लकडाउनमा पढाइः अनलाइन क्लास कसरी लिने ?
एक्कासौ शताब्दीमा सुचना प्रबिधिले ठुलै फड्को मारेको छ । कालो डसको कमाण्ड लाइनदेखि लिनक्सका अफ्ठेरो कोड अनि ६४ एमबिको र्याम अनि बिल गेट्सले नै १९८० ताका ६४० केबि र्याम नै पर्याप्त हुन्छ भनेका पनि थिए। कुनै बेला र्याम एउटा निश्चित एकाइमा पुगेपछि थप्नु पर्दैन भन्ने कुरा जुन आज आएर ८ जीबीसम्म बजारमा पाउन थाल्यो । आवश्यकताअनुसार १६ जिबी ३२ जिबी पनि पर्सनल कम्प्युटरको मागमा आउन थाल्यो । गेमिंग सिस्टम अनि सर्भरमा र्यामको प्रयोग धेरै नै हुन्छ, आवश्यकता अनुसार कस्टमाइजेसन गरेर ब्रान्डेड वा एसेम्बल्ड सिस्टम किन्न पनि पाइन्छ, साथै ल्यापटप नयाँ किन्दासमेत र्याम थपेर अनि हार्ड डिस्क ड्राइभको सट्टामा सोलिड इस्टेट ड्राइभ परिवर्तन गरेर लिन सकिन्छ । प्रबिधिसंग जोडिएका सबै कुरालाइ येही प्रबिधिले परिमार्जन गर्दै आएको छ । भर्सनहरुको अपडेट, नयाँ सफ्टवेयर, समय समयमा अपडेट हुने मोबाइलका अपरेटिंग सिस्टम अनि हिजो महँगो पर्ने ल्यापटप, कम्प्युटर, र्याम, हार्डडिस्क आदि आजकल सस्तोमा साथै ठुलो समुदायमा खरिद योग्य हुदै गएको छ । आज कम्प्युटरले धेरैनै क्षेत्रलाइ ठुलो सहयोग गरेको छ । कम्प्युटर भन्नाले डेस्कटप कम्प्युटर मात्र नभई ल्यापटप, स्मार्ट मोबाइल फोन, साथै कम्प्युटरकृत ठुला ठुला परियोजनाका मेसिन अनि स्वचालित इन्जिन आदि पनि हुन् जसले डाटाहरुलाई निक्कैनै द्रुत गतिले प्रोसेस गर्दछन । र्याम कम वा धेरै चाहिने हो भन्ने कुरा येहि डाटा प्रोसेस गर्नको लागि हुने प्रक्रियाले निर्धारण गर्दछ । एक स्तरमा चली रहेको सुचना प्रबिधिको प्रयोगलाई कोरोना भाइरस माहामारीको लक् डाउनले यसै प्रबिधिलाइ अनेक तरिकाले प्रयोग गर्न सकियो । यो फेशबुक, इन्सटाग्राम, टिकटक वा भनौ सोसल मिडियामा मात्र सिमित नरही वा व्यक्तिगत च्याट, भिडियो कलिंग, व्हाट्सयाप, भाइबर, इमो वा इस्काईप देखि अलग्गै पनि संसार छ भनेर प्रस्तुत गर्न थाल्यो । गुगलको ह्यांगआउट (गुगल मिट), माइक्रोसफ्टको टिम (इस्काईप), भिडियो कन्फ्रेंशकलिंग कल गर्ने जुमका युजरहरु रातारात बढ्न थाले । वर्कफ्रम होम : सुरु सुरमा नेपालमा खासै प्रयोग नभएपनि सन् २०२० को मार्च महिना देखि वर्क फ्रम होमले निक्कै नै प्राथमिकता पायो । वर्क फ्रम होम कुनै नयाँ शब्द भने अवश्य थिएन । नेपालमै पनि केहि संस्थाहरुले यसलाई शुरु देखि नै अङ्गीकार गर्दै लागेका थिए । एन सेल, स्ट्यानडर्ड चार्टर्ड बैंक आदिले यसलाई शुरुदेखि नै प्राथमिकता दिदै आएका थिए । वर्डप्रेसका संस्थापक म्याट मुलेंवेगले यसबिषयमा २०१९ फेब्रुअरी ५ मा टेड टक मार्फत एउटा भाषणमा वर्क फ्रम होमको बारेमा निक्कै रोचक कुरा भनेका थिए जुन भिडियो १८ लाख ८६ हजार भन्दा बढी पटक हेरिएको छ, अहिले आएर संसारको हरेक कुना कुनामा वर्क फ्रम होमको विकास गइरहेको हुदैछ । वर्क फ्रम होमलाई अबको दिनमा नेपालमा पनि यसै अनुसार केहि परिमार्जन गर्दै लैजाने हो भने त्यसले उत्पादकतामा राम्रो परिणाम लिएर आउन सक्छ । जब वर्क फर्म होमको विकास र बिस्तार यसरी हुदै जान्छ भने स्टडी फ्रम होमले पनि स्थानपाउने छ । स्टडी फ्रम होम : जब कुनै पनि अफिशमा काम गर्ने व्यक्तिले घरमै वा कुनै स्थानमा बसेर काम गर्न सक्छभने बिध्यालय, कलेज अनिकुनैपनि शैक्षिक संस्थाले येही कुरालाइ केहि हद सम्म अगाडी बढाएर स्टडी फ्रम होमको अबधारणालाइ मुर्त रुप दिन पनि सक्नेछन । अनलाइनबाट क्लास गराउने, होमवर्क दिने, चेक गर्ने, हाजिरीगर्ने, भिडियो कल र कन्फ्रेंस मार्फत बिद्यार्थीले शिक्षकलाइ सोध्ने, शिक्षकले बिद्यार्थीलाइ सोध्ने, आदि गर्न पनि सकिन्छ । त्यसले गर्दा शुरु शुरुमाअसहजपर्न सक्ला तर यसले फाइदा भने अवश्य पुर्याउछ । नेपालमा यो कुरा नयाँ नै हो भन्ने छैन । लक् डाउनको अवस्थामा पनि शुरु देखि नै ब्रिटिश कलेजले आफ्ना बिद्यार्थीका लागि अनलाइन मार्फत कक्षा संचलान गर्न थाल्यो । यहि कुरा लाई केहि अन्य कलेज तथा शैक्षिक संस्थाहरुले अंगीकार गर्दै अनलाइन मार्फत कक्षाहरु संचालनमा लिएर आइरहेकाछन् । अनलाइन मार्फत कक्षा र अनलाइन पठनपाठन भिन्नै कुरा भने हैनन तर अनलाइन कक्षा भन्नाले अनलाइन मार्फत पढाउने अनि अनलाइन पठन पाठन भन्नाले भौतिक कक्षाजस्तै हाजिर गर्ने, होमवर्क दिने, आदि पर्दछन । अनलाइन कक्षा कसरी संचालन गर्ने? इन्टरनेट मार्फत गुगल क्लासरुम, मुडल, माइक्रोसफ्ट टिम्स, ब्लाकबोर्ड अनि तेस्तै केहि अन्य ई-लर्निंग म्यानेजमेन्ट सिस्टमको प्रयोगबाट अनलाइन कक्षासंचलान गर्न सकिन्छ । भिडियो कन्फ्रेंसिंग गर्ने योग्य भएको इन्टरनेट स्पिडबाट सजिलै संग यस्ता कक्षासंचालन गरिन्छ । जसमा बिद्यार्थी र शिक्षक बीचमा हुने हरेक क्रियाकलापलाइ यस्ता लर्निंग म्यानेजमेन्टका प्लाटफर्मले सहज बनाउछन । बिकशित राष्ट्रतिर फर्केर हेर्ने हो भने मुडल, ब्लाकबोर्ड, क्यानभास आदिले आफ्नो प्रभुत्व जमाई सकेकाछन । माइक्रोसफ्टले आफ्नो प्रडक्ट माइक्रोसफ्ट टिम्स मार्फत यस्तो लर्निंग म्याजेंमेंटको सिस्टम उपलब्ध गराउछ । येडोबले पनि येडोब क्यापटिभेट मार्फत लर्निंग म्यानेजमेन्ट सिस्टम संचलान गर्न सहयोग पुर्याउछ । लर्निंग म्यानेजमेन्ट सिस्टम कुनै ओपन सोर्स पनि हुन्छन जसलाई आफ्नै सर्भरमा होस्ट गर्नु पर्दछ भने कुनै फ्रिमियम मोडलका हुन्छन भने कुनै लाइसेन्स भर्सन हुन्छन जसलाई बार्षिक रुपमा केहि रकम बुझाउनु पर्ने हुन्छ । यस्ता लर्निंग म्यानेजमेन्ट सिस्टमले होमवर्क दिने, त्यसका बारेमा जानकारी लिने, बिद्यार्थीहरुलाइ ग्रेडिंग गर्ने, विध्यार्थी र शिक्षक बिचमा कम्युनिकेसन, रिपोर्टको ओर्जिनालिटी हेर्ने, कही बाट कपि गरेको हो कि, हुबहु सारेको हो कि, त्यसको सोर्स हेर्ने, कुनै पनि शुरु गरेको कोर्सलाइ कोर्स सकिएपछि आर्काइभ गर्ने, मोबाइल याप्सबाट एक्सेस गर्न सकिने प्राबधान मिलाइएको हुन्छ, परीक्षा बनाउन सकिने, अभिभावकलाइ जोड्ने अनि अभिभावकले दैनिक वा साप्ताहिक रुपमा बिद्यार्थीको रिपोर्ट हर्न सक्ने, शिक्षकले क्लास वा कोर्स बनाउने सक्ने, क्लास वा कोर्स मै प्रस्नोतर गर्ने, कुन कुन बिद्यार्थीले गृहकार्य गरेको नगरेको आदि जस्ता धेरैनै फिचर हुन्छन, साथै मोड्युल अनुसार के के फिचर लिने भन्ने पनि आफै निर्धारण गर्न सकिन्छ । लर्निंग म्यानेजमेन्ट सिस्टम मार्फत कक्षा, ट्रेनिंग, परीक्षा साथै सर्टिफिकेटहरु बनाउन सकिने हुन्छ । यस्तो लर्निंग म्यानेजमेन्ट सिस्टममा विभिन्न युजर रोलहरु हुन्छ जसले गर्दा कुन कक्षामा के भैरहेको छ, कस्तो पर्फर्मनेंस छ, कक्षाकोफ्लो कस्तो जादै छ भन्ने बिषयमा एडमिनका रोल अनुसार हेर्ने प्राबधान हुन्छ । लर्निंग म्यानेजमेन्ट सिस्टमले शिक्षक वा प्रशिक्षकलाइ सजिलो तरिकाले बिषयबस्तुको कन्टेन्ट बनाउने, बिद्यार्थीलाइ मनिटर गर्ने, छलफलहरुको लागि प्राबधान मिलाउने, भिडियो कन्फ्रेंसिंगहरु संचलान गर्न सक्ने व्यवस्था मिलाउछ । सास(SaaS सफ्टवेयर एज अ सर्भिस) मा आधारित लर्निंग म्यानेजमेन्ट सिस्टम क्लाउडमा होस्ट भएको हुन्छ सफ्टवेयर एज अ सर्भिसका सबै प्लाटफर्महरू क्लाउडमा होस्ट भएका हुन्छन जसले गर्दा ग्लोबल एक्सेस मार्फत सि डी यन टेक्नोलोजीमा आधारित भै नजिकको सर्भर लोकेसन मार्फत एक्सेस गर्न सकिन्छ । ओपन सोर्स लर्निंग म्यानेजमेन्ट सिस्टमका कोडलाइ आफ्नै लोकल वा कुनै पनि रिमोट सर्भरमा आफ्नो आवश्यकता अनुसारको र्याम, अपटाइम, डिस्क स्पेसछानेर भी पी यस सर्भरमा होस्ट गरि संचालन सकिन्छ, गुगल क्लासरुम, माइक्रोसफ्ट क्लासरुम जस्ता अरु विभिन्न सब्स्क्रिप्सन बेस्ड या फ्रिमियम (बेग्ला बेग्लै प्लान मद्धे कुनै एक निशुल्क र अन्य शुल्क लाग्ने) बेस्ड लर्निंग म्यानेजमेन्ट सिस्टमको सब्स्क्रिप्सनहरु निश्चित माशिक वा बार्षिक रकम तिरेर मात्र लिन सकिन्छ । गुगल क्लासरुम: गुगलले गुगल क्लासरुम को प्रिभिउ ६ मे २०१४ मा आफ्नो जी सुइट अन्तर्गत गुगल येजुकेसनमा उपलब्ध गरायो, अनि २०१७ मा सबै गुगल युजरका लागि खुल्ला गरिदियो साथै सोहि वर्ष अप्रिलमा सबै गुगल युजरलाइ क्लास बनाउन र कक्षा संचालन गर्ने प्राबधान मिलायो । गुगल क्लासरुमले गुगल ड्राइभ, गुगल डक्स, गुगल शिट्स, अनि जिमेल सबैलाई मिलाएर शैक्षिक संस्थालाइ पेपरलेस बनाउन सक्ने बनायो । गुगल क्लासरुमका कक्षाहरु स्वत गुगल ड्राइभमा आएर कोर्स र क्लास अनुसार फोल्डरहरु बनेर बस्छ। माइक्रोसफ्ट क्लास रुम : माइक्रोसफ्ट टिम मार्फत संचालन गर्न सकिने माइक्रोसफ्ट क्लासरुम बिद्यार्थी र शिक्षक बीचमा होमवर्क हेर्ने, परिमार्जन गर्ने, अनि येसाइनमेन्टको वर्कफ्लो हेर्न सकिने हुन्छ । यसै मार्फत माइक्रोसफ्टको क्लाउडड्राइभ, वान नोट, आउटलुक क्यालेन्डर, इभेन्ट र रिमांईडर निश्चित गर्न सकिने छन् । माइक्रोसफ्ट क्लासरुम संचालन गर्न अफिश ३६५ को शैक्षिक सब्सक्रिप्सन हुनु पर्दछ । मुडल : मुडल ओपन सोर्स लर्निंग म्यानेजमेन्ट सिस्टम हो, जुन आफुलाइ चाहिए जस्तै गरि परिमार्जन गर्न सकिन्छ । तर त्यसका लागि केहि अतिरिक्त ज्ञानको आवश्यकता भने पर्दछ । आफ्नै सर्भरमा होस्ट गर्ने वा आफ्नै स्कुल कलेजमा होस्ट गर्ने समेत गर्न सकिन्छ । जति नजिकको सर्भर लोकेसनमा होस्ट गर्यो यो एक्सेस गर्न त्यतिनै सजिलो र छिटो हुन्छ । बिद्यार्थीको वा युजरहरुको संख्याको आधारमा यसको लोड क्यालकुलेसन गरेर यसलाई कस्टम सर्भरमा राख्न सकिन्छ । मुडल विन्डोज बेस्ड वा वेब बेस्ड इन्स्टलरमा पनि उपलब्ध छ । जसले केहि क्लिकको भरमा नै त्यसलाई इन्स्टल गर्ने ब्यवस्था मिलाई दिन्छ । मुडल, माइक्रोसफ्ट टिम्स, गुगल क्लासरुम जस्तै अन्य विभिन्न लर्निंग म्यानेजमेन्ट सिस्टमका सास बेस्ड, फ्रिमियम बेस्ड र ओपन सोर्स बेस्ड टुलहरु उपलब्ध छन् । एड मोड़ो यल यम यस (Edmodo LMS) टिचर (Teacher) ड्यास बोर्ड ३६५ (Dashboard 365), ट्यालेन्ट यल यम यस (Talent LMS), क्लास लाईफ (Classlife), ब्राइट स्पेस (Brightspace), स्कुलोजी (Schoology)लर्न ड्यास (LearnDash), सि स यल यम यस (Seesaw) LMS, लर्न अपन (LearnUpon), प्लान टुस (Plantoost), टिचेबल Teachable आदि छन् जुन आवश्यकता अनुसार उपयोग गरि अनलाइन क्लासरुम संचालन गर्न सकिन्छ । (लेखक सुचना प्रबिधिका विद्यार्थी हुन्)
एनआईसी एशियाका ग्राहकले विभिन्न अनलाइनबाट सामान किन्दा १० प्रतिशत छुट पाउने
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ छुट पाउने भएका छन् । दराज अनलाईनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरोकिराना तथा सेन्ट्रल बजार मार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा सो मात्राको छुट पाउने भएका हुन् । जसको लागि बैंक र उक्त चार वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको छ । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा छुट प्राप्त गर्न सक्नेछन् । लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ । यसका साथै यस बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो ।
एनसेल अफरः अन्तर्राष्ट्रिय कलको दरमा छुट, डिजिटल सेवाहरु सित्तैमा लिन पाइने
काठमाडौं । एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्नेछन् र विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क प्रयोग गर्न सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले बैशाख १ गते (सोमबार) आफ्ना ग्राहककालागि दुई आकर्षक योजनाहरु ल्याएको घोषणा गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभदरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको छ । त्यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ । न्यु इयर अफर अन्तर्गत ग्राहकले विश्वको १५ मुलुकमा अन्तर्राष्ट्रिय कल अब मात्र रु २.४९ प्रति मिनेट (कर सहित रु ३.१८) मा गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् । ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी वा अंग्रेजीमा ठुलो ए लेखि १७१०७ मा एसएमएस पठाएर पनि यो योजनाको लाभ लिन सक्नेछन् । यो योजना १ महिनाको लागि मान्य रहनेछ । नयाँ वर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु जस्तै गीत म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवा पनि १ महिनाको लागि निःशुल्क गरेको छ । गीत म्युजिक एप एनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक संगीतिक एप सेवा हो जहाँ ग्राहकले विभिन्न नेपाली गीतहरु सुन्दै आनन्द लिन सक्छन् । यो एप सुचारु गर्न ग्राहकले पहिला एनसेलको नेटवर्कबाट मात्र सुचारु सक्छन् र त्यस पश्चात कुनै पनि नेटवर्कवाट गीत संगीतको मजा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले यो एपको निःशुल्क प्रयोग गर्न सक्छन् । त्यस्तै अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ । यो म्युजिक स्टेशन सेवा अन्तर्गत ग्राहकले १७१४० मा रहेका गीतहरु मध्य हरेक दिन १० मिनेटसम्म कुनै पनि आइभीआर मार्फत निःशुल्क सुन्न सक्नेछन् । ग्राहकले अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४० मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्नेछन् । यसैगरी यस नयाँ वर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क आनन्द लिन सक्नेछन् । यो सेवा अन्तर्गत ग्राहकले धार्मिक गीत संगीत तथा भजनहरु निःशुल्क सुन्न सक्नेछन् । अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४८ मा एसएमएस पठाइ ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । यसका साथै ग्राहकले एक घण्टी रेडियो अन्तर्गत रहेको वार्षिक ज्योतिष परामर्शको पनि १ महिनासम्म निःशुल्क प्रयोग गर्न सक्नेछन् । ग्राहकले १७१६५ मा डायल गरी दिनमा एक पटक आफ्नो बारेमा २०७७ को ज्योतिष परामर्श लिन सक्नेछन् । उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुनेछन् ।