स्वावलम्बन लघुवित्तका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण
कठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्षले सपथ ग्रहण गरेका छन् । रामकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष नवनियुक्त अध्यक्ष रामकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । संचालक समितिको २९८ औं बैठकले संचालक श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रतिनिधित्व हुने गरी बिजेन्द्र सुवालको सट्टामा भाष्कर एन.जोशीलाई मनोनयन गरेको छ । साथै, संचालक समितिले व्यवसायिक विशेषज्ञको तर्फबाट प्रतिनिधित्वका लागि साधना उपाध्यायलाई संचालक समितिमा मनोनयन गरेको छ । वित्तीय सस्थामा हालका संस्थापक शेयरधनीहरु स्वावलम्बन विकास केन्द्र, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नविल बैंक, रहेका छन । संस्थाले गत कार्तिक महिनासम्म ५७ जिल्लाका १२८ शाखा÷उपशाखा कार्यालयबाट करिव २ लाख २७ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउदै आएको छ ।
पोखरा फाइनान्सको निःशुल्क आँखा शिविर सम्पन्न
काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । शनिवार हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राविधिक सहयोगमा गोरखा, पालु·टारस्थित श्री भवानी मा.वि. को प्रा·णमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको थियो । उक्त शिविरमा करिव २४० व्यक्तिहरुले आँखाको जाँच गराउनुको साथै विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधि समेत वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिएका छन् ।
ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता
काठमाडौं । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य सम्झौता भएको छ । उक्त सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक शुशिलकुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन् । बैंकले ८२ वटा शाखा कार्यालय एटिएम तथा २२ वटा मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्ब भन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्ब भन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । बैंकले आफ््ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड देखाइ उक्त सुविधाको लाभ लिन सक्ने छन् ।