सभामा जान इन्फिनिटी लघुवित्तले तोक्यो बुक क्लोजको मिति ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था आगामी पुस २८ गते वार्षिक साधारण सभामा जाँदै छ । उक्त सभा सो दिन बिहान १० बजे नवलपरासीको गैंडाकोटमा बस्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी पुस २० गते एकदिन बुक क्लोज गर्दै छ । यसपटक कम्पनी सञ्चालक समितिले सभामा नगद र बोनस कुनैपनि प्रकारको लाभांश प्रस्ताव गरेको छैन । हाल संस्थाको चुक्ता पुँजी ४९ करोड ७४ लाख रुपैयाँ छ ।
इसेवाले ल्यायो क्रिसमस अफर, ३६ हजारसम्म क्यासब्याक पाइने
काठमाडौं । इसेवाले अत्याधिक रुचाइएको इसेवा केयर सुविधामा क्रिसमस अफर अन्तरगत ३६ हजार क्यासब्याक पाइने अफर सार्वजनिक गरेको छ । दैनिक एक रुपैयाँ भन्दा कममै हेल्थ केयर सुविधा लिन सकिने इसेवा केयरमा यस्तो अफर सार्वजनिक गरिएको हो । अफर अन्तरगत वर्षको ३६० रुपैयाँमा २ लाख ३० हजार सम्मको कभरेज प्रदान हुनेछ । यो सेवा आज (पौष ८) खरीद गरेमा एक जना भाग्यशाली बिजेताले सय गुणा अर्थात् ३६ हजारको क्यासब्याक पाउनेछन् । इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ । कम्पनीका अनुसार यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एप्स गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दापनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै अस्पताल भर्ना बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन् । यस प्याकेज अन्तर्गत हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट २३०००० सम्मको दुर्घटना उपचार खर्च र अस्पतालको बेड शुल्कको बीमा दाबी गर्न सकिनेछ । जस अन्तर्गत अस्पतालको बेड चार्जमा १०००० रूपैयाँसम्म र २२०,००० सम्मको दुर्घटना बीमा उपलब्ध छ । साथै विभिन्न स्वास्थ्य सेवामा ३० प्रतिशत सम्मको छुट पनि पाउने ब्यवस्था गरिएको छ। यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ । खरिदकर्ताले इसेवा मार्फत पनि डकुमेन्ट बुझाएर दाबी भुक्तानीको लागि प्रकृया सुरु गर्न सक्ने कम्पनीले जनाएको छ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ८० लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।
नेप्सेमा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत, बिहीबारदेखि किनबेच गर्न पाइने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार मात्रै नेपाल वेयरहाउजिङ्ग कम्पनी, चिर्ख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ सूचीकृत भएको हो । यससँगै यी तीन वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बुधबार सूचीकृत भएको कम्पनीको सेयर बिहीबार अर्थात पुस ५ गतेदेखि कारोबारमा आउने छ । जसमध्ये नेपाल वेयरहाउजिङ्ग कम्पनीको ६८ लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्यूनतम ९३.०४ रुपैयाँ र अधिकतम २७९.१२ रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर बिहीबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने ‘एनडब्लुसीएल’ रहेको छ । त्यस्तै, नेप्से सिम्बोल ‘सीकेएचएल’ रहेको चिर्ख्वा हाइड्रोपावरको ४० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम १००.०१ र अधिकतम ३००.३ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै बिहीबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । त्यसैगरी, भिजन लुम्बिनी उर्जा कम्पनीको एक करोड ९१ लाख २५ हजार कित्ता आईपीओ दोश्रो बजारमा सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम १२१.७८ र अधिकतम ३६५.३४ रुपैयाँ तोकिदिएको छ । यससँगै कम्पनीले नेप्से सिम्बोल ‘भीएलयूसीएल’को नामबाट बिहीबारदेखि सेयर किनबेच गर्ने छ । यी तीन वटै कम्पनीले हालै सर्वसाधारणमा आईपीओ जारी गरेका हुन् । जुन सूचीकृत भएपछि दोश्रो बजारबाट किनबेच गर्न पाइने व्यवस्था छ ।