए । स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गते सम्म मात्र खुल्ला गरिएको कम्पिनले जनाएकाे छ ।

एनसेलकाे ‘कुरै कुरामा उपहार’ योजना: जति धेरै कुराकानी त्यतिनै धेरै उपहार

काठमाडौं । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गरी दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्नेछन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहककालागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् । दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विषेशताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना आइतबार (असोज १८) देखि लागु भई आठ हप्ता अर्थात मंसिर १३ सम्म कायम रहनेछ । चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागि हुन सक्नेछन् । यस योजनामा सहभागि हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसिमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजना अन्तर्गतको उपहार जित्न योग्य हुनेछन् । यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई रु २०० बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम वान एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन् । एनसेल आजियाटा लिमिटेडका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले यस योजनाका बारेमा उस्ताह साट्दै भने, “चाडपर्वको सुरुवातसँगै यो वर्षको सबै भन्दा रमाईलो समयको आगमन भएको छ । यो वर्ष महामारीले लामो समयसम्म हामीलाई हाम्रा प्रियजन तथा आफन्तहरुबाट टाढा राखेकोले चाडपर्व अझ विषेश हुनेछ जसले गर्दा हाम्रा प्रियजनहरुसँग सम्पर्कमा रही रहनु अझ महत्वपूर्ण हुन्छ । यही कारणले गर्दा हाम्रा गाहकहरुलाई आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रही रहन ‘कुरै कुरामा उपहार’ योजना ल्याएका छौं । भ्वाइस टक टाइम र आकर्षक उपहारहरुले चाडपर्वलाई थप रमाईलो बनाउनेमा हामी विश्वस्त छौं ।” यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरु मध्य प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिइनेछ । दैनिक उपहार अन्तर्गत ग्राहकले रु २०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन् । साप्ताहिक उपहारमा साताभरी धेरै कुरा गर्ने ग्राहकहरु मध्य सातै प्रदेशका १÷१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिनेछ । प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सि एम०१एस ह्याण्डसेट उपहार स्वरुप प्राप्त गर्नेछन् । त्यसैगरी यो योजना अवधिभर सबै भन्दा बढि मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन् । बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ । यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ । साप्ताहिक चक्र आइतबारसुरु भई शनिबार समाप्त हुनेछ । दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणिकरण प्रक्रिया अपनाई सिमको वास्तविक ग्राहकहरुलाई मात्र उपहार हस्तानतरण गर्नेछ ।