मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । गत असार १७ गतेदेखि निष्काशन खुला भएको उक्त आईपीओ आज (असार २१ गते) निष्काशन बन्द हुने भएको हो । यससँगै इच्छुकले आज दिउँसो बैंकिङ्ग समय अर्थात साँझ ५ बजेभित्र मेरो सेयर मार्फत आवेदन दिन सक्ने छ । उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो अवधिसम्म १८ लाख ९६ हजार ९२२ जना आवेदकले २ करोड ४८ लाख ४५ हजार ३६० कित्ता सेयरको लागि आवेदन दिईसकेका सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज साढे १० बजेसम्म सो मात्राको आवेदन परेको हो । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ७३.८४ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएकाे हाे ।

महुली लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः सनराइज क्यापिटल

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा पुनः सनराइज क्यापिटल नियुक्त भएको छ । असार २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले क्यापिटललाई पुनः २ वर्षको लागि राजिष्ट्रारको रुपमा नियुक्त गरेको हो । पुरानो नियुक्तिको म्याद आगामी असार ३१ गतेदेखि सकिँदै थियो । यससँगै पुनः नियुक्ति पाएसँगै क्यापिटले आगामी साउन १ गतेदेखि संस्थाको सेयर रजिष्ट्रार सम्बन्धी काम गर्ने छ ।

मनकामना स्मार्टको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन हो । लगानीकर्ताले भोलि अर्थात असार २१ गते बैंकिङ्ग समयभित्र उक्त सेयरमा आवेदन दिन सक्नेछन् । यससँगै हालसम्ममा साढे १७ लाख बढीले संस्थाको आईपीओमा आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार असार २० गते ६ बजेर १५ मिनेटसम्ममा १७ लाख ६३ हजार ७९४ जना आवेदकले २ करोड ३२ लाख ७ हजार ४६० कित्ता सेयर माग गरेका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ६८.९६ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएकाे हाे ।