९९ जना महिला मिलेर सुरु भएको ‘दिदिबहिनी किचन’, साढे दुई करोड लगानीबाट मासिक २० लाख आम्दानी

पोखरा । सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ । एकता, प्रतिवद्धता, कार्यसफलतालगायतका भाव र अर्थको सङ्केत यो अङ्कले दिन्छ । उनान्सय जना महिलाले पर्यटकीय नगरी पोखरामा सञ्चालन गरेको व्यवसाय ‘रोयल दिदीबहिनी किचन’ यस्तै प्रतीकात्मक बिम्ब हो । जसले निकै खराब समयबाट गुज्रिएर आशाको प्रकाश बालेको छ र यो महिला सशक्तिकरणको ज्वलन्त उदाहरण बनेको छ । यहाँ गृहणीदेखि विभिन्न पेशा व्यवसायमा जोडिएका महिला एकताबद्ध भएर केही फरक, चुनौतीपूर्ण र नमूना काम गर्ने प्रयासमा छन् । पोखरा महानगरपालिका वडा नम्बर १० को बुद्ध चोकमा महिलाहरुको सामूहिक प्रयासमा साढे दुई करोड लगानीमा रेस्टुराँ सुरु भएको हो । उनीहरु सबै पोखरा ‘रोयल बचत तथा ऋण सहकारी’मार्फत् एकआपसमा जोडिए । कम्पनी ऐनअनुसार निजी कम्पनी दर्ता गरे र रेस्टुराँ तथा बैङ्क्वेट चलाए । महिला सशक्तीकरणका लागि केही फरक गर्नुपर्छ भन्ने लागेरै आफूहरुले रेस्टुराँ शुरु गरेको सञ्चालक रुद्रकुमारी गुरुङ बताउँछिन् । पोखरा रोयल बचत तथा ऋण सहकारीमा अध्यक्ष गुरुङकै नेतृत्वमा महिलाहरु एकजुट भइ दिदीबहिनी किचन स्थापना गरेका हुन् । ‘सहकारीमा उपाध्यक्ष हुँदा मैले दिदीबहिनी किचनको नेतृत्व गरेको हुँ । विभिन्न अध्ययन अवलोकन र भ्रमणमा आउनेका लागि कार्यक्रम सञ्चालन गर्न र सँगसँगै खाना खान मिल्ने ठाउँको आवश्यकता महशुस भएपछि रेस्टुराँ शुरु गरेका हौँ’, गुरुङले भनिन् । महिलाहरु एकताबद्ध भएर भइ सञ्चालन गरेको यो व्यवसाय आफैँमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्यहरु अध्ययन तथा अवलोकनका लागि आउने गरेको उनको भनाइ छ । रोयल दिदीबहिनी किचनमा पोखरा रोयल सहकारीकै सदस्यहरु जोडिएका भएपनि छुट्टै कम्पनी हो । यो प्राइभेट लिमिटेडका रुपमा दर्ता छ । हरेक सदस्यले समान साढे दुई लाख रुपैयाँ बराबर लगानी गरेका छन् । रेष्टुराँमा एक सय जनालाई एकै साथ सेवा दिने क्षमता छ भने एक सय जनासम्म अटाउने बैङ्क्वेट तथा पार्टी भेन्यु पनि सञ्चालनमा छ । एउटा रेन्टुराँ चलाउनका लागि उनान्सय जनाको लगानी किन ? ‘यसको सांकेतिक अर्थ त छ नै । व्यवहारिक रुपमा पनि यस्तो हुन गयो । प्राइभेट कम्पनीमा ९९ जनाभन्दा बढी सदस्य बस्न नमिल्ने रहेछ । नत्र हामी अरु महिला दिदीबहिनीलाई पनि यसमा सहभागी गराउने सोचमा थियौँ’, सञ्चालक गुरुङले भनिन् । कोभिड–१९ महामारीभन्दा केही समयअघि मात्र शुरु भएको रेस्टुराँ लकडाउनका समयमा नराम्रोसँग थलियो । व्यवसाय पूर्णरुपमा बन्द भएपछि सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था आएको थियो । तर दिदीबहिनी किचनले कर्मचारी कटौती गरेन । तीन वर्षदेखि सञ्चालनमा रहेको रेस्टुराँमा हाल २० जना कर्मचारी छन् । व्यवसाय शुरु गरेको पहिलो दुई वर्ष निकै समस्या भोगेको रेस्टुराँ आर्थिक वर्ष २०७८/७९ मा भने लगानीकर्तालाई पाँच प्रतिशत लाभांश दिन सफल भएको अध्यक्ष गुरुङको भनाइ छ । दिदी बहिनी किचेनले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । रेस्टुराँसँग जोडिएका दिदीबहिनीहरु सामाजिक काममा पनि खटिन्छन् । यसवर्ष हामीले न्यून आर्थिक अवस्था भएका केहीलाई न्यानो कपडा बाँड्यौं । कम्पनीमा आवद्ध महिलालाई अन्य सीपमुलक काममा पनि खटाउने गरेको उनको भनाइ छ । उनका अनुसार मासिक २० लाख रुपैयाँ आम्दानी सो रेष्टुराँबाट भइरहेको छ ।  सहकारीको अवधारणाबाट सञ्चालित रेष्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ । यहाँ सदस्यहरु आफै सेवामा खटिन्छन् । लगानीकर्ताका परिवारका सबै सदस्य प्रत्येक महिना कम्तीमा एकपटक यो रेस्टुराँमा खाना खान आइपुग्छन् ताकि यहाँको व्यवस्थापन मात्र होइन खानेकुराको स्वाद, गुणस्तर, सेवाप्रवाह जस्ता कुराको जानकारी लिन सकियोस । रेष्टुराँलाई विस्तार गर्ने योजना रहेकाे उनले सुनाइन् । करिब दुई रोपनीमा रेष्टुरेन्ट फैलिएको उनले बताइन् । अब राति बस्नका लागि पनि व्यवस्था गरिने उनको भनाइ छ । यस्तै, सो रेष्टुराँमा प्रत्येक सदस्यको परिवारले महिनामा एक पटक आएर खानु पर्ने नियम बनाएको बताइन् ।

नेपाल फाईनान्सको ३०औं साधारण सभा सम्पन्न

काठमाडौं । निजी क्षेत्रको लगानीबाटपहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको नेपाल फाईनान्स लिमिटेडको ३०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शेयरधनीहरुको उल्लेखनीय सहभागीतामा संचालकहरु हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापती, विकेश शाक्य, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन र स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकार लगायत आधारभुत शेयरधनीहरुको उपस्थितीमा आज शनिबार सम्पन्न सम्पन्न भएको हो । साधारण सभामा सामान्य प्रस्तावहरु अन्तर्गत आ.व. २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै आ.व. २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको छ । साधारण सभाले बिशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ । संस्थाका संचालक समिति अध्यक्ष हिरेन्द्रमान प्रधानको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तव्य राखेका थिए । यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले हाल सम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पारेका थिए । सभाको संचालन कम्पनी सचिव बिष्णु प्रसाद गौतमले गरेका थिए । सभामा शेयरधनीहरुले विभिन्न जिज्ञासा, सुझाव एवम् शुभकामना र धन्यबाद दिँदै संस्थाले छोटो समयमा नै शाखा विस्तार, खराब कर्जा असूली र शाख सृजना गरी व्यवसाय विस्तार गर्न सफल भएकोमा संचालक एवम् व्यवस्थापनलाई धन्यवाद दिएका थिए । सभाले आगामी दिनहरुमा खराब कर्जा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउन र नपुग भएको चुक्तापुजीं पुर्याउने गरी कार्य गर्न एवम् आगामी साधारण सभामा शेयरधनीलाई थोरै भएपनिलाभांशवितरणगर्न सक्ने हुनको लागि संचालक तथा ब्यवस्थापनलाई सुझाव एवम् शुभकामना तथा शुभेच्छा समेत प्रदान गरेका थिए । सभामा शेयरधनीहरुले उठान गरेका जिज्ञासाहरुको समाधान संस्थाका अध्यक्ष एवम् सभाका सभापति हिरेन्द्रमान प्रधान एवम् संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले गरेका थिए ।

कहाँबाट आयो पृथ्वीमा सुन ?

पृथ्वीमा सुन कहाँबाट आयो भन्ने सम्बन्धमा दुई खाले अनुमान छ । पहिलो मेटोरेइट सिद्धान्त । यस सिद्धान्तअनुसार पृथ्वीले ग्रहको आकार लिएको करिब २० करोड वर्षपछि अर्थात् आजभन्दा २ अर्ब २० लाख वर्षअघि अन्तरिक्षबाट पृथ्वीमा बज्रिन आइपुगेको उल्कापिण्डहरूबाट सुन आएको हुनुपर्दछ । दोस्रो सिद्धान्त हो मेन्टल सिद्धान्त । यस सिद्वान्तअनुसार पृथ्वीको बाहिरी पत्रभन्दा मुनिको तातो लाभाका रूपमा मेन्टल तहबाट भौगर्भिक हलचलका कारण सुन पृथ्वीको सतहमा वा माथिल्लो पत्रमा आएको हुनुपर्दछ । यी दुई सिद्धान्तहरूमध्ये पहिलो सिद्धान्तलाई बढी विश्वसनीय मान्न सकिन्छ । अहिलेसम्म कति उल्खनन भयो सुन ? वल्र्ड गोल्र्ड काउन्सिल (डब्लुजिसी) को तथ्याङ्कअनुसार मानवसभ्यताको सुरुवात यता सन् २०२१ सम्म दुई लाख पाँच हजार दुई सय अढ्तिस टन उत्खनन भएको छ । यीमध्ये दुई तिहाई परिणामको सुन १९५० पछि मात्रै उत्खनन भएको देखिन्छ । अहिलेसम्म उत्खनन भएको सुनलाई घनाकार स्वरुप दिने हो भने त्यसबाट करिब २२ घनमिटरको क्युब बनाउन सकिन्छ । यदि हालसम्म उत्खनन गरिएको सम्पूर्ण सुनलाई पाँच माइक्रोमको मोटो तार बनाउने हो भने त्यसले विश्वलाई एक करोड १२ पटक बेर्न सकिन्छ । जमिनमुनि खानीमा प्रामाणिक मौज्दातका रूपमा लगभग ५३ हजार टन रहेको डब्लुजिसीको दाबी छ । विश्वमा प्रत्येक वर्ष २५०० देखि ३००० टन सुन उत्खनन हुने गर्दछ । सुनको शुद्धता सुन प्रकृतिमा स्वतन्त्र रूपमा रहेको धातु हो । सुनको शुद्धतालाई वर्गीकरण वा मापन गर्ने इकाइ क्यारेट हो । यसले गरगहनामा सुनको मात्रा सङ्केत गर्दछ । २४ क्यारेटको सुनलाई शुद्ध सुन मानिन्छ । शुद्ध २४ क्यारेट सुनको घनत्व १९.३ ग्राम हुन्छ । सुनको घनत्व अन्य धातुभन्दा बढी हुने भएकाले जति बढी घनत्व भयो त्यति नै सुनलाई शुद्ध मान्ने गरिन्छ । २४ क्यारेटको सुन पूर्ण रूपमा शुद्ध हुने हुँदा धेरै नरम हुन्छ र गहना बनाउन योग्य हुँदैन । उक्त सुनलाई गरगहना बनाउन योग्य बनाउनका लागि सुनमा अरू कडा धातु मिसाइन्छ जसका कारण यो मुलायम र स्थायी हुन्छ । सुनमा अरु धातु मिसाउने प्रक्रियाबाट यसमा मिसिएको अरु धातुको मात्रा अनुसार २४, २२, १८ आदि क्यारेटमा वर्गीकरण गरिन्छ । २४ क्यारेटको सुनमा ९९.९५ प्रतिशत सुनको मात्रा पाइन्छ, भने २२ क्यारेटमा ९१.७५ प्रतिशत, १८ क्यारेटमा ७५ प्रतिशत सुनको मात्रा रहेको हुन्छ । ५८.५ प्रतिशत सुनको मात्रा भएको सुनलाई १४ क्यारेट तथा ४१.७ प्रतिशत सुनको मात्रा भएको सुनलाई १० क्यारेट सुन भनिन्छ । नेपालमा सामान्यत २४ र २२ क्यारेटका सुन चलनचल्तीमा रहेका पाइन्छन् । सुनमा चाँदी, तामा, जस्ता, निकल, प्लाटिनम, पालाडियम जस्ता धातु मिसाएर पनि गरगहनामा प्रयोग गरिन्छ । सुनलाई हावा आद्र्रता वा अन्य तत्त्वहरुले निकै कम असर वा बिगार गर्दछ । त्यसैले यसलाई पवित्र मानिन्छ । हिन्दु धर्मअनुसार सुन पञ्च धातुमध्येको एक प्रमुख धातु मानिएको छ । नोटः माथिको मिश्र धातु रचनाहरू देखाइएका रङ र क्यारेटेज संयोजनहरूमा पुग्नका लागि गहना उद्योगले प्रयोग गर्नेहरूमध्ये विशिष्ट छन्, तर यी संयोजनहरूमा पुग्ने यी मात्र तरिका होइनन् । यहाँ सूचीबद्ध सेतो सुन रचनाहरू निकल मुक्त छन् । निकल युक्त सेतो सुन मिश्र धातुहरू सेतो सुन मिश्रहरूको सानोर धेरै सानो प्रतिशत बनाउँछ र सामान्यतया अन्य आधार धातुहरू जस्तै तामा र जस्ता समावेश गर्दछ । तल प्रयोग गरिएका उत्कृष्टताका सामान्य मापदण्डहरू छन्ः .375 = 9 carat (England and Canada) .417 =10 carat .583 (.585) = 14 carat .750 = 18 carat .833 = 20 carat (Asia) .999 (1000) = 24 carat pure gold Strictly speaking, 14 carat should be 583 (14/24 = .583333), but most manufacturers have adopted the European practice of making 14 carat gold slightly सुनको प्रयोग सुनको सबैभन्दा बढी प्रयोग गरगहना बनाउन गरिन्छ । तथ्याङ्कअनुसार उत्खनन भएमध्येको सबैभन्दा धेरै अर्थात् करिव ४६ प्रतिशत ९४ हजार चार सय चौसट्ठी टन सुन गरगहना बनाउन प्रयोग हुन्छ । सुनको दोस्रो बढी प्रयोग विशद् धनका रूपमा रहेको पाइन्छ । २२ प्रतिशत अर्थात् ४५ हजार चार सय ५६ टन सुन सिक्का वा ढिक्काका रूपमा मानिसहरूले धनका रूपमा राखेका छन् । यसै गरी तेस्रो ठुलो परिमाण सबैजसो देशका केन्द्रीय बैकहरूले सुनलाई विनिमय सञ्चितिका राखेको पाइन्छ । विश्वका केन्द्रीय बैंकहरूले विनिमय सञ्चिति वा बचतका रूपमा राखेको सुनको परिमाण ३४ हजार पाँच सय ९२ टन छ जुन कुल सुनको करिब १७ प्रतिशत हुन आउँछ । करिब १५ प्रतिशत सुन (३० हजार सात सय २६ टन) भने अन्य प्रयोजनमा खपत भएको पाइन्छ । सुनलाई विद्युतीय सामग्री बनाउन, दाँत उपचारमा विद्युतीय तार, औषधी, विकिरण कवच, ग्लास रङ्गीन बनाउने आदि काममा पनि प्रयोग गर्ने गरिन्छ । सुनसम्बन्धी रोचक तथ्यहरू सुन अत्यन्त कोमल धातु हो । कोमल भएकै कारण १ ग्राम सुनलाई आठ किलोमिटरभन्दा लामो धागोका रूपमा आकार दिन सकिन्छ । सुनमा लचकता पनि ज्यादा हुन्छ, कुनै पनि धातुमा लचकपन कति छ भनेर मापन गर्ने तरिका उक्त धातुलाई पिटेर कतिसम्म पातलो च्यादर (सिट) मा बदल्न सकिन्छ भनेर हेर्ने हो । एक अउन्स (२८.३४ ग्राम) शुद्ध सुनलाई पिटेर ३ सय वर्गफिटको सिट बनाउन सकिन्छ । साथै यसलाई पारदर्शी हुने गरी पातलो पत्रमा ढाल्न सकिन्छ । सुन उम्लने तापक्रम २८०८ डिग्री सेन्टिग्रेड हो भने १०६४ डिग्री सेन्टिग्रेडमा सुन पग्लिन्छ । सुन शुद्ध अवस्थामा गन्धरहित र स्वादरहित हुन्छ । संसारमा सबभन्दा धेरै सुन बचत राख्ने पाँच मुलुकहरूमा अमेरिका ८ हजार १३३ टन, जर्मनी ३ हजार ३९५ टन, इटाली २ हजार ४५१.८ टन फ्रान्स २ हजार ४३६.५ टन, रुस २ हजार २९८.५३ टन हुन् । हालसम्म उत्खनन भएको सुनलाई घनाकार स्वरुप दिने हो भने त्यसबाट करिब २२ घनमिटरको क्युब बनाउन सकिन्छ । यदि उत्खनन गरिएको सम्पूर्ण सुनलाई पाँच माइकोमको मोटो तार बनाउने हो भने त्यसले विश्वलाई एक करोड १२ पटक बेर्न सकिन्छ । हाल विश्वमा धेरै सुन उत्खनन गर्ने प्रमुख ५ मुलुकहरूमा चीन ३७० मेट्रिक टन, अस्ट्रेलिया ३३० मेट्रिक टन, रसिया ३०० मेट्रिक टन, संयुक्त राज्य अमेरिका १८० मेट्रिक टन र क्यानडा १७० मेट्रिक टन हुन् । नेपालमा सुन आयातको स्थिति विश्व मानचित्रमा नेपाल अति कम विकसित मुलुकका रुपमा रहेको छ । देशका १८ प्रतिशत जनता गरिबीको रेखामुनि छन् तर अति विलासी र अनुत्पादक वस्तु सुनको खरिद र उपभोगमा भने नेपालीको मोह उच्च देखिन्छ । पछिल्ला १५ वर्षमा नेपालमा साढे तीन खर्ब रुपैयाँ बराबरको ७४ हजार किलो सुन भित्रिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०७८/७९ सम्ममा ७३ हजार ९ सय ४४ किलो सुन भित्रिएको छ जसमा तीन करोड ४२ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्र ३५ अर्ब ६१ करोड रुपैयाँ बराबरको ५ हजार ५३ किलो सुन आयात भएको विभागको तथ्याङ्क छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वार्षिक एक खर्ब बराबरको सुन कारोबार हुने गरेको छ । विवाहलगायतका सिजनमा दैनिक ५० किलोसम्म र अन्य वा अफसिजनमा दैनिक २० किलोसम्म सुन खपत हुने गरेको छ । हाल नेपाल राष्ट्र बैंकले दैनिक १० किलो सुन आयातको व्यवस्था गरेको छ । राष्ट्र बैंकले सिजनका समयमा भने २० किलो सुन आयातको अनुमति दिने गरेको छ । नेपालमा २० भन्दा बढी मुलुकबाट सुन आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा बढी खाडी देशहरूबाट सुन आयात हुन्छ । ती देशहरूमा युएई, बहराइन, सिङ्गापुर, ब्रुनाई, साउदी अरब आदि हुन् जसमध्ये ९० प्रतिशत सुन युएईबाट आयात हुने गरेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार सरकारको ढुकुटीमा असारसम्म १९४५ किलो सुन मौज्दात छ । त्यस्तै विभागमा दुई लाख २२ हजार २ सय किलो चाँदी मौज्दात छ । (अर्जुन खड्का नेपाल बैंकमा वरिष्ठ सहायक पदमा कार्यरत छन् ।, नेपाल बैंकको विशेषाङ्क २०७९ बाट साभार )