निजी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग राख्दै धर्ना

काठमाडौं । निजी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग राख्दै संस्थागत विद्यालय शिक्षक युनियनले धर्ना दिएको छ । लामो समयदेखि विभिन्न प्रतिष्ठान र कार्यरत कामदाहरुका प्रतिनिधिबिच सैद्धान्तिक सहमति भएपनि हालसम्म संस्थागत विद्यालयका शिक्षकहरुलाई समाजिक सुरक्षा कोषमा आबद्ध नगरेको भन्दै उनीहरुले सोमबार सामाजिक सुरक्षा कोषको कार्यालयमा धर्ना दिएका हुन् । कोष सुरु भएको एक वर्ष ३ महिना बितेर तीन पटक थप्दा पनि आठ हजार पाँच सय शिक्षकलाई कोषमा नसमेटिएको प्रति उनीहरुले विरोध जनाएका छन् । उनीहरुले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सम्पूर्ण बिद्यालयहरु शिधाधिशिघ्र सुचिकृत गराउने वातावरण बनाउन जोडदार माग गरेका छन् । उनीहरुले संस्थागत भनिने निजी विदयालयहरुले शिक्षक कर्मचारीहरुलाई नियुक्ति पत्र नदिएको,शिक्षा ऐन अनुसार बिद्यालय व्यवस्थापन समिती नबनाएको, नेपाल सरकारले तोकेको तलब बिदा बीमा उपादान लगाएतका सेवा सुबिधा नदिएको भन्दै विरोध जनाएका छन् । यी समस्यालाई यथाशीघ्र समाधान गर्ने आग्रह गरेका छन् । उनीहरुले विभिन्न अहिले एक दिने मात्र धर्ना भएकोले थप आन्दोलनका कार्यक्रमहरु पछि तय गरिने बताएका छन् ।

श्रममन्त्री यादवले जलविद्युत तथा पर्यटन क्षेत्रमा लगानी गर्न मौरिससलाई गरे अनुरोध

काठमाडौं । श्रम¸रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव तथा संयुक्त कार्य समूहको प्रतिनिधिमण्डल मौरिसस भ्रमण गरेका थिए । मौरिसस भ्रमणका क्रममा मन्त्री यादवले नेपालको प्राथमिकता प्राप्त पूर्वाधार क्षेत्र, जलविद्युत तथा पर्यटन लगायतका क्षेत्रमा मौरिससवाट लगानीको लागि अनुराेध गरेका हुन् । मौरिससका प्रधानमन्त्री महामहिम जुगनाउथदले नेपालले अन्तराष्ट्रिय स्तरको सम्वाद आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै मौरिससको तर्फबाट सहभागिता रहने आश्वासन दिए । मौरिससका प्रधानमन्त्री महामहिम प्रविन्दकुमार जुगनाउथसंग पोर्टलुइस स्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा गत जुन २०१९ मा सम्पन्न श्रम समझदारीको कार्यान्वयन लगायत दुई देश वीच आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सो अवसरमा आगामी अप्रीलमा नेपालले आयोजना गर्ने सगरमाथा सम्वादमा प्रधानमन्त्री केपी शर्मा ‍ओलीले महामहिम प्रधानमन्त्री जुगनाउथलाई गरेको निमन्त्रणा स्मरण गराउदै यस बर्ष ‘जलवायु परिवर्तन शीर्षकमा सम्वाद हुने जानकारी दिएको छ । मन्त्री राय यादव र मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महामहिम महेन् कुमार सिरुतनसँग भएको कुराकानीमा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरुको लागि रोजगारीको सम्भावनाका बारेमा बताए । नेपाली प्रतिनिधिमण्डललाई मौरिसस पक्षले त्यहाँ स्थापिकानेसनल एसेम्वलीको सभा सत्र्चालनको प्रत्यक्ष अवलोकन गराएको थियो । मानव श्रोत विकास तथा तालीम मन्त्री महामहिम सुदेश सत्कम कालिचरनसंग गत जुनमा सम्पन्न भएको श्रम समझदारीको प्रभावकारी कार्यान्वयका लागि दुवै पक्षवाट निरन्तर सहकार्य गर्दै जाने वषियमा छलफल भयो । उक्त अवसरमा सम्झौता अनुरुपको मर्यादित कामदार भर्नासंग सम्वन्धित सबै प्रकियाहरुका बिषयमा तथा सोसंग सम्वन्धित लागतहरुको बिषयमा समेत विस्तृत छलफल भयो । मौरिससस्थित रोजगारदाताहरुको संगठनका प्रमुख तथा प्रतिनिधिहरुसंग विदेशी कामदारको माग रहेका पूर्वाधार, होटल¸ उत्पादन¸ सुरक्षा¸ सेवा लगायतका क्षेत्रहरुका बारेमा विस्तृत छलफल भयो । सो अवसरमा मौरिसस पक्षले नेपाली कामदार पठाउँदा मर्यादित कामदार भर्ना प्रकृया अपनाउन जोड दिएको थियो । मन्त्री शयादव मौरिशसका श्रम¸ मानव श्रोत विकास तथा तालीम मन्त्री महामहिम सुदेश सत्कम कालिचरनको निमन्त्रणामा मौरिशसको औपचारिक भ्रमण रहेके थयार र मन्त्री यादवसंगै मन्त्रालयका सचिव विनोद के सी नेत्तृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त कार्य समूहको वैठकमा सहभागि रहेको छ ।  

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा बस्ताकोटी

भक्तपुर । निर्माण व्यवसायी सङ्घ भक्तपुर जिल्ला कार्यसमितिको १९औँ साधारणसभा तथा सातौँ अधिवेशनले राजकुमार बस्ताकोटी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नगर समिति संयोजकसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष निरञ्जन बजगाईंले जानकारी दिए। सङ्घको वरिष्ठ उपाध्यक्षमा विजयकुमार देउजा, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्वितीय उपाध्यक्ष लब गिरी, महासचिवमा शिवहरि दाहाल केसी, उपमहासचिव प्रेम खत्री, कोषाध्यक्षमा सुधीर थापा र सहकोषाध्यक्षमा विमल शिल्पकार चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा रामहरि फुँयाल, रोशनकुमार थापा, राजकुमार खड्का, सुनिता खत्री र तुलसीमैया ज्याख्वा चयन हुनुभएको छ । त्यसैगरी अधिवेशनले चाँगुनारायण नगरमा राजेश खड्का, सूर्यविनायकमा रामशरण प्रजापति, मध्यपुरमा राम श्रेष्ठ र भक्तपुर नगरसंयोजकमा सुरेन्द्र सुवाल चयन गरेको छ ।