तिलगंगा आँखा प्रतिष्ठानले माग्यो सिनियर रिसर्च अफिसर
काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान (इन्सीटियुट अफ अफथलमलोजी)ले सिनियर रिसर्च अफिसर मागेको छ । प्रतिष्ठानले शुक्रबार एक सूचना प्रकाशन गर्दै सातौं तहको सिनियर रिसर्च अफिसरको लागि १ जना कर्मचारी मागेको हो । प्रतिष्ठानको अनुसार सातौं तहको सिनियर रिसर्च अफिसर लागि पब्लिक हेल्थमा ब्याचलर गरेको र आई हेल्थ सम्बन्धि अनुभव भएको हुनुपर्ने छ । साथै, नेपाली र अंग्रेजी भाषा राम्रो भई कम्प्युटर सम्बन्धी ज्ञानका साथै, प्रोज्जेक्ट प्लानिङ, डेलिभरी मोनिटरिङ र रिर्पोट गर्न सक्ने हुनुपर्नेछ । इच्छुकल आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र संस्थाको वेवसाइटमा गएर साउन २७ गतेभित्र आवेदन दिनसक्ने प्रतिष्ठानले जनाएको छ ।
साना किसान विकास लघुवित्तले माग्यो कर्मचारी, मासिक तलब ८५ हजार
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले बिहीबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले अनुगमन, रिपोर्टिङ र ज्ञान व्यवस्थापन विशेषज्ञ९एम।आर।के।एम० १ जना र फिल्ड कोअडिनेटर पदका लागि ५ जना कर्मचारी मागेको हो । एम.आर.के.एमका लागि स्नातकोत्तर पास भई मोनिटोरिङ रिर्पोटिङ नलेज म्यानेजमन्ट सम्बन्धी २ वर्षको अनुभव भएको हुनुपर्नेछ । यस्तै, फिल्ड कोअडिनेटरका लागि स्नातकोत्तर पास भई बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ । दुबै तहका लागि कम्प्युटर सम्बन्धी ज्ञान, अंग्रजी र नेपाली टाइपिङ् गर्ने र दुई पांग्रे सवारी चलाउन सक्ने हुनुपर्ने लघुवित्तले जनाएको छ । लघुवित्तले दुवै पदको लागि मासिक तलब पचासी हजार तोकेको छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र लघुवित्तको वेभसाइटमा गएर साउन २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
आशा लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले बिहीबार एक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारी मागेकाे हाे । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना, वरिष्ठ प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि १ जना कर्मचारी मागेको हो । साथै, लघुवित्तले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकका लागि केही मात्रामा कर्मचारी मागेको छ । लघुवित्तकाे अनुसार नायब प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर र वरिष्ठ सहायकका लागि न्यूनतम योग्यता स्नातकोत्तर गरी बैंक तथा वित्तिय संस्थाको काम गरेकाे हुनुपर्नेछ । त्यस्तै, सहायकले प्लस टु र कनिष्ठ सहायकले एसईई उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा काम गरेकाे हुनुपर्नेछ । प्रशिक्षार्थी सहायकले भने १० कक्षा उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी जानकार भएकाे हुनुपर्नेछ लघुवित्तले जनाएकाे छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन २६ गतेभित्र लघुवित्तकाे वेवसाइट आवेदन दिइसक्नुपर्नेछ ।