निम्बसको प्रोबायोटेक इण्डष्ट्रिजले पायो आइएसो २२००० : २००५ मान्यता
काठमाडौं। पशु दाना उद्योगमा अग्रणी कम्पनीको प्रोबायोटके इण्डष्ट्रिजले आइएसो २२०००ः२००५ मान्यता पाएको छ । निम्बसका सबै खाने तेलले अन्तराष्ट्रिय गुणस्तर सङ्गठनबाट आइएसो २२०००ः२००५ खाद्य सुरक्षाको मापक प्रमाण पत्र प्राप्त गरेको हो । प्रमाण पत्र प्राप्त उद्योगबाट उत्पादित उत्पादन खाद्य सुरक्षा र सुरक्षित उत्पादन प्रक्रिया अपनाएर गरिएको हुनाले उपभोक्ताको स्वास्थ्यको लागि सुरक्षित मानिन्छ । यस अघि निम्बसकै व्यञ्जन तेलले नेपाल गुणस्तर प्रमाण प्रत्र पनि प्राप्त गरेको थियो । ‘निम्बस’ दैनिक उपभोग्य खाद्य सामाग्रीको उत्पादन र त्यसको बजार प्रबद्र्धन बिक्री वितरणमा पनि अग्रसर हुने भएको छ । त्यसका लागि निम्बसले आफ्ना उत्पादनलाई एक सय ओटा डिस्ट्रिब्युटर मार्फत ४० जिल्लामा पु¥याएको छ । हाल कम्पनीले व्यन्जन र सुनौलो किरण ब्रान्डमा गुणस्तरीय खाने तेल उत्पादन गर्छ । जस अन्तर्गत सुर्यमुखी, तोरी, भटमास तेल उत्पादन हुन्छन् । यस्तै प्रोबायोटेकले नै भटमासको मस्यौरा, आटा, सुजी, दाल, मैदा आदी उत्पादन पनि चाडै नै बजारमा ल्याउने तयारी गरिरहेको छ । उत्पादित बस्तु नेपालमा मात्र नभई भारत लगायत अन्य देशहरुमा पनि निर्यात गर्ने कम्पनीको लक्ष्य रहेको छ । स्वीडिस प्रबिधिको रिफाइनरीमा आधारित नेपालकै उत्कृष्ट औद्योगिक कारखाना स्थापना गरेको कम्पनीले गुणस्तरको सवालमा उपभोक्तालाई विश्वस्त तुल्याउने थुप्रै प्रामाणिक आधार तय गरेको छ । जसका कारण उपभोक्ताले विश्वस्त भएर निम्बसका खानेतेलहरु उपभोग गर्न सकिने छ । उत्पादित खाद्य सामाग्रीको गुणस्तर मापनका लागि निम्बसको आफ्नै प्रयोगशाला सञ्चालनमा छ । यसका अतिरिक्त कम्पनीले नेपाल सरकार खाद्य प्रयोगशालाका साथै विदेशी खाद्य प्रयोगशालामा समेत गुणस्तर परीक्षण गराउँदै आएको छ । कम्पनीमा योग्य खाद्य विज्ञहरु कार्यरत रहेकाले गुणस्तरको सवालमा उपभोक्ताले सामान्य चिन्ता पनि लिनु पर्दैन । खाद्य विज्ञहरुको उत्कृष्ट टिम नै गुणस्तरीय खाद्य सामाग्रीका उत्पादनका लागि सक्रिय छन् ।
नेपाली कागजको माग बढ्दो, तनहुँमा दुई करोडको लगानीमा कागज उद्योग
काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ साँखरमा उत्पादन गरिँदै आएको नेपाली कागजको माग बढ्दै गएको छ । यहाँ रु दुई करोडको लगानीमा कागज उद्योग स्थापना गरिएको हो । उद्योगबाट दैनिक २५ कोरी नेपाली कागज उत्पादन भइरहेको उद्योगका सञ्चालक सन्तोषराज सिग्देलले जानकारी दिए। नेपाली कागजको माग बढेपछि उनले तीन वर्ष अघि ‘शुक्लागण्डकी कागज उद्योग’ स्थापना गरेका थिए। शुरुमा रु एक करोडको लागतमा उद्योग स्थापना गरिएको हो । “प्रत्येक स्थानीय तहमा नेपाली कागजको प्रयोग हुन्छ, एक वर्षयता सो कागजको माग बढ्दै गएको छ ।” तनहुँका साथै कास्की, गोरखा, चितवन, लमजुङलगायतका जिल्लामा नेपाली कागजको माग अत्याधिक भएकाले बजारको समस्या नभएको सिग्देलले बताए। “कागजको बिक्री वितरण बढ्दै गएको छ,” उनले भने। दश रोपनी क्षेत्रफलमा फैलिएको सो उद्योगमा ३२ जनाले रोजगारी पाएका छन् । मजदुरलाई कागज उत्पादनका आधारमा पारिश्रमिक दिइन्छ । उद्योगमा एक हजार ८०० वटा कागज सुकाउने पाता छन्। गाउँघरमै पाइने बाबियो, अर्गेलीको बोक्रा, लोक्तालगायतका कच्चा पदार्थबाट नेपाली कागज बनाउने गरिन्छ । लोक्ताको प्रयोग गरी नेपाली कागज उत्पादन गरिन्छ । सरकारी कामकाजमा यसको अत्याधिक प्रयोग गरिँदै आएको छ । हस्तकला र सजावटका अन्य सामग्री निर्माण गर्नसमेत नेपाली कागजको प्रयोग हुन्छ । कच्चा पदार्थलाई भुस, दाउराले पकाउने (कास्टिङ सोडा राखेर), त्यसलाई पखाल्ने अनि ब्रिज गर्ने (सफा) गर्नुपर्छ । त्यसपछि मिक्स्चरमा हालेर पेलेपछि लेदो पदार्थ निस्कन्छ । लेदो पदार्थलाई भ्याक्ट बाकसमा हालेर कच्चा कागजको तह बनाउने र त्यसलाई झिकेर कपडाको जालीमा राखेर सुकाएपछि कागज तयार हुन्छ । कागजलाई घाममा सुकाउने गरिन्छ। रासस
२५ जना उद्यामी व्यवसायीले प्रधानमन्त्रीलाई नियमित गुनासो राख्ने
काठमाडौं । सरकारले निजी क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्रीको नेतृत्वमा उद्योग बाणिज्य प्रवद्र्धन सम्वाद परिषद गठन गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने सो परिषदमा २५ जना उद्यमी व्यवसायी सदस्य रहेका छन् । कृषि, पर्यटन, उद्योग, निर्माण व्यवसाय, घरेलु उद्यमी, महिला उद्यमी, जलविद्युत क्षेत्र, सूचना प्रबिधी, मनोराञ्जन, शिक्षा क्षेत्र, बैंकिङ, गैर आवासिय नेपाली लगायतको सहभागीता रहेको परिषदले निजी क्षेत्रका समस्याहरु सुनेर समाधानका उपाय खोज्नेछ । परिषदमा मेगा बैंककी सिइओ अनुपमा खुजेली, गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, व्यवसायी आङछिरिङ शेर्पा, पद्यम ज्योति, राजेशकाजी श्रेष्ठ, सुरज वैद्य, भवानी राणा, लोकमान्य गोल्छा लगायतका २५ जना उद्यमी व्यवसायी सदस्य रहेका छन् । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा अर्थमन्त्री, उद्योग मन्त्री, उर्जा मन्त्री र पर्यटन मन्त्री सदस्य रहनेछन् ।