दुई कम्पनीको एक अर्ब ५७ करोडको आईपीओ आउँदै, हेरौँ क-कसको कति ?
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले कूल एक अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार मात्रै यी दुई कम्पनीलाई साे मात्रा अर्थात एक कराेड ५७ लाख ३८ हजार १५० कित्ताको सेयर जारी गर्न अुनमति दिएको हो । बोर्डको अनुमति पाएसँगै साञ्जेन लघुवित्तले ५४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक नागरिक लगानी कोष मार्फत अंकित मूल्य १०० रुपैयाँ दरको ५४ लाख ७५ हजार कित्ता सेयर जारी गर्ने छ । त्यसैगरी, रसुवागढी हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरले एक करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर बिक्री गर्न बोर्डको अनुमति पाएको हो । कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत एक अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने भएको छ ।
धितोपत्र बोर्डको तालाबन्दी खुल्यो, सेयर लगानीकर्ता दवाव समूहको बैठक बस्दै
काठमाडौं । सेयर लगानीकर्ता दवाव समूहले आइतबार नेपाल धितोपत्र बोर्डमा लगाएको ताला प्रहरीले खुलाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा बिहान ९ बजेदेखि ताला लगाएका थिए । तालाबन्दीका कारण ३ जना कार्यालय भित्र थुनिएका थिए भने बाँकी कर्मचारी कार्यालयमा प्रवेश गर्न पाएका थिएनन् र कार्यालयको काम प्रभावित भएको थियो । प्रहरीले ताला फुटाएपनि समूहका अध्यक्ष हरि ढकाल भन्छन्, “प्रहरीले हामीलाई बोर्डबाट लाठीचार्ज गरेर लखेट्यो । सयौँ जनाको संख्यामा प्रहरी उपस्थित भएर आन्दोलनमा हस्तक्षेप गरेको छ ।” अब यस बारेमा लगानीकर्ता समूहको कोर टिमको बैठक बसेर अब के गर्ने भन्ने बारे निर्णय लिने उनले बताए । पूँजी बजारसम्बन्धी ३२ बुँदे मागको सुनिवाई नभएको भन्दै आन्दोलनमा उत्रिएको अध्यक्ष ढकालले बताए ।
नेपाल धितोपत्र बोर्डको कार्यालयमा लगानीकर्ताले लगाए ताला, ३ जना थुनिए
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको कार्यालयमा शेयर लगानीकर्ता दबाब समूहले आइतबार ताला लगाएका छन् । बिहान ९ बजेदेखि नै कार्यालयमा तालाबन्दी गरिएको छ । शेयर बजारको विकासमा बोर्ड बाधक बनेको लगानीकर्ता बताएका छन् । गत मंसिरमा पूँजी बजारसम्बन्धी माग राखेर लगानीकर्ताहरु अनसन बसेका थिए । त्यतिबेला सरकारले लगानीकर्ताका माग सम्बोधन गर्न कार्यदल गठन गरेको र कार्यदलले लगानीकर्ताका माग पूरा गर्न भन्दै ५८ बुँदे सुझाब दिएको थियो, तर सो ५८ बुँदा कार्यान्वयन नगरेको भन्दै लगानीकर्ता आन्दोलित भएका हुन् । आइतबार बिहानबाटै गरिएको तालाबन्दीका कारण ३ जना कार्यालय भित्र थुनिएका छन् भने बाँकी कर्मचारी कार्यालय प्रवेश गर्न पाएका छैनन् । शिक्षा तथा तालिम शाखामा कार्यरत राजुबहादुर जीसीसहित २ जना सफाई कर्मचारीहरु थुनिएको बुझिएको छ ।