महिलालाई कर्पोरेट सिँढी चढ्न महिला नै बाधक !
काठमाडौं । आज मार्च ८ तारिख अर्थात ११०औं अन्तर्राष्ट्रिय नारी दिवस । आज विश्वभर विविध कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । यो दिवस नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । आजको दिनमै महिलामाथि हुने दमन हिंसाका गतिविधिविरुद्ध चर्को आवाजले बोलिन्छ । विभिन्न सभा समारोह र कार्यक्रमहरु गरिन्छन् । हक अधिकार र समानताका कूरा गरिन्छन् । विभिन्न सञ्चार माध्यमका हेडलाइन बन्छ नारी दिवस । तर, हामीले नारीभित्रका नारी र महिलामाथि महिलाले गर्ने दमन भने न कहिल्यै लेख्यौं नत सुन्न नै पाइन्छ । आज हामीले महिलाले महिलामाथि कतिसम्मको हिंसा र दमन गर्ने रहेछन त भन्ने बारे लेख्न खोजेका छौं । अमेरिकी संस्था द वर्कप्लेस बुलिईङ्ग इन्स्टिच्युटले कार्यालय समयभित्र एक महिला कर्मचारीले अन्य महिला सहकर्मीहरुलाई ८० प्रतिशतभन्दा बढी समय दमन हुन्छन् । महिलाहरुमा हाबी हुने महिलाप्रतिको अचेत पूर्वाग्रहको कारण यस्तो अवस्था आएको इन्स्टिच्युटले जनाएको छ । संस्थाले सन् २०१७ मा गरेको अध्ययनले सो कुरा बताएको हो । उक्त अध्ययनले कार्यालयभित्र दुई तिहाइ ९३० प्रतिशत० महिलाले अन्य महिला कर्मचारीहरुद्धारा नै प्रताडित हुनुपरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यसैगरी, सन् २००६ मा भएको एक अध्ययनमा कार्यथलोमा शोषित भएका महिलाहरुमध्ये करिव ५७ ले आफ्नै महिला सहकर्मीहरुद्धारा शोषणको सामना गर्नुपरेको प्रतिक्रिया दिएका थिए । विभिन्न अध्ययनहरुले करिब ६० प्रतिशत पूरुष कर्मचारीहरु बुलिईङ्ग क्रियाकलापमा संलग्न भएको र उनीहरुको शिकार महिला कर्मचारी भएता पनि यस्ता क्रियाकलापमा संलग्न महिलाहरुको संख्या पनि कम नभएको र उनीहरुको प्रत्यक्ष शिकार आफूभन्दा तल्लो तह र तप्काका महिला सहकर्मीहरु नै हुने गरेको देखाएका छन् । ह्यासट्याग मि टू र ह्यासट्याग टाईम्स अप जस्ता अभियानले सामाजिक विकास तथा संसारभरका महिलालाई एकतावद्ध गराउने लहरको थालनी गरेको छ । त्यसो त विभिन्न पेशा, रोजगारी तथा कार्यक्षेत्रमा संलग्न महिला कर्मचारी तथा व्यवसायिक व्यक्तित्वहरुले पूरुष सहकर्मीबाट खेप्नुपरेको यौन हिंसा, अश्लिल छेडछाड तथा अन्य विविध स्वरुपका शोषणबारे खुलेर बोल्न थालेता पनि महिलाद्धारा महिला कर्मचारीहरुमाथि हुने शोषण र दमनबारे भने अझै मुख खोल्ने वातावरणको विकास भइसकेको छैन । हालसालै प्रकाशित एक जर्नलले त ७० प्रतिशत जति महिला अधिकृतहरुले कायस्थलमा अन्य महिला कर्मचारीहरुद्धारा कुनै न कुनै रुपमा शोषण, हिंसा, दमन तथा थिचोमिचो झेलिरहेको र सोहि कारण पीडित महिलाहरुले यथोचित रुपमा ‘प्रोफेसनल ग्रोथ’ हासिल गर्न नसकिरहेको डरलाग्दो तथ्य उजागर गरको छ । नरम र मिलनसार हुँदा अरुले हेप्ने र असक्षम देखिने सोचका कारण आफ्नो भावनात्मक बौद्धिकतालाई कम गरी टक्सिक महिलाहरुले अधिकरुपमा कठोर पूरुषको स्वभाव अनुशरण गर्दछन् । एक अध्ययनअनुसार कार्यालय वा संस्थामा मध्य तहसम्म पुगेका महिला अधिकृत तथा व्यवस्थापकहरु अझ माथिल्लो स्थानमा उक्लने लक्ष्य राख्दछन् र सोक्रममा उनीहरुले आफू अन्य महिला कर्मचारीहरुभन्दा कडा र सक्षम भएको प्रमाणित गर्न चाहन्छन् । उनीहरुले कर्पोरेट सिँढी चढ्न असफल अन्य महिला कर्मचारीहरु भन्दा आफूलाई गतिशिल, सफल र सर्वोच्च मान्न थाल्छन् । किन महिलाहरु एक अर्काको खेदो खन्छन् ? कार्यालयभित्र महिलाहरुले आफूजस्तै महिलाहरुको कारण त्रसित एवं असुरक्षित महसुस गरेका कारण उनीहरु एकअर्का बिरुद्ध खनिने गरेको अध्ययनहरुले देखाएका छन् । उनीहरुमा भएको सबैभन्दा ठूलो डर भनेको कतै मैले हासिल गर्न खोजेको कुर्सी वा पद अरु महिला कर्मचारीहरुले हात पार्ने त हैन भन्ने सोच हो । सबैजनासँगै मिलेर संस्थाको उद्देश्य हासिल गर्न तर्फ लाग्नुपर्नेमा टक्सिक महिलाहरु अरु महिलाहरुलाई प्रतिद्वन्दि मानी उनीहरु विरुद्धको काम थाल्दछन् । मनोविज्ञानको दृष्टिकोणबाट हेर्ने हो भने आफ्नो शक्तिको दुरुपयोग गरी अन्य महिला सहकर्मीहरुलाई प्रताडित गर्ने टक्सिक नेतृहरु शक्ति र सम्मान हासिल गर्ने आफ्नै मनोवैज्ञानिक युद्धमा तल्लीन हुन्छन् । उनीहरुका लागि अन्य महिलाहरुलाई माथि उठ्न दिनु भनेको आफू तल गिर्नु सरह हो । सबैभन्दा खतरनाक कुरा के हो भने जब महिलाहरुले आफूलाई अन्य महिला सहकर्मीहरुभन्दा नीच सोच्दछन् अथवा त्रसित महसुस गर्छन्, त्यस्तो अवस्थामा उनीहरुले जस्तोसुकै क्रुर र हानिकारक काम गर्न पनि पछि पर्दैनन् । अध्ययनहरुले धेरै नै संख्यामा र छिटोछिटो महिला कर्मचारीहरुले जागिर छाड्ने गरेको बहुसंख्यक कार्यालयहरुमा महिला नै निर्णायक वा प्रमुख तहको कर्मचारी भएको पाइएको देखाएका छन् । सामना गर्ने उपाय लैङ्गकिताको बाबजुत मनमा सबैप्रति सद्भाव र माया भएको व्यवस्थापकसँग सुरक्षित, सम्मानजनक, स्वस्थ र उत्साहजनक वातारणमा काम गर्न पाउने अधिकार सबैमा निहित हुन्छ । परिस्थिती झन् बिग्रने डरका कारण शोषण वा थिचोमिचोको शिकार भएका असंख्य पीडितहरुले आफ्नो अवस्थाबारे खुलेर कुरा गर्न सकिरहेका छैनन् । यस्तो मौनताले कार्यालयभित्रको बुलिईङ्गको संस्कारलाई झन् संस्थागत गर्न सघाउँदछ । यदि आफू अरु महिला कर्मचारीहरुका कारण अनावश्यक रुपमा समस्यामा परेको छु भन्ने लाग्छ भने सो अवस्थामा ‘सबैलाई यस्तै त हो नि’ भनेर सहेरै बस्नुभन्दा पनि आफूमाथि किन अन्याय भइरहेको छ भनेर सोधीखोजी गर्न थाल्नु पर्दछ । यदि यसका लागि तपाईं एक्लै तयार हुनुहुन्न भने पिडामा पारिएका अन्य सहकर्मीहरुसँग मिलेर समूहको गठन गर्न सक्नुहुन्छ जसले तपाईंहरुको आवाज बुलन्द गर्न र कार्यालयभित्र सुमधुर वातावरणको निर्माण गर्न पनि सहयोग गर्दछ । आफूमाथि किन शोषण भइरहेको छ भनेर बुझ्नु पनि फाइदाजनक हुन्छ । हुनत जुनसुकै बहानामा गरिएको भएता पनि बुलिईङ्ग पूर्णत गलत कार्य हो । तर, कहिलेकाही आफूले यथोचित कार्यसम्पादन गर्न नसकेको र सो कुरा सिधै नभनेर वा भन्न नसकेर कतै तपाईंको टक्सिक नेतृले तपाईंलाई बुलिईङ्ग गरिरहेकी त छैनन्, सो बुझ्न सक्नुभयो भने आफ्नो सम्पादनलाई सुधार गरी तपाईं शोषणबाट जोगिन पनि सक्नुहुन्छ ।
आशा लघुवित्तको लगानी व्यवस्थापन सम्बन्धि तालिम
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लगानी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । यही २०७६ फाल्गुन २३ र २४गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित २५ वटा शाखा कार्यालयहरुमा कार्यरत २५जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गरेको उक्त कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने जानकारी दिए । कार्यक्रममा लगानी व्यवस्थापन सम्बन्धी तालिम मेघराज गजुरेलले प्रशिक्षण भएका थिए । सो कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापनको सम्बन्धमा प्रस्तुति दिए भने जिवसन धामीले सुचना प्रविधी सम्बन्धी तालिम प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ स्थापना भयो । ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट शुरु भएको हो । हालसम्म संस्थाले २९वटा जिल्लाका ५५ शाखा कार्यालयमार्फत करिब ५३ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाको हालसम्म करीब २ अर्ब ३० करोड कर्जा लगानीमा रहेको छ भने ६७ करोड भन्दाबढी निक्षेप संकलन छ ।
धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन, न्यौपानेले नेतृत्व गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न यूनियनको पाँचौं अधिवेशनले तोलाकान्त न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको हो । यूनियनको नयाँ कार्य समितिमा ९ जना चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन भएका छन् । कार्य समितिको कार्यकाल ४ वर्षको हुनेछ । यस यूनियन विगत १४ वर्षदेखि राजु बहादुर जि.सी.को नेतृत्वमा रहेको थियाे । धितोपत्र बोर्डको सभाहलमा भएको अधिवेशनको उद्घाटन राजु बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिएका छन् । त्यसैगरी, बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्याल र निरज गिरीले यूनियनको नयाँ कार्यसमितिलाई शुभकामना दिएका छन् ।