अपार्टमेन्ट मास्दै होटल बनाउँदै, पर्यटकस्तरदेखि पाँचतारेसम्मका अपार्टमेन्ट होटल
काठमाडौं ३, कात्तिक । राजधानीमा अधिक मात्रामा बढ्दै गएका लिभिङ हाउस तथा अपार्टमेन्ट निर्माण सम्पन्न भइसकेपछि पनि संचालन हुन नसेका कारण भटाभट होटलमा परिणत हुन थालेका छन् । सानादेखि ठूला हाउजिङ तथा अपार्टमेन्ट होटलमा संरचनालाई परिवर्तन गर्नथालेपछि पर्यटक स्तरदेखि पाँचतारेसम्मकै होटल बन्ने भएका छन् । हाउजिङ भनेर निर्माण गरेपनि संचलान भने अहिले होटल तथा आपार्टमेन्ट होटल हुन थालेका छन् । तीन वर्ष अगाडि नै कालिकास्थानको सिल्भर सिटि अपार्टमेन्ट होटलमा परिणत भइसकेको छ । होटल संघ नेपाल (हान)कै पूर्व अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले ललितपुरमा निर्माण गरेको एक हाउजिङ संचलान नभएपनि एल्लो हाउस होटलमा परिणत गरेका छन् । होटल व्यवसायी योगेन्द्र शाक्यकै ताहाचलको हाउजिङमा एम्बेस्डर आपर्टमेन्ट होटल संचालन भइरहेको छ । शाक्यको लाजिम्पार्टको एम्बेस्डर होटल सडक विस्तारका क्रममा भत्किएपनि उनले आफैं हाउजिङमा एम्बेस्डर अपार्टमेन्ट होटल भनेर संचलान गरे । अहिले लामिम्जाटमै उनको सुविधासम्पन्न होटल निर्माण सम्पन्न भइसकेको भएपनि अब ताहाचलको होटल पनि संचालन भइरहने उल्लेख छ । घरजग्गा व्यवसायी इच्छाराज तामाङको सुन्धारमा निर्माण भएको सिभिल होम्स अपार्टमेन्ट होटलमा परिणत हुने भएको छ । ११ तले यो अपार्टमेन्टमा एक सय वटा भन्दा बढी कोठा रहने र आधुनिक सुविधासम्पन्न भएकोले पाँचतारे बनाउँन आवश्यक प्रक्रिया अगाडि सारिएको सिभल ग्रुपका बरिष्ठ कानुनी प्रवन्धक हेमलाल अधिकारीले बताए । उनका अनुसार सुन्धारको एक अपार्टमेन्टलाई भने होटल संचालन गर्न आवश्यक प्रक्रिया अगाडि सारिएको छ । पाँचतारे स्टरको होटलका लागि आवश्यक सेवा र सुविधा सबै हाउजिङले मिट गरेकोले पाँचतारेकै तयारीमा अगाडि बढिएको पनि अधिकारीले बताए । उनका अनुसार हाउजिङको अवधारणमा निर्माण भएको भवन भएपनि स्तरीय होटल बनाउन कुुनै समस्या नहरेकोले सोही अनुुसाको आवश्यक कागजात तयार पार्न थालिएको छ । सिभिल होम्सलाई सीधै होटलमा परिणत गर्न नमिल्ने भएकोले सिभिल होम्सद्वारा संचालित होटल हुने गरी आवश्यक प्रक्रिया आगडि बढाउन थालिएको उनले जानकारी दिए । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका अनुसार हाउजिङलाई होटलमा परिणत गरेर सेवा दिने धेरैवटा कम्पनी भएपनि उद्योग विभागबाटै नयाँ कम्पनी बनाएर आउने भएकोले कुन हाउजिङ होटल भयो भन्ने तथ्यांक नभएको जानकारी दिएको छ । उद्योग विभागका अनुसार अपार्टमेन्ट संचालन नभएपछि उद्देश्य र कम्पनीको नामै परिवर्तन गरेर होटल संचलान गर्ने क्रम बढेको छ । विभागएका एक कर्मचारीका अनुसार २०७२ को भूकम्पपछि कमजोर भएका कतिपय आपार्टमेन्ट तथा संचालनको तयारीमा पुुगिसेका अपार्टमेन्टले पनि होटल संचालनको रुची देखाएका छन् । कतिपयले भने आवश्यक प्रक्रिया मिलाउँन थालिसकेको पनि उल्लेख छ । के हो अपार्टमेन्ट होटल ? लिभिङ हाउसमा रुपमा बनाएका अपार्टमेन्टलाई होटलमा परिणत गर्ने र नामै आपर्टमेन्ट होटल बनाइने गरिएको छ । हाउजिङलाई सीधै होटलमा र अपाटेन्टलाई होलमा परिवर्तन गरेर अपार्टमेन्ट होटल भन्न थालिएको छ । छाउनी अपार्टमेन्ट होटलको फाइल तस्बिर पर्यटकले एउटा फ्ल्याटनै लिन पाउँने, ठूला कोठा हुने र पर्यटक लामो समयसम्म बस्न चाहे आफैंले पकाएर खाने तथा ठूलो र फराकिला कोठा भएको होटल नै अपार्टमेन्ट होटल हो । आपटेन्टमा पर्यटकको इन्छा अनुसार आर्फैं पकाएर खान पनि पाउँछन र होटलकै सेवा लिन पनि पाँउछन् । नेपालको पहिलो अपार्टमेन्ट होटल ललितपुरको शालिग्राम होटल हो । यस्तो अपार्टमेन्ट होटल युरोपेली युनियन, विश्व खाद्य कार्यक्रम, विभिन्न गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय उडानका वायुसेवाका विदेशी कर्मचारी तथा कर्पोरेट क्षेत्रका कर्मचारी र दुईसातादेखी पाँच ५ महिना तथा एक वर्षसम्म नै बन्न चाहनेको प्रमुख रोजाइमा पर्ने पर्छ ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै मनाङ, दैनिक २०० पर्यटकको आगमन
लमजुङ, २ कात्तिक । हिमालपारीको जिल्ला मनाङ आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । जिल्लामा मोटरबाटो बनेपछि आन्तरिक पर्यटक सवारी साधनबाट आउने क्रम बढेको हो । बिदा मनाउन र घुमघाम गर्नका लागि युवायुवती मोटरसाइकल तथा अन्य सार्वजनिक सवारीसाधन चडेर मनाङसम्म आउने आन्तरिक पर्यटक बढिरहेको मनाङ पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले बताए । “मनाङमा अहिले दैनिक काठमाडौं, पोखरा, बुटवल, चितवन, पाल्पालगायतका स्थानबाट आन्तरिक पर्यटक आउने गरेका छन्” गुरुङले भने “सवारी सञ्चालनमा आएपछि लमजुङबाट पनि मनाङ घुम्न जानेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।” माथिल्लो मनाङसम्म मोटरसाइकलमा पुग्न सकिने भएपछि गन्तव्य मनाङ बनाएर अधिकांश आन्तरिक पर्यटक आएको गुरुङले बताए । पछिल्लो समय मनाङमा पुगेका पर्यटक सजिलै तिलिचो तालसम्म पुग्ने गरेका छन् । “धेरैजसो आन्तरिक पर्यटक तिलिचो जानका लागि आएका छन्, केही चाँहि थोरङला पनि गएका छन्” गुरुङले भने। सडक सञ्जालले मनाङमा पर्यटकको आगमन घट्ने अनुमान गरिए पनि पछिल्लो समय आन्तरिक पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । दैनिकजसो विदेशी तथा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि मनाङका पर्यटन व्यवसायी उत्साहित भएका छन् । “सडक बनेपछि पैदलयात्री आउँदैनन् कि भन्ने धेरैको अनुमान थियो” गुरुङले भने “तर अहिले आन्तरिक पर्यटकको ओइरो लागेको छ ।” विश्व प्रसिद्ध थोराङला पासको लागि जाने पर्यटक हिमाली जिल्ला मनाडमा कम्तीमा दुई दिनसम्म बस्ने गर्दछन् । सिजनमा दैनिक २०० को हाराहारीमा आउने पर्यटकबाट स्थानीय व्यवसायीले राम्रै आम्दानी गर्ने गरेका छन् । हिउँ पर्ने र चाक्ला जग्गा जमिन नभएकाले मनाङमा अन्य खेतीपाती हुँदैन । मनाङको मुख्य बाली भनेको फापर, आलु नै हो । त्यसैले त्यहाँका तीन प्रतिशत मानिस मात्रै कृषि पेसामा छन् । मुख्य पेसाका रुपमा मनाङका नागरिकले पर्यटन व्यवसायलाई नै रोजेका छन् । मनाङका ८० प्रतिशत नागरिक पर्यटन व्यवसायमा लागेको बताइन्छ । रासस
दसैंमा मात्रै यान्त्रिक पुलले कमायो साढे १० लाख रुपैयाँ
पर्वत, १ कात्तिक । मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यसबर्षको दसैँमा १० लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैँको प्रतिपदादेखि पूर्णिमासम्म आठ लाख ४१ हजार रुपैयाँको कारोबार गरेको हो । कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले दिएको जानकारीअनुसार दसैँको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म कारोबार उत्साहजनक रुपमा भएको हो । यसपटक दसैँमा यान्त्रिक पुलबाट १३ हजार २७६ जनाले वारपार गरेका छन् । गत वर्ष यान्त्रिक पुलबाट प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म यात्रा गर्ने यात्रुबाट १० लाख ८३ हजार रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष पनि उत्साहजनक रुपमा आम्दानी गर्न सफल भएको यान्त्रिक पुल लिमिटेडका कार्यालय प्रमुख चिरञ्जीवी रेग्मीले जानकारी दिए। पर्वत सदरमुकाम कुश्मा बजारबाट बागलुङ जिल्लाको बलेवा पुग्नका लागि पैदल मार्गबाट झन्डै एक घन्टा लाग्ने गर्छ । यान्त्रिक पुलको सञ्चालनसँगै एक घन्टाको यात्रा करिब सात मिनेटमा छोटिृएको छ । केबलकार मोडेलमा निर्माण गरिएको उक्त पुलबाट यात्रा गर्नका लागि एकतर्फी भाडा रु एक सय तोकिएको छ भने बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दाका लागि रु ७५ तोकिएको छ । सो पुल गाउँघर र पहाडी क्षेत्रमा यात्रु ओसारप्रसार गर्न तथा कृषि उपज र अन्य सामग्री ढुवानीका लागि सबैभन्दा उपयुक्त माध्यम बन्न सक्ने देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए। “गाउँमा कच्ची सडक खन्नुभन्दा यस्तै यान्त्रिक पुल र केवलकार निर्माण गर्ने हो भने धेरै सहज हुन सक्छ”, उनले भने – “हाम्रोजस्तो पहाडी भूभागका लागि यो नै अति उत्तम विकल्प हो, सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्छ ।” पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यान्त्रिक पुल निर्माण भएको हो । रासस