ग्रामीण विकास लघुवित्तले तोक्यो बुक क्लोजको मिति, ५० प्रतिशत हकप्रद जारी गर्दै

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आगामी चैत २९ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । संस्थाले चुक्ता पुँजीको ५० प्रतिशतको दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ नाघ्ने छ ।

शिवम् सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लाभांश सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव चैत १३ गते बसेको संचालक समितिको बैठकले करसहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षकाे नाफाबाट लाभांश वितरण गर्न लागेकाे हाे । कम्पनीकाे साधारणसभा बैशाख ९ गते हुँदैछ ।

नेप्से र कारोबार रकम दुबैमा वृद्धि, सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर किनबेच

काठमाडौं । पटक पटक समस्या आई सुचारु भएको बुधबारको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.८० अंकले बढेर ११४२.५२ अंकमा अडिएको छ । जुन मंगलबारको तुलनामा ०.१६ प्रतिशत बढी हो । बुधबारको बजारमा नेप्सेका साथै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन कुल १६५ कम्पनीको ४८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २७ करोड रुपैयाँ बढी सेयर किनबेच भएको छ । अघिल्लो दिन(मंगलबार) कुल २१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २६ करोड ६६ लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता १९५ रुपैयाँ रहेको छ ।  त्यस्तै, शिवम् सिमेन्ट कम्पनीको ५ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा बराबर रहेकाे छ । बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । बढी गुमाउनेमा यूनिभर्सल पावर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५९ प्रतिशत गुमाएका छन् । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९८ रुपैयाँमा झरेको छ । जुन मंगलबार प्रतिकित्ता २१९ रुपैयाँमा रहेको थियो । बजारको समस्या समाधान, साँझ ६ बजेसम्म सेयर कारोबार हुने बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै, नेप्से भन्छ- ब्रोकर प्रणालीमा समस्या