१३.७२ अंकले बढ्यो नेप्से, आधा अर्बको कारोबार
काठमाडौ । साताको तेस्रो दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक १३.७२ अंकले बढेको हो । १.१९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६३.४७ बिन्दुमा पुगेको हो । मंगलबार सेयर बजारमा १६९ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ९३ हजार १ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ५० करोड ८ लाख ८१ हजार ७ सय ३८ रुपैयाँको कारोबार भएको छ । बैंक समूह १९.६७, होटल समूह २०.०१, विकास बैंक समूह ३.६१, वित्त समूह १.६८, उत्पादन मूलक समूह ८.७३, अन्य ५.६१, माईक्रोफाईनान्स २.२१ र जीवन बीमा समूह ३८.८६ अंकले बढेका छन् । बजार बढेको दिन जलविद्युत समूह ३.४८ र निर्जीवन बीमा समूह ६.७६ अंकले घटेका छन् । साताको तेश्रो दिन आज भार्गव विकास बैंकका लगानीकर्ताले ९.४० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.५८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
६.४३ अंकले बढ्यो नेप्से, ३५ करोडको कारोबार
काठमाडौ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा ६.४३ अंकले बढेको छ । ०.५६ प्रतिशतले बढ्दा परिसूचक ११४९.९९ बिन्दुमा पुगेको छ । सोमबार १७१ कम्पनीले शेयर कारोबार गरेका छन् । १२ लाख ६५ हजार ६ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ३५ करोड २८ लाख १० हजार ७ सय ५० रुपैयाँको कारोबार भएको छ । सोमबार २ सूचक बाहेक अन्यमा हरियाली देखियो । बैंक समूह १०.१५, होटल समूह ३३.६७, विकास बैंक समूह ६.३७, जलविद्युत समूह २.८७, वित्तीय समूह २.०७, निर्जीवन बीमा समूह २९.७, माईक्रोफाईनान्स समूह २.२८ र जीवन बीमा समूह २.२ अंकले बढेका छन् । उत्पादन मूलक समूह ४.४४ र अन्य समूह ५.९२ अंकले घटेका छन् । नेशनल माईक्रोफाईनान्स वित्तीय संस्थाका लगानीकर्ताले ५.४५ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका भने यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.८७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
मृतक ग्राहक सदस्यको ऋण साधनाले गर्यो मिनाह
काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लि. मकवानपुर बज्रबराही शाखाले आफ्ना ग्राहक सदस्यको निधन पश्चात ऋण कर्जा मिनाह गरेको छ । शाखा कार्यालय बज्रबराहीद्वारा प्रवद्घित केन्द्र नं ७०, नागदह साधना महिना विकास केन्द्रकी स्व. सुकुमाया स्याङ्गतान माघ २० गते निधन भएकामा स्व. स्याङ्गतानले वित्तीय संस्थावाट लिएको कर्जाको तिर्न बाँकी सावा र सो सावाले हुन आउने ब्याज रकम गरी ७२ हजार १ सय ९१ रुपैयाँ मिनाहा गरिएको हो । संस्थाले आइतबार स्याङ्गतान कै घर नजिक रहेको नागदह प्राविको प्राङ्गगडमा कर्जा मिनाह कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा कर्जा मिनाह पत्र र बचत ६ हजार १ सय ३० रुपैयाँ मृतकका श्रीमान् सानुकान्छा घलानलाई प्रदान गरिएको थियो । थाहा नपा वडा नं ११ का वडा अध्यक्ष किरण वल र वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यवस्थापन विभाग प्रमुख रामप्रसाद लामिछानेले सो रकम प्रदान गरेका र्थि । गर्नुभएको थियो । कार्यक्रममा वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यावस्थापन विभागका लामिछानेले वित्तीय संस्थाले ग्रामिण भेगका जनतालाई लक्षित गरी विभिन्न किसिमका वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्दै आएको जानकारी गराए ।