हुलास स्टिल, परिसंघ र उद्योग प्रवर्द्धन केन्द्रबीच सम्झौता : तालिमपछि युवालाई रोजगारी
काठमाडाैं । नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उधोग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीहरूलाई रोजगारीमुलक तालिम दिने प्रतिवद्धता सहित त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा उधोग प्रवर्द्धन केन्द्रका तर्फबाट उप–सचिव ऋृषिराम पंगेनी, नेपाल उद्योग परिसंघको तर्फबाट महानिर्देशक दिपक राज जोशी र हुलास स्टिलको तर्फबाट ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रबि केसीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार ३ महिनाको तालिम पश्चात् हुलास स्टिलले २ वर्षको लागि रोजगारमुलक प्रशिक्षण कार्यक्रममा छनौटमा परेका व्यक्तिलाई निति नियम अनुसार रोजगारीको अवसर प्रदान गर्नेछ । त्यस्तै, प्रशिक्षण तालिम अवधिको न्यन्तम खर्च भने नेपाल सरकारले व्यहोर्नेछ । कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि,२०७९ मा रहेको प्रावधान अनुसार यो सम्झौता गरिएको हो ।
प्राइम लाइफ इन्स्योरेन्सको सीईओ बने निर्मल दाहाल, पाए समितिको स्वीकृति
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका निर्मल दाहालले बीमा समितिको स्वीकृति भएका छन् । समितिले उनलाई साउन १९ गते बिहीबार प्राइम लाइफको सीईओ पदको लागि स्वीकृति दिएको हो । कम्पनीको कामु सीईओको जिम्मेवारी सम्हालिरहेका दाहाललाई यसअघि नै कम्पनी सञ्चालक समितिले सीईओ पदमा नियुक्त गरिसकेको थियो । जसको स्वीकृतिको लागि बीमा समिति पठाइएको थियो । सोही अनुसार समितिले उनलाई स्वीकृति दिएको हो । कम्पनीको कामु सीईओको जिम्मेवारी पाउनुभन्दा तीन महिनाअघि दाहाल बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । कम्पनीले उनलाई साउन १ देखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी सुम्पेको थियो । असार मसान्तबाट इन्स्योरेन्सका निवर्तमान सीईओ मनोज कुमार भट्टराईको दोस्रो कार्यकाल सकिए लगत्तै उनले कामुको जिम्मेवारी पाएका हुन् । दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा जोडिनु पूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए ।
नबिल बैंकले माग्यो कृषि सल्लाहकार
काठमाडौं । नबिल बैंकले कृषि सल्लाकार मागेको छ । बैंकले बिहिबार एक सूचना प्रकाशन गर्दै पहिलो तहको कृषि सल्लाकारको लागि १ जना कर्मचारी मागेको हो । बैंकका अनुसार पहिलो तहको सल्लाकारका लागि कृषि क्षेत्रमा ब्याचलर पास भएको र बैंक तथा वित्तिय संस्थामा ५ वर्षको काम गरेको हुनुपर्नेछ । साथै, सो व्यक्तिको प्रोज्जेक्ट प्लानिङ, डेलिभरी मोनिटरिङ र रिर्पोट गर्न सक्ने हनुपर्नेछ । इच्छुकले आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर साउन २५ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।